Skip to main content

साझा अक्षर

मलको अभाव हुन नदिन समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण

कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले पर्याप्त बजेट नहुँदा रासायनिक मल खरिद गर्न नसकेको बताउनुभएको छ ।

आज बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उहाँले सरकारले मल खरिदका लागि पर्याप्त बजेट नछुट्याए आउँदो वर्ष मलको सङ्कट उत्पन्न हुने चेतावनी दिनुभयो । उहाँका अनुसार नेपालको वार्षिक मल आवश्यकता झन्डै ९ लाख मेट्रिक टन भए पनि सरकारले बढीमा ५ लाख मेट्रिक टन बराबरको मात्रै बजेट विनियोजन गर्ने गरेको छ ।

यसपालि भाउ बढेकाले ३ लाख ५९ हजार १०० मेट्रिक टन मात्रै मल खरिद गरेको र अहिले कम्पनीसँग १ लाख ५ हजार २४१ मेट्रिक टन मौज्दात रहेको पाेखरेलले बताउनुभयो । उहाँका अनुसार यो मलले असार अन्तिमसम्म मात्रै धान्छ ।

बैठकमा सांसदहरूले यस वर्ष किसानलाई मलको अभाव हुन नदिन समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

यस्तै कार्यक्रममा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले किसानलाई मलको अभाव हुन नदिन सरकारको विशेष ध्यानाकर्षण भएको बताउनुभयो । मल अभाव हुन नदिन भारतसँग ५० हजार मेट्रिक टन मल खरिद गर्ने प्रक्रिया शुरू गरिसकेको उहाँको भनाइ छ ।

मन्त्री चाैधरीले सरकारले रासायनिक मलको सन्तुलित प्रयोग तथा जैविक तथा प्राङ्गारिक मलको प्रयोगमा जोड दिएको पनि स्पष्ट पार्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...