साझा अक्षर

दुर्घटनामा घाइते युवतीको उपचारको क्रममा मृत्यु

झापा, माघ ५ ।
झापाको बिर्तामोड नगरपालिकामा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
मिति २०८२ साल माघ ३ गते राति करिब १०ः५० बजेको समयमा बिर्तामोड नगरपालिका वडा नम्बर ५ स्थित अदुवाखोला पुल छेउको पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो। लक्ष्मीपुरबाट मुक्तिचोकतर्फ आउँदै गरेको प्र.१–०२–०४२ प १९०४ नम्बरको मोटरसाइकलले वनस्टप मलबाट अदुवाखोला तर्फ जाँदै गरेको मे.१ ह ३७२१ नम्बरको अटोलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक गौरादह नगरपालिका वडा नम्बर ३ निवासी २४ वर्षीय निरज कार्की र मोटरसाइकलको पछाडि सवार दमक निवासी (वडा नखुलेको) २२ वर्षीया सुजाता बुढाथोकी गम्भीर घाइते भएका थिए। दुवैलाई उपचारका लागि बिर्तामोडस्थित बीएनसी अस्पताल लगिएकोमा उपचारकै क्रममा माघ ५ गते बिहान करिब ४ बजे सुजाता बुढाथोकीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
घटनापछि अटो चालक अर्जुनधारा नगरपालिका वडा नम्बर ६ निवासी ३४ वर्षीय खेमराज खड्का र मोटरसाइकल चालकलाई सामान्य उपचारपछि नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ। मृतकको शव सोही अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

  बिर्तामोड जेठ १८।।   झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भ...
जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगीडाँडा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मिक्लाजुङ ३ आरुबटेले जितेको छ। फाइनलमा आयो...
उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

  झापा  ।। प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो क्वार्टर फाइनल खेलमा उपाधि दाबेदार मानिएको शनिश्चरे फुटब...
चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

  झापा ।।  प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता आज बाट सुरु भएको छ। उद्घाटन खेलमा दार्जिलिङ एफसीले उत्कृष्ट प्रदर्शनका साथ...