साझा अक्षर

काठमाडौँको बुढानीलकण्ठमा फुट्सल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख

 

काठमाडौँ असार २९ ।।    काठमाडौँको बुढानलकण्ठमा पहिलोपटक खुल्ला पुरुष फुट्सल प्रतियोगिता आयोजना हुने भएको छ।

इन्टरनेसनल इभेन्ट्स नेपालले आयोजना गर्न लागेको उक्त फुट्सल प्रतियोगिता बुढानीलकण्ठ स्थित देवी स्पोर्ट्स हाउसमा यही श्रावण २ र ३ गते हुने आयोजकले जानकारी दिएको छ।
आई सी एस एजुकेशन माईग्रेसन मुख्य प्रायोजक रहेको प्रतियोगिताको एक्सट्रीम इनर्जी ड्रिंक्स पावर स्पोन्सर रहेको छ।

प्रतियोगितामा काठमाडौँ; लगायत देशका विभिन्न फुट्सल क्लबहरूको सहभागिता रहने आयोजकले जनाएको छ। साउन ३ गते हुने फाइनल विजेताले नगद १ लाख रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता टिमले नगद ५० हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्
यसैगरी विधागत रूपमा उत्कृष्ट खेलाडी उत्कृष्ट गोलकिपर र हाइसकोर लाई जनही ५-५ हजार नगद पुरस्कार र ट्रफी प्रदान गरिने छ
खेलमा सहभागी हुनका लागि क्लबहरूलाई दर्ता शुल्क रु ८००० लाग्ने खेल संयोजक दीपक मल्ल ठकुरीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

चारआली, झापा । आयोजक चाराली युथ क्लब  जारी प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। ब...
प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

  चारआली, झापा । झापाको मेचीनगर–१३ चारआलीस्थित हातेमालो सामुदायिक वनको खेलमैदानमा जारी प्रथम चारआली गोल्डकप फुटबल प्रतियोग...
बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

  बिर्तामोड जेठ १८।।   झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भ...
जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगीडाँडा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मिक्लाजुङ ३ आरुबटेले जितेको छ। फाइनलमा आयो...