Skip to main content

साझा अक्षर

धाइजन चारआली महिला च्यालेन्ज कप सुरु, उद्घाटन खेलमा आयोजक विजयी

 

झापा, मेचीनगर | झापाको मेचीनगरमा आजबाट “धाइजन चाराली महिला च्यालेन्ज कप फुटबल प्रतियोगिता” सुरु भएको छ।

मेचीनगर नगरपालिका वडा नम्बर १२ धाइजन स्थित कालिका खेलमैदानमा धाइजन चारआली फुटबल क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजकले आदर्श युवा क्लब बुद्धशान्ति झापालाई ४–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो। खेल अवधिभर आयोजक टोलीले आक्रामक प्रदर्शन गर्दै विपक्षीमाथि पूर्ण दबाब कायम राखेको थियो।
आयोजकको सहज जितमा सरस्वती राजवंशीले दुई गोल गरिन् भने नयन राई र करुणा राईले समान एक–एक गोल गरे

सुरुवातदेखि नै लयमा देखिएको धाइजन चारआलीले उत्कृष्ट टिमवर्क र आक्रामक रणनीतिका कारण आदर्श युवा क्लबलाई खेलमा अवसर नै दिएनन।
पराजित आदर्श युवा क्लब बुद्धशान्तिले खेलमा केही राम्रा अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न नसक्दा पहिलो खेलमै हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिन बाध्य बन्यो। टोलीका खेलाडीहरूले संघर्षपूर्ण प्रदर्शन गरे पनि फिनिसिङ कमजोर हुँदा हार टार्न सकेनन्।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी आयोजक धाइजन चारआली फुटबल क्लबकी क्याप्टेन नयन राई प्लेयर अफ द म्याच बनिन् उनले नगद एक हजार र ट्रफी प्राप्त गरिन्

प्रतियोगिताको उद्घाटन कार्यक्रम प्रतियोगिता संयोजक दीपक लामाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा अन्य अतिथिहरू सञ्चारकर्मी स्थानीय खेलप्रेमी,  विभिन्न क्लबका प्रतिनिधि तथा दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नेपालमा पछिल्लो समय महिला फुटबलको लोकप्रियता उल्लेखनीय रूपमा बढिरहेका बेला  महिला फुटबलप्रति बढ्दो आकर्षण र स्थानीय प्रतिभावान खेलाडीहरूलाई अवसर प्रदान गर्ने उद्देश्यका साथ   झापामा पनि महिला फुटबल प्रतियोगिताहरू निरन्तर आयोजना हुन थालेका छन्। यही उत्साहलाई थप उचाइ दिन तथा ग्रामीण तथा स्थानीय तहमा रहेका प्रतिभावान महिला खेलाडीहरूलाई अवसर दिने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

 


प्रतियोगिता अन्तर्गत भोलि पनि एक खेल हुने छ ।  भोलिको खेल इलामको रोङ गाउँपालिका पहरी गाउँ र भारतको हाटखोला फुटबल एकेडेमीबीच  हुनेछ। उक्त खेल पनि निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

प्रतियोगिताको फाइनल खेल आगामी जेठ ३ गते हुनेछ  प्र विजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।
त्यसैगरी प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने विधागत उत्कृष्ट खेलाडीहरूलाई  पनि नगद पुरस्कार तथा ट्रफी प्रदान गरिने आर्थिक संयोजक भीम कार्कीले जानकारी दिएका छन्। महिला फुटबलको विकास र खेलाडी उत्पादनमा प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकको रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...