Skip to main content

साझा अक्षर

पालिका स्तरीय U१८ फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक उद्घाटन खेलमा बिर्तामोड र कमल गाउँपालिका भिड्ने

 

बिर्तामोड पौष २६ ।। झापा जिल्ला पालिका स्तरीय अन्डर १८ फुटबल प्रतियोगिता २०८२ को खेल तालिक सार्वजनिक भएको छ। तालिका अनुसार उद्घाटन खेल बिर्तामोड नगरपालिका र कमल गाउँपालिकाबीच प्रतिस्पर्धा हुने भएको छ।

शनिश्चरे फुटबल क्लब अर्जुनधारा झापाको आयोजनामा यही माघ ११ गतेदेखि सञ्चालन हुने प्रतियोगिताको खेल तालिका अनिश्चरे सात स्थित खेलमैदानमा पत्रकार सम्मेलन मार्फत आयोजक शनिश्चरे फुटबल क्लबले सार्वजनिक गरेको हो।

प्रतियोगितामा झापाका नौ वटा स्थानीय तहहरूको सहभागिता रहनेछ। झापामा १५ वटा स्थानीय तह रहेपनि अन्य छ स्थानीय तहले भने विविध कारण देखाउँदै प्रतियोगितामा सहभागिता हुन नसक्ने बताएको आयोजक समितिका अध्यक्ष टेकराज तिलिङले जानकारी दिनुभयो प्रतियोगितामा बिर्तामोड नगरपालिका, अर्जुनधारा नगरपालिका, कन्काई नगरपालिका, भद्रपुर,नगरपालिका मेचीनगर नगरपालिका , शिव शताक्षी नगरपालिका ,कमल गाउँपालिका, बुद्ध शान्ति गाउँपालिका,र बारदशी गाउँपालिकाको सहभागिता रहनेछ।

सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा बिर्तामोड नगरपालिका कमल गाउँपालिका शिवशताक्षी नगरपालिका र बुद्धशान्ति गाउँपालिका रहेका छन्। समूह बी मा बारदशी गाउँपालिका, कन्काई नगरपालिका, भद्रपुर नगरपालिका, मेचीनगर नगरपालिका र अर्जुनधारा नगरपालिका रहेका छन्।

“खेलाडी उत्पादन तथा लागू औषध दुर्वेशनी मुक्त समाज ” नाराको साथ  फुटबल खेलको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि र युवालाई खेलकुदमा प्रेरित गराई लागु औषध जस्ता कुलतबाट टाढा राख्ने उद्देश्य सहित प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष तिलिङले जानकारी दिनुभयो

राष्ट्रिय तथा ए डिभिजन क्लबहरूमा  आफ्नो छवि बनाइसकेका देवेन्द्र तामाङ पेमा तामाङ जस्ता खेलाडी उत्पादन गरेको शनिश्चरे फुटबल क्लबले विगतका वर्षहरूमा वडा स्तरीय अन्डर १८ प्रतियोगिता सफलताका साथ सम्पन्न गरिसकेको र तेस्रो संस्करणबाट प्रतियोगितालाई क्षेत्र विस्तार गर्दै जिल्लास्तरीय आयोजना गरिएको शनिश्चरे फुटबल क्लबका सचिव हरि गुरुङले जानकारी दिनुभयो

प्रतियोगिता  अर्जुनधारा ७ स्थित प्रस्तावित अर्जुनधारा रङ्गशालामा सञ्चालन हुनेछ।

प्रतियोगिताको फाइनल खेल माघ १९ गते हुनेछ। फाइनल विजेताले नगद १ लाख ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै उपविजेता टिमले नगद ५० हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि ट्रफी प्रदान गरिने आयोजक समितिका अध्यक्ष तिलिङले जानकारी दिनुभयो

खेलतालिका कार्यक्रम शनिश्चरे फुटबल क्लबका अध्यक्ष टेकराज तिलिङको अध्यक्षता तथा जिल्ला खेलकुद विकास समिति अध्यक्ष भेषराज भण्डारी प्रशान्तको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल अर्जुनधारा ६ स्थित लक्ष्मी मावि व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर राई निर्माण व्यवसायी मिलन बस्नेत तथा झापाका खेल पत्रकारहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...