साझा अक्षर

याङनाम फुङनाम मेला तथा आमन्त्रित चौथो याङनाम गोल्डकप आयोजना हुँदै

पाँचथरको फिदिम नगरपालिका नम्बर १० याङनाममा खेलकुद र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित “याङनाम फुङनाम मेला तथा आमन्त्रित चौथो याङनाम गोल्डकप २०८२/०८३” आयोजना हुने भएको छ।

“ खेलकुद विकास र पर्यटन प्रवर्द्धनको लागि याङनाम फुङनाम मेला” भन्ने नाराका साथ सञ्चालन हुन लागेको यस प्रतियोगिताले जिल्लामा खेलकुद गतिविधि मात्र होइन, स्थानीय स्तरमा आर्थिक तथा सांस्कृतिक चहलपहल समेत बढाउने अपेक्षा गरिएको छ। प्रतियोगिता २०८२ साल चैत २८ गतेदेखि सुरु भई २०८३ साल बैशाख २ गतेसम्म सञ्चालन हुनेछ।

खेलहरू फिदिम नगरपालिका–१० स्थित इमानसिंह रंगशालामा हुनेछन्, प्रतियोगिताको विजेता टोलीले नगद रु. २,०३,०८३ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. १,०३,०८३ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ। प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई “म्यान अफ द म्याच” घोषित गरी नगद पुरस्कार र मेडल प्रदान गरिनेछ। यसका साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी (Best Player), उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता तथा उदयमान खेलाडीलाई पनि ट्रफी, मेडल तथा नगदसहित विशेष सम्मान प्रदान गरिनेछ।

यसले खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शन गर्न थप प्रेरणा दिने विश्वास गरिएको छ। प्रतियोगितामा सहभागी हुने टिमहरूलाई खान तथा बस्नको सम्पूर्ण व्यवस्था गरिने साथै, प्रतियोगितामा सहभागिताका लागि इन्ट्री शुल्क समेत लाग्ने छैन खेलकुदसँगै सांस्कृतिक पक्षलाई पनि समेट्दै २०८३ साल बैशाख १ गते विशेष सांगीतिक कार्यक्रम आयोजना गरिनेछ।

यसले मेलालाई अझ आकर्षक बनाउने र दर्शकहरूको सहभागिता बढाउने विश्वास गरिएको छ। प्रतियोगिताको प्रत्यक्ष प्रसारण अफ नेपालबाट गरिनेछ भने ईगल एफएम मिडिया पार्टनरको रूपमा रहनेछ। यसले प्रतियोगिताको प्रचारप्रसारमा थप टेवा पुर्याउने आयोजकको अपेक्षा छ।

यस प्रतियोगिताले खेलकुद प्रतिभाको विकास मात्र होइन, स्थानीय व्यापार, व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। प्रतियोगिताको फिदिम नगरपालिका वडा नं १० कार्यालय संरक्षक रहेको छ भने प्रतियोगितालाई याङनाम फुङनाम मेला मुल आयोजक समितिले आयोजना गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगीडाँडा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मिक्लाजुङ ३ आरुबटेले जितेको छ। फाइनलमा आयो...
उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

  झापा  ।। प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो क्वार्टर फाइनल खेलमा उपाधि दाबेदार मानिएको शनिश्चरे फुटब...
चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

  झापा ।।  प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता आज बाट सुरु भएको छ। उद्घाटन खेलमा दार्जिलिङ एफसीले उत्कृष्ट प्रदर्शनका साथ...
प्रथम जोगीडाँडा वडा स्तरीय भलिबल आजबाट सुरु, ताप्लेजुङ र आयोजक रातो अघिल्लो चरण प्रवेश

प्रथम जोगीडाँडा वडा स्तरीय भलिबल आजबाट सुरु, ताप्लेजुङ र आयोजक रातो अघिल्लो चरण प्रवेश

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगी डाँडा वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ। मिक्लाजुङ गाउँपालिका...