साझा अक्षर

हमास द्वारा विपिन सहित ४८ बन्दीको ‘बिदाइ तस्बिर’ सार्वजनिक

इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो सहरी केन्द्रलाई ध्वस्त पार्दै आफ्नो कब्जामा लिने प्रयास जारी राखेको बेला हमासले गाजामा रहेका ४८ जना बन्दीको ‘बिदाइ तस्बिर’ सार्वजनिक गरेको छ। जसमा नेपाली युवा विपिन जोशीको पनि तस्बिर छ।

हमासको सशस्त्र समूह ‘कसम ब्रिगेड’ले शनिबार अनलाइनमा एउटा संयुक्त तस्बिर सार्वजनिक गरेको हो। उक्त तस्बिरमा जीवित र मृत दुवै बन्दीहरूको अनुहार देखाइएको अलजजिराले जनाएको छ।

प्रत्येक तस्बिरमा सन् १९८६ मा लेबनानमा बेपत्ता भएका इजरायली वायुसेनाका कप्तान रोन अरादको सन्दर्भ दिँदै ‘रोन अराद’ लेखिएको छ।अरादको लडाकु विमानमा बम विस्फोट भएपछि उनलाई पहिले अमाल आन्दोलन र पछि हिजबुल्लाहले नियन्त्रणमा लिएको थियो। उनको मृत्यु भएको विश्वास गरिए पनि आधिकारिक रूपमा भने पुष्टि भएको छैन।

हमासले जारी गरेको तस्बिरसँगै एक सन्देश पनि संलग्न छ, जसमा भनिएको छ, ‘नेतान्याहुको अस्वीकार र जमिरेको समर्पणका कारण गाजा सहरमा सैन्य कारबाही सुरु हुँदा यो एक बिदाइ तस्बिर हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

ट्राइब्रेकरमा उर्लाबारीलाई हराउँदै बगान युथ क्लब चारआली गोल्डकपको फाइनलमा

ट्राइब्रेकरमा उर्लाबारीलाई हराउँदै बगान युथ क्लब चारआली गोल्डकपको फाइनलमा

  झापाको मेचीनगर–१३ चारआलीमा जारी प्रथम चाराली गोल्ड कप फुटबल प्रतियोगितामा जित निकाल्दै बगान युथ क्लब झापा फाइनल प्रवेश ग...
आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

चारआली, झापा । आयोजक चाराली युथ क्लब  जारी प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। ...
प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

  चारआली, झापा । झापाको मेचीनगर–१३ चारआलीस्थित हातेमालो सामुदायिक वनको खेलमैदानमा जारी प्रथम चारआली गोल्डकप फुटबल प्रतियोग...
बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

  बिर्तामोड जेठ १८।।   झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भ...