Skip to main content

साझा अक्षर

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

 

चारआली, झापा । झापाको मेचीनगर–१३ चारआलीस्थित हातेमालो सामुदायिक वनको खेलमैदानमा जारी प्रथम चारआली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।

बुधबारेको आदर्श युवा क्लबलाई पराजित गर्दै बगान युथ क्लब अन्तिम चारमा प्रवेश गरेसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको हो।

हिजो सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा बगान युथ क्लबले आदर्श युवा क्लब बुधबारेलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। प्रतिस्पर्धात्मक खेलमा बगानका लागि पहिलो हाफको २९औँ मिनेटमा श्याम मुर्मुले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसको सात मिनेटपछि ३६औँ मिनेटमा रोमन भुजेलले अर्को गोल थप्दै बगानलाई २–० को सहज अवस्थामा पुर्‍याए।

दोस्रो हाफमा खेलमा फर्किने प्रयास गरेको आदर्श युवा क्लबले ६०औँ मिनेटमा पेनाल्टीको अवसर पाएको थियो। उक्त अवसरलाई फागुराम थारुले सदुपयोग गर्दै गोल गरे पनि त्यसपछि थप गोल गर्न नसक्दा आदर्श क्लब  प्रतियोगिताबाट बाहिरिन बाध्य बन्यो।  बगानले २–१ को जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका बगान युथ क्लबका रोमन भुजेल ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ३ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।

यसअघि सम्पन्न क्वार्टरफाइनल खेलहरूबाट दार्जिलिङ फुटबल क्लब (भारत), चारआली युथ क्लब (झापा) र उर्लाबारी फुटबल क्लब (मोरङ) सेमिफाइनलमा पुगिसकेका छन्। बगान युथको जितसँगै सेमिफाइनलमा पुग्ने चारवटै टिमको टुंगो लागेको हो।

प्रतियोगिता अन्तर्गत आजबाट सेमिफाइनलका खेल सुरु हुँदैछन्। पहिलो सेमिफाइनलमा भारतको दार्जिलिङ फुटबल क्लब र घरेलु टोली चारआली युथ क्लब झापाबीच प्रतिस्पर्धा हुनेछ। दुवै टोली उत्कृष्ट लयमा रहेकाले खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

बज्र स्पोर्ट्स एकेडेमी चारआली, झापाको आयोजनामा तथा चारआली युथको संयोजनमा सञ्चालन भइरहेको प्रतियोगितामा झापा, इलाम, मोरङ तथा छिमेकी राष्ट्र भारतका गरी कुल आठ टोलीको सहभागिता रहेको छ।

प्रतियोगिताको फाइनल खेल जेठ २३ गते हुने  छ। प्रतियोगिताको विजेता टोलीले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ।

स्थानीय खेल प्रतिभाको विकास, फुटबलप्रतिको आकर्षण अभिवृद्धि तथा क्षेत्रीय खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिताले चारआली क्षेत्रको खेलकुद माहोललाई थप उत्साहित बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...