Skip to main content

साझा अक्षर

मतगणनाको परिणाम एसएमएसबाट पनि थाहा पाउन सकिने

 

झापा फागुन २०।।  निर्वाचनपछिको मतगणनाको परिणाम रेडियो, टेलिभिजन वा अनलाइन सञ्चारमाध्यममात्रै नभएर एसएमएसबाट पनि थाहा पाउन सकिने भएको छ।

डिजिटल सञ्चार समाधान प्रदायक कम्पनी ‘आकाश एसएमएस’ले सर्वसाधारणका लागि मोबाइल एसएमएसमार्फत मतगणनाको ‘लाइभ अपडेट’ प्राप्त गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ ।

निर्वाचनको नतिजा आउने क्रममा समाचार वेबसाइटहरूमा हुने अत्यधिक चाप (ट्राफिक), इन्टरनेटको पहुँच नभएका स्थान वा स्मार्टफोन प्रयोग नगर्ने नागरिकलाई मध्यनजर गर्दै यो सेवा सुरु गरिएको कम्पनीले जनाएको छ ।

कसरी लिने जानकारी ?
यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताले आफ्नो मोबाइलको ‘मेसेज बक्स’मा गएर एउटा सन्देश टाइप गर्नुपर्ने हुन्छ ।

१. मेसेज बक्समा EC <स्पेस> आफ्नो जिल्ला/क्षेत्रको नाम <स्पेस> क्षेत्र नम्बर टाइप गर्नुहोस् ।
२. उक्त सन्देशलाई ३१००३ मा पठाउनुहोस् ।
उदाहरणका लागि: यदि तपाईं काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ को मतगणनाको अपडेट जान्न चाहनुहुन्छ भने ‘EC झापा 2’ टाइप गरी ३१००३ मा पठाउनुपर्नेछ । म्यासेज पठाएको केही क्षणमै सम्बन्धित क्षेत्रको पछिल्लो मतपरिणाम एसएमएसमार्फत नै प्राप्त हुनेछ ।

आकाश एसएमएसका भाइस प्रेसिडेन्ट राजन कोइरालाले यो सेवा विशेषगरी दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिक, इन्टरनेटको सहज पहुँच नभएका व्यक्ति र वेबसाइटको भिडभाडबाट बच्न चाहनेहरूका लागि निकै उपयोगी हुने विश्वास व्यक्त गरे । साधारण मोबाइल प्रयोगकर्ताले पनि सहज रूपमा निर्वाचनको जानकारी पाउन सकून् भन्ने हाम्रो उद्देश्यले यस्तो सुविधा उपलब्ध गराइएको उनको भनाइ छ ।

यस सेवामार्फत उपलब्ध गराइने तथ्याङ्कहरू निर्वाचन आयोगको आधिकारिक वेबसाइटमा आधारित हुने भएकाले सूचनाको विश्वसनीयता सुनिश्चित गरिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...