साझा अक्षर

बिर्तामोड भेट्रान्स फुटबल, आयोजक निलो र दमक सेमिफाइनलमा प्रवेश

0बिर्तामोड वैशाख २२ ।। झापाको बिर्तामोडमा जारी चौथो बिर्तामोड भेट्रान्स फुटबल प्रतियोगिता जित निकाल्दै आयोजक बिर्तामोड भेट्रान्स निलो र दमक भेट्रान्स सेमिफाइनल प्रवेश गरेका छन्।

बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रङ्गशालामा भएको पहिलो खेलमा ढल्के जोबान भेट्रान्स पराजित गर्दै बिर्तामोड भेट्रान्स निलो अन्तिम चारमा प्रवेश गरेको हो। बिर्तामोडको जितका लागि रबिन राई र कृष्ण शाक्यले दुई दुई गोल गरे भने सन्तोष, राई कुमार सुब्बा र टेकराज तीलिङ सुब्बाले एकएक गोल गरे पराजित ढल्के जोबन भेट्रान्स क्लब उर्लाबारी मोरङका लागि बिनोद लामा र डे निम राईले एक एक गोल गरे पनि टिमलाई हारबाट जोगाउन सकेनन्

खेलमा उत्कृष्ट प्रदर्शन गरेका बिर्तामोड भेट्रान्स क्लबका प्रवेश कटुवाल म्यान अफ द म्याच बने उनलाई प्रमुख अतिथि एके स्पोर्ट्स मलेसियाका अध्यक्ष देवराज परियारले नगद तथा ट्रफी प्रदान गरे।

त्यस्तै आज भएको दोस्रो प्रतिस्पर्धात्मक खेलबाट जित निकाल्दै दमक  भेट्रान्स सेमिफाइनल प्रवेश गरेको छ।प्रतिस्पर्धी इलामको फेमेगुरु भेट्रान्स क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै दमक  भेट्रान्स अन्तिम चारमा प्रवेश गर्ने तेस्रो टोली बनेको हो। दमकका लागि सन्तोष नेपाली, सुवास आङथुपो र शिव लिम्बुले गोल गरे। पराजित फेमेगुरु भेट्रान्सका लागि क्याप्टेन राजु थापा मगर र प्रदिप राईले गोल गरे त्यसपछि फेमेगुरु भेट्रान्सले अन्तिम समयमा खेलमा फर्किने संकेत गरेपनि थप गोल गर्न नसकेपछि पहिलो खेलबाट हार बेहोर्दै घर फर्किएको छ

खेलमा उत्कृष्ट प्रदर्शन गरेका दमक भेट्रान्सका सन्तोष नेपाली म्यान अफ द म्याच बने उनलाई झापा फुटबल संघका अध्यक्ष भगिरथ आले मामा क्लबका अध्यक्ष किरण थापा लगायतले ट्रफी तथा नगद पुरस्कार प्रदान गरे।

प्रतियोगिता अन्तर्गत भोलि अन्तिम क्वार्टर फाइनल खेल रहनेछ। भोलि हुने खेलमा आयोजक बिर्तामोड भेट्रान्स सेतोले मेची भेट्रान्स मेचीनगर झापासँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने आयोजक समितिका अध्यक्ष किरण थापाले जानकारी दिएका छन्।

प्रतियोगिताको पहिलो पुरस्कार समाजसेवी तथा फुटबल प्रेमी नेत्र नारायण श्रेष्ठले गरेका छन् दोस्रो पुरस्कार प्रायोजन सुवास ज्वेलर्स बिर्तामोड झापाले गरेको छ।

प्रतियोगिताको फाइनल खेल वैशाख २६ गते हुनेछ। विजेताले नगद १ लाख एक हजार रुपैयाँ उपविजेताले नगद ५१ हजार रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् त्यसैगरी विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि ट्रफी र नगद पुरस्कार प्रदान गरिने आयोजक क्लबका कोषाध्यक्ष प्रेमकृष्ण श्रेष्ठले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement

समाचार

United Casino: Quick‑Hit Gaming for the Fast‑Paced Player

Golden Star Casino: Quick‑Play Slots & High‑Intensity Gaming

Bizzo Casino: Quick‑Hit Gaming for the Fast‑Paced Player

Wd40 Casino Review: Quick‑Play Slots & Lightning Wins

छुटाउनुभयो कि ?

United Casino: Quick‑Hit Gaming for the Fast‑Paced Player

Why United Casino Appeals to Quick Play EnthusiastsUnited Casino has carved out a niche for players who thrive on the adrenaline o...

Golden Star Casino: Quick‑Play Slots & High‑Intensity Gaming

IntroductionGolden Star offers a playground for players who crave instant thrills and rapid results. In today’s fast‑moving world,...

Bizzo Casino: Quick‑Hit Gaming for the Fast‑Paced Player

1. The Pulse of a Rapid SpinWhen the clock ticks down to a minute, a player settles in for a quick run at the reels. Bizzo’s inter...

Wd40 Casino Review: Quick‑Play Slots & Lightning Wins

In the fast‑paced world of online gambling, Wd40 offers a playground where every spin feels like a sprint. Whether you’re on a cof...