Skip to main content

साझा अक्षर

ट्राइब्रेकरमा उर्लाबारीलाई हराउँदै बगान युथ क्लब चारआली गोल्डकपको फाइनलमा

 

झापाको मेचीनगर–१३ चारआलीमा जारी प्रथम चाराली गोल्ड कप फुटबल प्रतियोगितामा जित निकाल्दै बगान युथ क्लब झापा फाइनल प्रवेश गरेको छ।

बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा उपाधि दाबेदार मानिएको उर्लाबारी फुटबल क्लब मोरङलाई ट्राइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै बगानले फाइनलमा स्थान सुरक्षित गरेको हो।
निर्धारित समयमा दुवै टोलीबाट १–१ गोल भएपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो।

खेलको ३५औँ मिनेटमा निरकुमार श्रेष्ठ ले गोल गर्दै उर्लाबारीलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको ७०औँ मिनेटमा रोमन तामाङ ले गोल गर्दै बगान युथलाई बराबरीमा फर्काए।

त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल ट्राइब्रेकरमा पुगेको थियो। ट्राइब्रेकरमा बगान युथका श्याम मुर्मुको प्रहार क्रसबारमा लागेर बाहिरिए पनि उर्लाबारी फुटबल क्लबका दुई प्रहार बगान युथका गोलकिपरले उत्कृष्ट रूपमा बचाउँदै टोलीलाई फाइनल यात्रा तय गराए। ट्राइब्रेकरमा बगानले ४–३ को जित हात पारेको थियो।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका बगान युथ क्लबका गोलकिपर म्यान अफ द म्याच घोषित भए। उनलाई प्रमुख अतिथि लोकराज ढकाल ले नगद पुरस्कार तथा ट्रफी प्रदान गरेका थिए।


प्रतियोगिताको फाइनल खेल जेठ २३ गते शनिबार आयोजक चारआली युथ क्लब र बगान युथ क्लबबीच हुने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँ उपविजेताले नगद १ लाख रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि नगद र ट्रफी प्रदान गरिने आयोजक बज्र स्पोर्ट्स एकेडेमीका अध्यक्ष पूर्वा तामाङले जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...