साझा अक्षर

नगरपालिकाद्वारा किसानलाई कृषि सामग्री वितरण

 

बिर्तामोड, १ चैत ।। झापाको बिर्तामोड नगरपालिकाले ४८ जना कृषकलाई कृषि सामग्री वितरण गरेको छ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईले आज आइतबार आयोजित एक कार्यक्रमबीच कृषकलाई विभिन्न प्रकारका कृषि सामग्री वितरण गर्नुभएको हो।

कृषि शाखाको तथ्याङ्क अनुसार वडा नं. २ का ७ जना, वडा नं. ३ का ३ जना, वडा नं. ६ का १ जना, वडा नं. ७ का १४ जना, वडा नं. ८ का ३ जना, वडा नं. ९ का ७ जना र वडा नं. १० का १३ जना गरी कुल ४८ जना कृषकलाई सामग्री प्रदान गरिएको हो।

 

प्लास्टिक मल्चिङ २१२ थान, प्लास्टिक टनेल ४० थान, ग्रीन नेट २७ थान, सिलिकन स्टिकर ११० थान, माइक्रो न्यूट्रिएन्ट १३० थान तथा च्याउको बिउ वितरण गरिएको कृषि प्राविधिक सुजित शाहले जानकारी दिनुभयो ।

नगर प्रमुख प्रसाईले कृषकलाई आधुनिक प्रविधि र सामग्रीको प्रयोगमार्फत तरकारी उत्पादन वृद्धि गर्न नगरपालिकाले यस्ता कार्यक्रम हरेक वर्ष सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले राज्यले गरेको लगानी खेर जान नदिन वितरण गरिएको सामग्रीको सही सदुपयोग गरी लाभ लिन कृषकहरूलाई आग्रह गर्नुभयो।

नगरपालिकाले उत्पादन वृद्धि, आधुनिक खेती प्रविधिको प्रयोग तथा कृषकको आयआर्जन बढाउने उद्देश्यले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

याङनाम गोल्डकप आजबाट सुरु, उद्घाटन खेलमा सैनिक ११ विजयी

याङनाम गोल्डकप आजबाट सुरु, उद्घाटन खेलमा सैनिक ११ विजयी

याङनाम ll चैत्र २८।। पाँचथरको याङनाममा जारी याङनाम गोल्ड कप फुटबल प्रतियोगितामा आजको खेलमा जित निकाल्दै झापाको सैनिक ११ फुटबल क्लब...
कर्मचारी ११ र मेतालुङ सेमिफाइनल प्रबेश

कर्मचारी ११ र मेतालुङ सेमिफाइनल प्रबेश

फाकफोकथुमll चैत्र २८ ll कर्मचारी ११ आमचोक र मेतालुङ एफसी इलामको फाकफोकथुम ६ एकतप्पाको जानकी मा.बि.को खेल मैदानमा जारी खुल्ला पुरुष...
आजदेखि ‘गन्तव्य मध्यपुर’ शुभारम्भ

आजदेखि ‘गन्तव्य मध्यपुर’ शुभारम्भ

आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र बनाउने उद्देश्यले मध्यपुर थिमि नगरपालिकाले आजदेखि ‘गन्तव्य मध्यपुर’ अभियान शुभारम्भ गरेको छ । ब...
प्याब्सन झापा द्वारा आगामी शैक्षिक सत्र व्यवस्थित बनाउने लक्ष्यसहित विभिन्न निर्णय सार्वजनिक

प्याब्सन झापा द्वारा आगामी शैक्षिक सत्र व्यवस्थित बनाउने लक्ष्यसहित विभिन्न निर्णय सार्वजनिक

झापा, चैत २८ ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले आगामी शैक्षिक सत्र २०८३ लाई व्यवस्थित र प्रभावकारी बन...