साझा अक्षर

तरुण गोल्डकपको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा वडा नम्बर ३ र ८ भिड्ने

 

देउमाई पौष ३ ।। तेस्रो देउमाई तरुण कप वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। यही पौष ६ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक नेपाल तरुण दल देउमाई नगर समितिले आज खेल तालिका सार्वजनिक गरेको हो।

आयोजक नेपाल तरुण दल देउमाई नगर कमिटी  अध्यक्ष बिमल काजी खम्बुका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ३ र वडा नम्बर ८ का बीच प्रतिस्पर्धा हुने  भएको छ।

त्यस्तै पौष ७ गते दुई खेल हुनेछन्। पहिलो खेलमा वडा नम्बर ६ र वडा नम्बर ७ का बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा वडा नम्बर २ र वडा नम्बर ९ बीच प्रतिस्पर्धा हुनेछ ।

त्यसैगरी पौष ८ गते पनि दुई खेल हुनेछन्। पौष ८ गते हुने पहिलो खेलमा वडा नम्बर ४ र वडा नम्बर ५ बीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै बााइमा रहेको वडा नम्बर १ ले वडा नम्बर ६ र ७ को विजेतासँग दोस्रो खेल खेल्नेछ। यो सँगै सेमिफाइनल समीकरण पुरा हुनेछ।

पौष ९ र १० गते एक एक सेमिफाइनल खेल हुनेछन्। प्रतियोगिताको फाइनल खेल पौष १२ गते  हुनेछ।

 ‘हाम्रो गोल, लागुऔषध दुर्व्यसनीविरुद्धको बोल’ नारासहित  फुटबल खेलको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि र युवालाई  खेलकुदमा प्रेरित गराई लागु औषध जस्ता कुलतबाट टाढा  राख्ने उद्देश्य सहित नेपाल तरुण दल देउमाई नगर समितिले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिता देउमाई नगरपालिका वडा नम्बर ४ स्थित भानुभक्त माध्यमिक विद्यालयको छात्रावास खेलमैदानमा सञ्चालन हुनेछ।

प्रतियोगिताको विजेताले आकर्षक ट्रफी मेडल र प्रमाणपत्रका साथमा नगद पुरस्कार प्राप्त गर्नेछन्। गत संस्करणको विजेताले नगद ५५, हजार पाँच सय ५५ रुपैयाँ र उपविजेताले ३३ हजार तीन सय ३३ रुपैयाँ प्राप्त गरेका थिए। यो संस्करणमा पुरस्कार राशिमा वृद्धि गरी निकै नै आकर्षक ट्रफीका साथमा नगद पुरस्कार प्रदान गरिने तरुण दल देउमाई नगर  कमिटी सचिव विनम ढकालले जानकारी दिनुभयो

प्रतियोगिता सम्पन्न गर्नका लागि करिब १० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको आयोजकले जानकारी दिनुभएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

ट्राइब्रेकरमा उर्लाबारीलाई हराउँदै बगान युथ क्लब चारआली गोल्डकपको फाइनलमा

ट्राइब्रेकरमा उर्लाबारीलाई हराउँदै बगान युथ क्लब चारआली गोल्डकपको फाइनलमा

  झापाको मेचीनगर–१३ चारआलीमा जारी प्रथम चाराली गोल्ड कप फुटबल प्रतियोगितामा जित निकाल्दै बगान युथ क्लब झापा फाइनल प्रवेश ग...
आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

चारआली, झापा । आयोजक चाराली युथ क्लब  जारी प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। ...
प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

  चारआली, झापा । झापाको मेचीनगर–१३ चारआलीस्थित हातेमालो सामुदायिक वनको खेलमैदानमा जारी प्रथम चारआली गोल्डकप फुटबल प्रतियोग...
बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

  बिर्तामोड जेठ १८।।   झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भ...