साझा अक्षर

नकलबन्दा स्पोर्टिङ क्लबको अध्यक्षमा भक्त गुरुङ्ग

 

मेचीनगर । नकलबन्दा स्पोर्टिङ क्लबको अध्यक्षमा भक्त गुरुङ्ग चयन भएका छन् ।

नकलबन्दा समाज विकास समितिको सभाहलमा बिहीबार सम्पन्न संस्थाको प्रथम साधारणसभाबाट दुई वर्षे कार्यकालका लागि अध्यक्षमा गुरुङ्ग चयन भएका हुन् ।

त्यसैगरी, संस्थाको उपाध्यक्षमा हिरा सुर्खेती, सचिवमा सुरज तामाङ, कोषाध्यक्षमा निखिल खड्का तथा सदस्यहरुमा सञ्जु कार्की, प्रज्वल बस्नेत, रामबहादुर गुरुङ्ग, किशोर उपरकोटी र विकुल खडिया चयन भए ।

संस्थाका अध्यक्ष भक्त गुरुङ्गको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा मेचीनगर–५ का वडा अध्यक्ष कनकबहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मेचीनगर–५ का वडा सदस्यहरु पुष्पकुमार गेलाल, माया प्याकुरेल, निवर्तमान वडा सदस्यहरु मेघराज गेलाल, नारायण खड्का, नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशरप्रसाद तिम्सिना, पूर्व अध्यक्ष होमराज गुरुङ्ग, संस्थाका सल्लाहकार संयोजक पर्शुराम पराजुली, नकलबन्दा समाज विकास समितिका अध्यक्ष इन्द्र तामाङ, समाजसेवी रामबहादुर गुरुङ्गलगायतको आतिथ्यता रहेको थियो ।

मिति २०८१ माघ ७ गते संस्था दर्ता भएकोले संस्थाले २०८१ फागुन ७ देखि १७ गतेसम्म दोश्रो नगरस्तरीय नकलबन्दा फुटबल प्रतियोगिता सम्पन्न गरेको थियो । प्रतियोगितामा कुल १२ टिम सहभागी थिए ।

समाजमा रहेका युवा वर्गहरुलाई समेटेर उनीहरुको खेलकुद क्षेत्रमा क्षमता विकास गर्ने उद्देश्य लिएर स्थापना गरिएको नकलबन्दा स्पोर्टिङ क्लबले खेलकुदसँगै स्वास्थ्य, शिक्षा, स्वास्थ्य, सरसफाईको क्षेत्रमा गतिविधि सञ्चालन गर्दै आइरहको छ ।

युवाहरुलाई कुलतबाट जोगाउन, सामाजिक विकासमा सरिक गराउन, सहयोगको भावना जागृत गराउन र स्वरोजगार सृजना गराउन क्लबले कार्ययोजना बनाएरै थप कार्यक्रम सञ्चालन गर्ने सचिव सुरज तामाङले बताए ।  संस्थाले ५ लाखको अक्षयकोष निर्माण गर्ने घोषणा गरिएको जनाएको छ ।अक्षकोषको व्याजबाट नकलबन्दा स्पोर्टिङ क्लबको दीर्घकालीन आर्थिक स्थायित्व कायम राख्ने, युवा विकास, प्रशिक्षण, प्रतियोगिता सम्पन्न गर्न, पूर्वाधार तथा सामाजिक उत्तरदायित्वमा खर्च गर्ने जनाइएको छ ।

संस्थाका सदस्य किशोर उपरकोटीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव सुरज तामाङले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

चारआली, झापा । आयोजक चाराली युथ क्लब  जारी प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। ...
प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

  चारआली, झापा । झापाको मेचीनगर–१३ चारआलीस्थित हातेमालो सामुदायिक वनको खेलमैदानमा जारी प्रथम चारआली गोल्डकप फुटबल प्रतियोग...
बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

  बिर्तामोड जेठ १८।।   झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भ...
जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगीडाँडा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मिक्लाजुङ ३ आरुबटेले जितेको छ। फाइनलमा आयो...