Skip to main content

साझा अक्षर

चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

 

झापा ।।  प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता आज बाट सुरु भएको छ। उद्घाटन खेलमा दार्जिलिङ एफसीले उत्कृष्ट प्रदर्शनका साथ जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

शुक्रबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा दार्जिलिङले रेडहर्स फुटबल क्लब इलामलाई ४–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो ।
मेचीनगर–१३ स्थित हातेमालो खेलमैदानमा भएको खेलमा दार्जिलिङ सुरुवातदेखि नै आक्रामक देखिएको थियो । बल पोसेसनदेखि आक्रमणसम्म दबाब बनाएको दार्जिलिङका लागि सलोन थापाले दुई गोल गर्दा प्रिविक घिसिङ र प्रियांसु रानाले समान एक–एक गोल थपे ।

खेलको २१औँ मिनेटमा प्रिविक घिसिङले गोल गर्दै दार्जिलिङलाई अग्रता दिलाए । पेनाल्टी एरियाभित्र प्राप्त अवसरलाई सदुपयोग गर्दै उनले टोलीलाई १–० को अवस्थामा पुर्‍याएका थिए । पहिलो हाफमा इलामले केही अवसर सिर्जना गरे पनि गोल फर्काउन सकेन ।
दोस्रो हाफमा दार्जिलिङ झनै हाबी बन्यो । ६०औँ मिनेटमा नयन प्रधानको आकर्षक पासमा सलोन थापाले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसपछि ८०औँ मिनेटमा प्रियांसु रानाले गोलरक्षक र डिफेन्डरलाई बिट गर्दै शानदार गोल गरेपछि दार्जिलिङ ३–० ले अघि बढ्यो ।

खेलको अतिरिक्त समयको चौथो मिनेटमा प्रियांसु रानाकै असिस्टमा सलोन थापाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–० को फराकिलो जित दिलाए ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका दार्जिलिङ एफसीका प्रिविक घिसिङ ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद २ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेल शनिबार उर्लाबारी फुटबल क्लब मोरङ र शनिश्चरे एफसी झापाबीच हुने आयोजकले जनाएको छ ।
बज्र स्पोर्ट्स एकेडेमी चाराली झापाको आयोजनामा तथा चाराली युथ क्लबको संयोजनमा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँ तथा उपविजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । साथै विधागत उत्कृष्ट खेलाडीहरुलाई नगदसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...