Skip to main content

साझा अक्षर

पालिका स्तरीय देउमाईकप सुरु, उद्घाटन खेलमा देउमाई नगरपालिका विजयी

 

देउमाई इलाम ।।   देउमाई स्पोर्टिङ क्लब को आयोजनामा पालिका स्तरीय प्रतिष्ठित देउमाई कप फुटबल प्रतियोगिता भव्य रूपमा सुरु भएको छ।

स्थानीय स्तरमा फुटबलको विकास, प्रतिभा पहिचान तथा खेलकुदप्रति युवाहरूको आकर्षण बढाउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताले सुरुवातदेखि नै रोमाञ्चक प्रतिस्पर्धा देखाएको छ।

प्रतियोगिताको उद्घाटन खेलमा देउमाई नगरपालिका र सन्दकपुर गाउँपालिका बीच प्रतिस्पर्धा भएको थियो। दुवै टोलीले सुरुवातदेखि नै आक्रामक खेल प्रस्तुत गरेका थिए।

पहिलो हाफमै सन्दकपुर गाउँपालिकाले अग्रता लियो। टोलीका कप्तान विनोद धमला ले डिबक्स बाहिरबाट गरेको शक्तिशाली प्रहार सिधै जाली चुमेपछि सन्दकपुर खेलमा १–० ले अघि बढेको थियो। उक्त गोलपछि सन्दकपुरले केही समय खेलमा नियन्त्रण जमाए पनि देउमाईले निरन्तर आक्रमण जारी राख्यो।

त्यसको केही समयपछि देउमाईका मिडफिल्डर मुकेश मगर ले उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्दै बराबरी गोल फर्काए। त्यसपछि खेल अझै प्रतिस्पर्धात्मक बन्यो र दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि फिनिसिङ कमजोर हुँदा निर्धारित समय १–१ को बराबरीमा सकिएको थियो।

निर्णायक नतिजाका लागि ट्राइबेकर रोजिएकोमा देउमाई नगरपालिका निकै संयमित र प्रभावशाली देखियो। उत्कृष्ट गोलकिपिङ प्रदर्शन गर्दै पवन राई ले महत्वपूर्ण बचाउहरू गरेपछि देउमाईले ३–१ गोल अन्तरले जित हात पार्दै अन्तिम चार (सेमिफाइनल) मा स्थान सुरक्षित गर्‍योगो  उत्कृष्ट प्रदर्शन गरेका देउमाईका गोलकिपर पवन राई म्यान अफ द म्याच बन्न सफल भए। उनलाई क्लबका अध्यक्ष तथा प्रमुख अतिथिद्वारा नगद ३००० र ट्रफी प्रदान गरे

प्रतियोगिताको उद्घाटन कार्यक्रम क्लबका अध्यक्ष कृष्ण राई को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा स्थानीय खेलप्रेमी, खेलाडी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

स्वागत मन्तव्य राख्दै अध्यक्ष राईले देउमाई स्पोर्टिङ क्लब सधैं खेलकुद क्षेत्रको विकासमा सक्रिय रहने र यस्ता प्रतियोगिताले गाउँ–नगरस्तरबाटै खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न यस्ता प्रतियोगिता निरन्तर आयोजना गरिने पनि बताए।

प्रतियोगिता अन्तर्गत आज चुलाचुली गाउँपालिका र माइजोगमाई गाउँपालिका बीच प्रतिस्पर्धा हुने तालिका रहेको छ। आजको खेल पनि कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

प्रतियोगिताको विजेताले २ लाख २२ हजार २२२ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। साथै उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी लगायत विभिन्न विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि नगद पुरस्कार र ट्रफी प्रदान गरिने आयोजक समितिका सचिव भवानी गजुरेल ले जानकारी दिएका छन्।

प्रतियोगिताका सबै खेलहरू भानुभक्त मावि खेलमैदान, देउमाई नगरपालिका–४ मा सञ्चालन भइरहेका छन्। खेलमैदानमा स्थानीय दर्शकहरूको उत्साहजनक उपस्थिति देखिएको छ, जसले प्रतियोगितालाई अझै जीवन्त बनाएको छ।

यस प्रतियोगिताले इलाम जिल्लामा फुटबलप्रति बढ्दो आकर्षण झल्काउनुका साथै स्थानीय प्रतिभालाई उजागर गर्ने महत्वपूर्ण प्लेटफर्मका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

  बिर्तामोड । साउन १ गतेदेखि नेपालभर तथा विदेशका विभिन्न मुलुकमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘गौथली’ ले दर्शकको उ...
रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा, झापा । दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा रेड हर्स एफसी इलाम वि...
सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...