Skip to main content

साझा अक्षर

प्रथम जोगीडाँडा वडा स्तरीय भलिबल आजबाट सुरु, ताप्लेजुङ र आयोजक रातो अघिल्लो चरण प्रवेश

 

मिक्लाजुङ पाँचथर ।। प्रथम जोगी डाँडा वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ।

मिक्लाजुङ गाउँपालिका वडा नम्बर ६ स्थित पञ्चेश्वरी आधारभूत विद्यालयको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो। आज भएको उद्घाटन खेलमा जित निकाल्दै थुम्बेदिन ताप्लेजुङ र आयोजक रातोले विजय सुरुवात गरेका छन्।

आज भएको पहिलो खेलमा मिक्लाजुङ ५ पाँचथरलाई २–० सेटले पराजित गर्दै ताप्लेजुङ अघिल्लो चरण प्रवेश गरेको हो। ताप्लेजुङले २५-११ र २५-२९ को सोझो सेटमा मिक्लाजुङ ५लाई पराजित गरेको हो। पराजित भएसँगै मिक्लाजुङ ५ भने प्रतियोगिताबाट बाहिरिएको छ।

त्यस्तै आज भएको दोस्रो खेलमा निर्णायक सेटमा फाल्गुनन्द ५ पाँचथरलाई पराजित गर्दै आयोजक रातो अघिल्लो चरणमा प्रवेश गरेको छ पहिलो सेट फाल्गुनन्द ५ ले २५-२० ले आफ्नो पक्षमा पारेको थियो। तर दोस्रो सेटमा उत्कृष्ट पुनरागमन जित निकाल्दै आयोजक रातो खेललाई एकएकको अवस्थामा पुर्याउन सफल भयो। दोस्रो सेट आयोजकले २५-१८ ले आफ्नो पक्षमा पार्दै खेललाई तेस्रो तथा निर्णयक सेटतर्फ  धकेल्यो तेस्रो तथा निर्णायक सेट निकै प्रतिस्पर्धात्मक बनेपनि अन्त्यमा १६ -१४ को जित निकाल्दै आयोजक रातो अघिल्लो चरणमा प्रवेश गरेको छ

उत्कृष्ट प्रदर्शन गरेपनि खेलमा हार बेहोर्दै फाल्गुनन्द पाँच पाँचथर भने प्रतियोगिताबाट बाहिरिएको छ।

प्रतियोगिताको उद्घाटन मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमर माखिमले रेफ्री द्वय नवीन रिजाल र रोहित शिवाकोटीलाई बल हस्तान्तरण गर्दै  गरेका थिए

राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद नेपालको राष्ट्रिय खेल भलिबलको प्रवर्द्धन र स्थानीय स्तरबाट नै भलिबल खेलाडीको उत्पादन गर्ने उद्देश्यका साथ जोगीडाँडा खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता सुरु भएको हो।

प्रतियोगिताको फाइनल खेल जेष्ठ १७ गते हुनेछ विजेताले नगद ५० हजार र उपविजेताले नगद ३० हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि ट्रफी तथा नगद प्रदान गरिने आयोजक समितिका संयोजक बसन्त तामाङले जानकारी दिएका छन्।

प्रतियोगिता अन्तर्गत भोलि पनि पहिलो चरणका छ खेलहरू रहनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...