Skip to main content

साझा अक्षर

शनिश्चरे फुटबल क्लबद्वारा अपाङ्ग बालसरोकार केन्द्रलाई खाद्यान्न सहयोग

 

झापा — सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै शनिश्चरे फुटबल क्लबले अपाङ्ग बालसरोकार शिक्षा केन्द्रलाई खाद्यान्न सामग्री सहयोग गरेको छ।

खेलकुद गतिविधिसँगै सामाजिक सेवामा समेत सक्रिय रहँदै आएको क्लबले हालै सम्पन्न झापा जिल्ला स्तरीय अन्डर–१८ फुटबल प्रतियोगिताबाट बचत भएको रकमबाट उक्त सहयोग गरेको हो।
क्लबका संयोजक टेकराज तिलिङका अनुसार खेलकुद केवल प्रतिस्पर्धामा सीमित नभई समाजप्रति जिम्मेवार बन्ने माध्यम पनि भएकाले यस्तो सहयोग गरिएको हो। “क्लबले खेलाडी उत्पादनसँगै समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ भन्ने हाम्रो उद्देश्य हो,” उनले भने


शनिश्चरे–८ मा रहेको अपाङ्ग बालसरोकार शिक्षा केन्द्रका बालबालिकाहरूलाई केही महिनासम्म पुग्ने गरी चामल, तेल, चिनी, साबुन लगायतका अत्यावश्यक खाद्यान्न सामग्री प्रदान गरिएको क्लबका सचिव हरि गुरुङले जानकारी दिए। उनका अनुसार क्लबले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने योजना बनाएको बताएका छन।
खाद्यान्न वितरण कार्यक्रममा क्लबका खेलाडी, पदाधिकारीहरुको  उपस्थिति रहेको थियो। सहभागीहरूले क्लबको यो सामाजिक कार्यको प्रशंसा गर्दै खेलकुद संस्थाहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए।


यस किसिमको सहयोगले अपाङ्गता भएका बालबालिकाहरूको दैनिक जीवनमा सहजता ल्याउनुका साथै समाजमा सहकार्य र सहयोगको भावना अभिवृद्धि हुने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

  बिर्तामोड । साउन १ गतेदेखि नेपालभर तथा विदेशका विभिन्न मुलुकमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘गौथली’ ले दर्शकको उ...
रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा, झापा । दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा रेड हर्स एफसी इलाम वि...
सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...