साझा अक्षर

नेपाल नेसन्स अवार्ड २०२५ को नेपाली चलचित्र गायन तर्फ उत्कृष्ट पुरुष गायक अवार्ड बाट गायक रघुन गुरुङ सम्मानित

 

सुदिप राई काठमाडौं । नेपाल नेसन्स अवार्ड २०२५ को पहिलो संस्करण यही पुस १५ गते काठमाडौंको माछापोखरी स्थित अनुपम पार्टी भेन्यु बसन्तनगरमा भव्य रूपमा सम्पन्न भएको छ।

मनखुसी फाउन्डेसन बागमती प्रदेश र करण दृष्टि फाउन्डेसनको संयुक्त आयोजना तथा विभिन्न सरकारी निकायहरूको समन्वयमा सम्पन्न उक्त कार्यक्रममा एभेन्टोज डटकमले भोटिङ पार्टनरको भूमिका निर्वाह गरेको थियो। विशेष समन्वयको जिम्मेवारी मनखुसी फाउन्डेसन केन्द्रीय कार्यालयले सम्हालेको आयोजकले जानकारी दिएका छन्।

कार्यक्रम अन्तर्गत नेपाली चलचित्र गायन तर्फ उत्कृष्ट पुरुष गायक अवार्ड बाट गायक रघुन गुरुङ सम्मानित हुनुभएको छ। उहाँले नेपाली चलचित्रको चर्चित गीत “काली काली प्यारी दिलवाली” मार्फत निर्णायक तथा दर्शकको मन जित्न सफल हुनुभएको हो। उक्त गीतको रचना बुद्धिबिर लामाले गर्नुभएको हो भने संगीत तथा एरेन्ज बलराम समालले गर्नुभएको हो।

अवार्ड ग्रहण गर्दै गायक गुरुङले नेपाली गीत–संगीतको प्रवर्द्धनमा यस्ता सम्मानले थप ऊर्जा र जिम्मेवारी बढाएको बताउनुभयो। उहाँले यो सम्मान सम्पूर्ण सर्जक, संगीतकर्मी र दर्शकप्रति समर्पित रहेको प्रतिक्रिया दिनुभयो।

राष्ट्रिय स्तरमा विभिन्न क्षेत्रका प्रतिभालाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको नेपाल नेसन्स अवार्ड २०२५ ले कला, संस्कृति र सृजनशीलताको सम्मानमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको विश्वास रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Хентай генератор: способы оплаты, дискретные платежи и подписка

Хентай генератор: практическое руководство Что такое хентай генератор и как он работает? Хентай генератор – это онлайн‑инструме...

Undress AI Account Verification Guide: Secure Your Private, Premium Experience in India

Understanding Undress AI: What It Is and Who It ServesGetting Started with Undress AI: Account Creation and Discreet BillingExplor...

Undress AI Account Verification Guide: Secure Your Private, Premium Experience in India

Understanding Undress AI: What It Is and Who It ServesGetting Started with Undress AI: Account Creation and Discreet BillingExplor...

Sweet Bonanza 1000: La Slot Candy che Ti Tiene sul Filo

L'ultima mania dolciaria di Pragmatic Play sta già facendo girare la testa sia su mobile che su desktop. I giocatori che amano sca...