साझा अक्षर

शेयर बजार आज सामान्य बढ्यो

शेयर बजार आज सामान्य बढेर परिसूचक नेप्से ४ दशमलव ९९ अङ्कले बढेर २ हजार ७८२ दशमलव १० विन्दुमा पुगेको छ ।

आज फाइनान्स, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य बाहेक सबै समूहका सूचक सामान्य बढेका छन् । आज १५१ वटा कम्पनीका शेयर बढेकामा १०५ वटाको घटेका छन् । यस्तै १४ वटा कम्पनीका शेयर घटबढ भएका छैनन् ।

आज कालिञ्चोक हाइड्रोपावरको शेयर १५ प्रतिशत, बुङ्गल हाइड्रोको शेयर १४ दशमलव ८८ प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन सानिमा बैंकको डिबेन्चर साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ४ अर्ब ८५ करोडको कारोबार भएकोमा आज ३५४ वटा कम्पनीका १ करोड ५२ लाख कित्ता शेयर ६ अर्ब ३ करोड रुपैयाँमा किनबेच भएको छ ।

यो कारोबार रकम झन्डै १ महिनायताकै धेरै हो । यसअघि गएको वैशाख १५ गते ६ अर्ब ५३ करोड रुपैयाँको शेयर किनबेच भएको थियो । त्यसयता कारोबार रकम ६ अर्ब पुग्न सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

  झापा ।।  प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता आज बाट सुरु भएको छ। उद्घाटन खेलमा दार्जिलिङ एफसीले उत्कृष्ट प्रदर्शनका साथ...
प्रथम जोगीडाँडा वडा स्तरीय भलिबल आजबाट सुरु, ताप्लेजुङ र आयोजक रातो अघिल्लो चरण प्रवेश

प्रथम जोगीडाँडा वडा स्तरीय भलिबल आजबाट सुरु, ताप्लेजुङ र आयोजक रातो अघिल्लो चरण प्रवेश

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगी डाँडा वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ। मिक्लाजुङ गाउँपालिका...
ज्यान जोखिममा परेका ६० गर्भवती तथा सुत्केरीसहित नौ सय पाँच महिलाका हवाई उद्धार

ज्यान जोखिममा परेका ६० गर्भवती तथा सुत्केरीसहित नौ सय पाँच महिलाका हवाई उद्धार

राष्ट्रपति महिला उत्थान (राष्ट्रिय महिला समुत्थान परियोजना ) कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षको फागुनसम्म दुर्गम क्षेत्रमा ज्या...
मलको अभाव हुन नदिन समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण

मलको अभाव हुन नदिन समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण

कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले पर्याप्त बजेट नहुँदा रासायनिक मल खरिद गर्न नसकेको बताउनुभएको छ...