Skip to main content

साझा अक्षर

तेस्रो हरिकुमार प्रसाई स्मृति फुटबल प्रतियोगिताको उपाधि कञ्चन इङ्लिस स्कुललाई

 

बिर्तामोड माघ २८।।  तेस्रो हरिकुमार प्रसाई स्मृति झापा जिल्ला अन्तर विद्यालय स्तरीय अन्डर १३ नकआउट फुटबल प्रतियोगिताको उपाधि कन्चन इंग्लिश स्कुल विर्तामोडले जितेको छ ।

बिर्तामोड नगरपालिका ६ स्थित एभरेस्ट एजुकेसन एकाडेमीको खेलमैदानमा आज सम्पन्न फाईन खेलमा निधि सैकेण्डरी स्कुललाई २–० गोल अन्तरले ले पराजित गर्दै कन्चन च्याम्पियन बनैको हो

प्रतियोगिताको तेश्रो संस्करणको च्याम्पियन बन्ने क्रममा रोशन उराङ र कप्तान अन्स लिम्बुले गोल गरे । च्याम्पियन कन्चनले उपाधि सँगै आकर्शक ट्रफी मेडल हात पार्यो । उपविजेता निधिले रनरअप ट्रफि हात पार्यो । विधागत तर्फ उत्कृष्ट घोषित खैलाडीहरुलाई पनि आकर्षक ट्रफि प्रदान गरीएकौ थियो ।

फाइनल विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका सभाध्यक्ष विद्यालयका व्यवस्थापन समिति अध्यक्ष तथा प्रतियोगिता संयोजक आशिष प्रसाई, प्रमुख अतिथि मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ विशिष्ट अतिथि र राष्ट्रिय खेलाडी रोहित चन्द , विशाल श्रेष्ठ र शनिस श्रेष्ठले ट्रफी प्रदान गरे

कार्यक्रममा प्रमुख अतिथि जलकुमार गुरुङ, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, राष्ट्रिय उपभोक्ता मञ्च, झापााका अध्यक्ष मदनगोपाल सुब्वा, बिर्तामोड नगर शिक्षा शाखा अधिकृत जानुका रेग्मी, प्याब्सन बिर्तामोड अध्यक्ष सुरेन्द्र खरेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

समापन समारोहमा स्वागत मन्तव्य राख्दै एभरेस्ट स्मार्ट एजुकेसनका प्रधानाध्यापक अनुप सर्माले विद्यार्थीहरूलाई पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापमा पनि अगाडि बढाउनका लागि एभरेस्ट स्कुलले आफ्ना संस्थापक हरिकुमार प्रसाईको स्मृतिमा हरेक वर्ष यो योग्यता आयोजना गर्ने बताउनुभयो। त्यस्तै आजका प्रमुख अतिथि जलकुमार गुरुङले फुटबल विकासका लागि विद्यालय स्तरबाट यो प्रकारको प्रतियोगिता आयोजना गर्नु प्रशंसनीय रहेको उल्लेख गर्नुभयो।

फाईनल खैल अघि एभरेष्ट स्कूल का विद्यार्थी हरुले विभिन्न सांस्कृतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरेका थिए।समापन कार्यक्रमको सञ्चालन शिक्षिका तृष्णा अधिकारीले गरेकी थिइन् ।

विद्यालयका संस्थापक स्वर्गीय हरिकुमार प्रसाईले शिक्षा क्षेत्रमा र्पुयाउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै एभरेस्ट स्मार्ट एजुकेसन एकैडैमीककोआयोजनामा माघ २२ गतेबाट सञ्चालित प्रतियोगितामा झापाका विभिन्न २० विद्यालयहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...