साझा अक्षर

बैशाख १३बाट प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप हुने

मेचीनगर । बाहुण्डाँगी युवा क्लबको आयोजनामा प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप हुने भएको छ । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न आम भेलाबाट प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ हुने जानकारी गराइएको हो ।

२०८२ वैशाख १३ देखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको मुख्य प्रायोजकमा विद्या विकास एकाडेमी रहेको छ । मुख्य प्रायोजक संस्थाबाट प्रतियोगिता सम्पन्न गर्न १ लाख ७२ हजार रुपैयाँ प्राप्त हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार रुपैयाँ र उपविजेताले नगद ६१ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको संरक्षकमा मेचीनगर ४ नम्बर वडा कार्यालय र सहआयोजकमा बाहुण्डाँगी जेसीज, आरआरटि बाहुण्डाँगी रहेका छन् । प्रतियोगिता अन्तर्गत विभिन्न विधामा समेत खेलाडीहरुलाई अवार्ड प्रदान गरिनेछ ।

प्रत्येक खेलका म्यान अफ द म्याच, उत्कृष्ट गोलकिपर, प्लेयर अफ द टुर्नामेन्ट र सर्वाधिक गोलकर्तालाई नगद, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

आम भेलाबाट संस्थाको कोषाध्यक्ष एश्वर्य सुवेदीको संयोजकत्वमा ५ सदस्यीय आर्थिक समिति गठन गरिएको छ । सहसंयोजकमा राजेश थापा, सदस्यहरुमा सुनिता चौधरी, कञ्चन उप्रेती, लालबहादुर पाण्डे रहेका छन् । प्रतियोगिता सम्पन्न गर्न आवश्यक विभिन्न उपसमिति गठन गर्न आम भेलाले संस्थाको कार्यसमितिलाई अख्तियारी दिइएको जनाइएको छ ।

प्रतियोगितामा भारतका ३ टिम तथा नेपालको ५ गरी जम्मा ८ वटा टिमले सहभागी जनाउने भएका छन् । संस्थाका अध्यक्ष जीवनकुमार मोतेको सभापतित्वमा भएको आम भेलामा मेचीनगर–४ का वडा अध्यक्ष अर्जुनकुमार कार्की, पूर्व वडा अध्यक्ष नविन बराल, क्लबको सस्थापक, पूर्व अध्यक्षहरु, आजीवन सदस्य, राजनीतिक दलका प्रतिनिधि, स्थानीय बुद्धिजिवी, खेलप्रेमीहरु सहभागी थिए ।

संस्थाले फुटबल तालिम पनि सञ्चालन गर्दै आइरहेको छ । वालबालिकालाई फुटबलप्रति आकर्षित गराउन र भविष्यमा उत्कृष्ट खेलाडी उत्पादन गर्न फुटबल तालिमलाई निरन्तरता दिइरहेको अध्यक्ष मोतेले जानकारी दिए ।

प्रशिक्षक चन्द्र लिम्बूले दिइरहेको फुटबल प्रशिक्षणमा करिब ६० जनाको सहभागिता रहेको छ । संस्थाले तालिमका लागि मासिक ५८ हजार खर्च गरिरहेको अध्यक्ष मोतेले जानकारी दिए । प्रशिक्षकका लागि १५ हजार, फुटबल खरिद ३० हजार, प्रशिक्षण सामग्री ५ हजार र ग्राउण्ड मर्मतका लागि ८ हजार मासिक खर्च भइरहेको संस्थाले जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

चारआली, झापा । आयोजक चाराली युथ क्लब  जारी प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। ...
प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

  चारआली, झापा । झापाको मेचीनगर–१३ चारआलीस्थित हातेमालो सामुदायिक वनको खेलमैदानमा जारी प्रथम चारआली गोल्डकप फुटबल प्रतियोग...
बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

  बिर्तामोड जेठ १८।।   झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भ...
जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगीडाँडा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मिक्लाजुङ ३ आरुबटेले जितेको छ। फाइनलमा आयो...