साझा अक्षर

बिर्तामोड युनाइटेड च्यालेन्ज कप, उर्लाबारी एफसी सेमीफाइनल प्रवेश

 

बिर्तामोड, झापा । झापाको बिर्तामोडमा आजदेखि सुरु भएको दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा उर्लाबारी एफसी, मोरङ विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ।

बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशाला मा सम्पन्न उद्घाटन खेलमा उर्लाबारी एफसीले न्यु स्टार क्लब झापालाई ४–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
खेलको पहिलो हाफमा उर्लाबारीका राजेश दाहालले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफ १–० को अवस्थामा सकिएको खेलमा दोस्रो हाफमा भने दुवै टोलीले आक्रामक प्रदर्शन गरे।
दोस्रो हाफ सुरु भएको दुई मिनेटमै न्यु स्टार क्लबका शक्ति राईले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्‍याए। तर त्यसपछि उर्लाबारीले लगातार दबाब बनाउँदै खेलमा पकड जमायो। दोस्रो हाफको २३औँ मिनेटमा मिलन लिम्बूले गोल गर्दै उर्लाबारीलाई पुनः अग्रता दिलाए। त्यसको दुई मिनेटपछि २५औँ मिनेटमा असीम राईले गोल गर्दै टोलीको अग्रता ३–१ बनाए।


उर्लाबारीको जितलाई थप सुनिश्चित गर्ने क्रममा २९औँ मिनेटमा मिलन लिम्बुले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे। त्यसपछि थप गोल हुन नसक्दा उर्लाबारी ४–१ को सहज जित निकाल्न सफल भयो। न्यु स्टार क्लबले भने पाएका अवसरहरूको सदुपयोग गर्न नसक्दा पहिलो खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिन बाध्य भयो।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका उर्लाबारी एफसीका मिलन लिम्बु म्यान अफ द म्याच घोषित भए। उनलाई प्रमुख अतिथि झापा–११ फुटबल क्लब का अध्यक्ष जलकुमार गुरुङ, बिर्तामोड–६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्बा तथा खेल संयोजक अनिश सुवेदी ले नगद ३ हजार रुपैयाँसहित ट्रफी प्रदान गरे।

प्रतियोगिता अन्तर्गत भोलि दोस्रो क्वार्टरफाइनल खेल हुनेछ। उक्त खेलमा सनिश्चरे फुटबल क्लब, झापा र कन्काई स्पोर्टिङ क्लब, सुरुङ्गाबीच प्रतिस्पर्धा हुनेछ।
झापा र मोरङका गरी ८ टोली सहभागी प्रतियोगिताको फाइनल खेल जेठ ३१ गते हुनेछ। प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। साथै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार र ट्रफी प्रदान गरिने आयोजक समितिका संयोजक अनिश सुवेदीले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

स्वर्गीय सुखवीर नेम्बाङ स्मृति कप भलिबल प्रतियोगिता सुरु, फाल्गुनन्द गाउँपालिका विजयी

स्वर्गीय सुखवीर नेम्बाङ स्मृति कप भलिबल प्रतियोगिता सुरु, फाल्गुनन्द गाउँपालिका विजयी

  पाँचथर, जेठ २९ ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापमा स्वर्गीय सुखवीर नेम्बाङ स्मृति कप भलिबल प्रतियोगिता सुरु...

Pinco Online Kazino (Пинко) Azərbaycanda – Etibarlı Lisenziyalar və Sertifikatlar

Pinco Online Kazino (Пинко) Azərbaycanda – Etibarlı Lisenziyalar və Sertifikatlar ▶️ OYNA ...

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar ▶️ OYNA ...

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar ▶️ OYNA ...