Skip to main content

साझा अक्षर

पूर्वाञ्चल प्लाष्टिक पाईप इन्डष्ट्रिज निजीबाट पब्लिकमा रूपान्तरण…

झापा ।झापाको बिर्तामोडमा सञ्चालन भएको पूर्वाञ्चल प्लाष्टिक पाईप इन्डष्ट्रिज प्रालि निजी कम्पनीबाट पब्लिक कम्पनीमा रूपान्तरण भएको छ।

बजारको बढ्दो माग र उद्योगमा हासिल गरेको अनुभवलाई मध्यनजर गर्दै द्रुत गतिमा विस्तार गर्नुपर्ने आवश्यकता देखिएपछि कम्पनीलाई पब्लिकमा रूपान्तरण गरिएको व्यवस्थापनले जनाएको छ।

करिब दश वर्षअघि शुरू भएको कम्पनीले सेवा विस्तार र पूँजी वृद्धि गर्ने उद्देश्यसहित सामूहिक सहभागितातर्फ अघि बढ्दै सार्वजनिक कम्पनीको रूप लिएको हो।

यससँगै कम्पनीको चुक्ता पुँजी हाल १३ करोड रुपैयाँ पुगेको छ भने चार जना नयाँ शेयरधनी थपिएका छन्।
कम्पनीको योजना अनुसार आर्थिक वर्ष २०८२र८३ मा नयाँ मेसिन जडान, उपकरण खरिद, जग्गा खरीद तथा चालु पुँजीमा गरी १४ करोड ४१ लाख रुपैयाँ लगानी गरिनेछ। यसबाट वार्षिक बिक्री १५ करोडबाट २५ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ।

त्यसैगरी आर्थिक वर्ष २०८३र८४ मा थप संरचना र अत्याधुनिक उपकरणमा १२ करोड १० लाख रुपैयाँ लगानी गरिनेछ, जसले बिक्रीलाई ६० करोड रुपैयाँसम्म पुर्‍याउने लक्ष्य लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...