Skip to main content

साझा अक्षर

झापा–२ मा फरक शैलीको चुनावी अभियान : सी के वेघा लिम्बूको घरदैलो कार्यक्रम

 

बिर्तामोड फागुन १६ !! चुनाव नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी ह्वात्तै बढेको छ। झापा क्षेत्र नम्बर २ पनि यसको अपवाद छैन।  सबै  दलहरु भोट माग्न व्यस्त छन् पुराना तथा ठूला दलहरू बाजा–गाजा, ठूलो साउन्ड सिस्टम, कार्यकर्ताको हुल र महँगा गाडीको हुटमा उम्मेदवार राखेर नाचगानसहित प्रचारमा व्यस्त छन्। गाउँ–शहरमा चुनावी र्‍यालीको होहल्ला बाक्लिँदै गएको छ।

तर यही भीड र होहल्लाको बीचमा फरक शैली लिएर मैदानमा उत्रिएका छन्  क्याप्टेन सी के वेघा लिम्बू। उज्यालो नेपाल पार्टी का तर्फबाट झापा–२ का प्रत्यक्ष उम्मेदवार रहेका वेघाको चुनावी अभियान भने अन्य दलभन्दा निकै भिन्न देखिन्छ।

उनको साथमा न ठूलो साउन्ड सेट छ, न बाजा–गाजा, न त कार्यकर्ताको भीड। एउटा सानो आफ्नै गाडी र दुई वटा ई–रिक्सा—यिनै साधनका भरमा उनी हरेक दिन बिहान ८ बजेदेखि राति ८ बजेसम्म मतदाता भेटघाटमा व्यस्त रहन्छन्।

“सादा जीवन, उच्च विचार”को अभ्यास गर्दै आएका वेघा आफैं गाडी चलाएर मतदाताको घरदैलो पुग्छन्। उनको चुनावी अभियान सहर बजार भन्दा गाउँ बस्ती कुना कामदार मा केन्द्रित छ। उनमा फौजी अनुशासन देखिन्छ उनी कुनै औपचारिक भाषण गर्दैनन्। भन्छन भाषण गरेर ध्वनि प्रदुषण गर्नु हुँदैन बरु मतदाता सगै हात मा हात राखेर  सुख–दुःख साटासाट गर्छन्, समस्या सुन्छन् र समाधानको प्रतिबद्धता जनाउँछन्।

स्थानीय मतदाताहरू भन्छन्, “उम्मेदवार आफैं यसरी घरमै भेट्न आउँदा धेरै खुसी लाग्यो।”कोही–कोही त वर्षौँदेखि पुराना राजनीतिक दलसँग दिक्क भएर नयाँ आशामा भावुकसमेत हुन्छन्। वेघाको भनाइ छ, “मलाई जिताएर पठाए पनि, नपठाए पनि म चुनावपछि फेरि तपाईँहरूलाई भेट्न आउनेछु।”

पाँच वर्षसम्म निर्वाचित प्रतिनिधि नदेखेका मतदाताका लागि यो वाचा भावनात्मक बनेको छ। आशीर्वाद दिँदै भोट दिने प्रतिबद्धता जनाउनेहरूको संख्या बढ्दो देखिन्छ।

सक्षम नेतृत्वका रूपमा परिचित कुलमान घिसिङ को नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टी अहिले चर्चामा छ। वैकल्पिक राजनीतिक शक्ति बन्ने दाबीका साथ अघि बढिरहेको यस पार्टीले विभिन्न क्षेत्रमा समर्थन बढाउँदै लगेको दाबी गरिरहेको छ।

यद्यपि झापा–२ मा प्रतिस्पर्धा भने निकै कडा देखिन्छ। ३२ वर्ष भारतीय सेनामा सेवा गरेर हालै क्याप्टेन पदबाट अवकाश लिएका वेघा राजनीतिमा नयाँ अनुहार हुन्। तर उनको प्रतिस्पर्धामा अनुभवी र चर्चित नेताहरू छन्।उनका मुख्य प्रतिस्पर्धीमध्ये पूर्व सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना मगर, पूर्व मन्त्री सरिता प्रसाई धर्मशीला चापागाईं तथा वैदिक नेता डा युवराज संग्रौला जस्ता प्रभावशाली व्यक्तित्वहरू रहेका छन्।

अनुभव, संगठन र संसाधनका हिसाबले बलिया प्रतिद्वन्द्वीबीच वेघाको सादा र प्रत्यक्ष सम्पर्कमा आधारित अभियान कत्तिको प्रभावकारी हुन्छ भन्ने प्रश्न पनि उठिरहेको छ। तर धेरै ले उनको अभियान मन पराएका छन्।

झापा–२ को चुनावी मैदानमा दुई फरक शैली देखिएका छन्—एकातिर तामझाम र शक्ति प्रदर्शन, अर्कोतिर सादगी र घरदैलो केन्द्रित अभियान।अब मतदाताले कुन शैली रोज्छन्? होहल्ला सहितको शक्ति प्रदर्शन कि शान्त, प्रत्यक्ष र भावनात्मक संवाद? आगामी मतपरिणामले नै झापा–२ को राजनीतिक भविष्य निर्धारण गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...