Skip to main content

साझा अक्षर

आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

चारआली, झापा । आयोजक चाराली युथ क्लब  जारी प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा भारतको दार्जिलिङ फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै चारआली युथले फाइनलको यात्रा तय गरेको हो।
खेलको सुरुवातमै दार्जिलिङ फुटबल क्लबले अग्रता बनाएको थियो। खेलको छैटौँ मिनेटमा पंकज थापाले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए। सुरुआती गोलपछि दार्जिलिङले खेलमा दबाब कायम राख्ने प्रयास गरे पनि आयोजक चाराली युथले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारेको थियो।
खेलको १३औँ मिनेटमा चारआली युथका आशिष चापागाईंले आकर्षक गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसपछि थप आक्रामक बनेको आयोजक टोलीका लागि प्रशान्त लक्ष्मण नायक बने। उनले खेलको २५औँ मिनेटमा गोल गर्दै चाराली युथलाई २–१ को अग्रता दिलाए।
पहिलो हाफमा एक गोलले अगाडि रहेको चाराली युथले दोस्रो हाफमा पनि आफ्नो लय कायम राख्यो। खेलको ४६औँ मिनेटमा प्रशान्त लक्ष्मणले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै चारआली युथको जित सुनिश्चित गरे। त्यसपछि दार्जिलिङले खेलमा फर्कने प्रयास गरे पनि चाराली युथको सुदृढ रक्षापङ्क्ति अगाडि सफल हुन सकेन।
उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेका चारआली युथका प्रशान्त लक्ष्मण खेलको म्यान अफ द म्याच घोषित भए। उनलाई कार्यक्रमका प्रमुख अतिथि तथा मेचीनगर–१४ का वडाध्यक्ष बाबुलाल सुब्बाले नगद पुरस्कारसहित ट्रफी प्रदान गरेका थिए।प्रतियोगिता संयोजक निमा शेर्पाका अनुसार प्रतियोगिताअन्तर्गत बिहीबार दोस्रो तथा अन्तिम सेमिफाइनल खेल हुनेछ। उक्त खेलमा बगान युथ क्लब र उर्लाबारी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। सो खेलको विजेताले उपाधिका लागि आयोजक चाराली युथ क्लबसँग फाइनलमा भिड्नेछ।

बज्र स्पोर्ट्स एकेडेमी चारआली, झापाको आयोजनामा तथा चारआली युथको संयोजनमा सञ्चालन भइरहेको प्रतियोगितामा झापा, इलाम, मोरङ तथा छिमेकी राष्ट्र भारतका गरी कुल आठ टोलीको सहभागिता रहेको छ।

प्रतियोगिताको फाइनल खेल जेठ २३ गते हुने  छ। प्रतियोगिताको विजेता टोलीले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ।

स्थानीय खेल प्रतिभाको विकास, फुटबलप्रतिको आकर्षण अभिवृद्धि तथा क्षेत्रीय खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिताले चारआली क्षेत्रको खेलकुद माहोललाई थप उत्साहित बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...