Skip to main content

साझा अक्षर

दोस्रो गरुवा कप फुटबल प्रतियोगिता सेमिफाइनल समीकरण पुरा

 

माई मंसिर २६।। दोस्रो गरुवा कप फुटबल प्रतियोगिता अन्तर्गत आज भएका दुई क्वाटर फाइनल खेलबाट जित निकाल्दै लक्ष्मीपुर एफसी इलाम र ह्याप्पी ड्रिम्स चेप्टी अन्तिम चारमा प्रवेश गरेका छन्। यो सँगै सेमिफाइनल समीकरण पूरा भएको छ

इलामको माई नगरपालिका ४ दानाबारीस्थित शुक्रबारे खेलमैदानमा आजको पहिलो खेलमा लक्ष्मी युथ स्पोर्ट्स महमाईलाई दुई एक गोल अन्तरले पराजित गर्दै लक्ष्मीपुर इलाम अन्तिम ४ मा प्रवेश गरेको हो। निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा पाएका अवसरलाई सदुपयोग गर्दै लक्ष्मीपुरले अन्तिम चारको यात्रा तय गरेको हो पराजित भएसँगै लक्ष्मी युथ एफसी महमाई भने प्रतियोगिताबाट बाहिरिएको छ

 

त्यस्तै आज भएको दोस्रो खेलमा उपाधिको दावेदारका रूपमा हेरिएको आदर्श युवा क्लब बुद्धशान्ति झापालाई ट्राई ब्रेकरमा स्तब्ध पार्दै ह्याप्पी ड्रिम्स चेप्टी अन्तिम चारमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ। निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा अग्रता आदर्श युवा क्लब बुधबारेले गरेको थियो।  तर खेलको अन्तिम समयमा उत्कृष्ट गोल गर्दै चेप्टी खेलमा फर्किएको थियो। त्यसपछि दुवै टिमबाट गोल हुन नसक्दा खेलको नतिजाका लागि ट्राइ ब्रेकर रोजिएको हो। ट्राई ब्रेकरमा आदर्श युवा क्लबलाई तिनका विरुद्ध चार गोलले पराजित सेमिफाइनलमा स्थान पक्का गरेको हो। पराजित आदर्श भने वाटर फाइनलबाटै घर फर्किएको छ ।

 

 

प्रतियोगिता अन्तर्गत भोलि सेमीफाइनलका दुई खेल हुनेछन्। भोलि हुने पहिलो सेमीफाइनल खेलमा आयोजक नमुना युवा क्लब शुक्रबारेले लक्ष्मीपुर एफसी इलामसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै भोलि हुने दोस्रो खेलमा शनिश्चरे एफ सी  अर्जुनधारा र ह्याप्पी ड्रिम्स चेप्टी माइ इलामका बीचमा हुनेछ।

नमुना युथ क्लबले आयोजना गरेको प्रतियोगितामा इलाम, झापा, मोरङ र सुनसरीका गरी उत्कृष्ट १६ वटा टिमहरूको सहभागिता रहेको थियो। फाइनल खेल मङ्सिर २९ गते हुनेछ। प्रतियोगिताको विजेताले नगद रु. १ लाख रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी उपविजेता हुने टिमले नगद ५० हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि ट्रफी प्रदान गरिने नमुना युथ क्लबका अध्यक्ष रञ्जन श्रेष्ठले जानकारी दिएका छन्।

गरुवा गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण खेलहरूको गेम अफ नेपालबाट प्रत्यक्ष प्रसारण समेत हेर्न सक्नुहुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...