साझा अक्षर

उज्यालो नेपाल पार्टी झापा क्षेत्र नम्बर २ को सम्पर्क कार्यालय उद्घाटन

 

झापा माघ १५ ।। आगामी फागुन २१मा हुने प्रतिनिधि सभा निर्वाचन लागि मध्यनजर गर्दै उज्यालो नेपाल पार्टी झापा क्षेत्र नम्बर २ ले आज एक कार्यक्रमका बीच झापाको बिर्तामोडमा  सम्पर्क कार्यालय स्थापना गरेको छ।

झापा बिर्तामोड ५ स्थित बि एन्ड सी हस्पिटलको अगाडिपट्टि उज्यालो नेपाल पार्टी झापा क्षेत्र नम्बर २ को सम्पर्क कार्यालय स्थापना गरिएको हो।  झापा क्षेत्र नम्बर २ का प्रत्यक्ष उम्मेदवार सी के बेघा र उज्यालो नेपाल पार्टी  प्रदेश नं  एक अध्यक्ष बिराज आङ्देम्बे लिम्बूले रिबन काटेर एकसाथ कार्यालयको उद्घाटन गरेका हुन्।

नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख तथा नीवर्तमान ऊर्जा मन्त्री कुलमान घिसिङको अध्यक्षतामा रहेको उज्यालो नेपाल पार्टीले आसन्न निर्वाचनका लागि देशैभरिबाट  प्रत्यक्ष र समानुपातिक उम्मेदवार दर्ता गराएको छ। यसै क्रममा उज्यालो नेपाल पार्टीले झापाका  पाँचवटै निर्वाचन क्षेत्रमा आफ्ना प्रत्यक्ष उम्मेदवार अघि सारेको छ । आगामी निर्वाचनमा परिणाममुखी नतिजा ल्याउनका लागि उज्यालो नेपाल पार्टीले चुनावी कार्यक्रमलाई अगाडि बढाउन क्षेत्र नम्बर २ को सम्पर्क कार्यालय  स्थापना गरेको हो।

सम्पर्क कार्यालय उद्घाटनपछि कार्यकर्तालाई सम्बोधन गर्दै झापा क्षेत्र नम्बर २ का प्रत्यक्ष तर्फका उम्मेदवार सीके बेघाले समृद्धि, सुशासन र दिगो विकासका लागि आफ्नो उम्मेदवारी भएको बताएका छन्।

कार्यालय उद्घाटनपछि आजबाट विधिवत रुपमा उज्यालो नेपाल पार्टीले झापा क्षेत्र नम्बर २ मा कार्यकर्ता भेटघाट तथा चुनावी कार्यक्रम अघि बढाउने प्रत्यक्ष उम्मेदवार सीके बेघाले बताएका छन्। झापा क्षेत्र नम्बर २ का सम्पूर्ण मतदाताहरुलाई आग्रह गर्दै उम्मेदवार बेघाले आसन्न निर्वाचनमा उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह चिममा मतदान गरी आफूलाई अत्याधिक बहुमतले विजय गराउन समेत अनुरोध गरेका छन्।

त्यस्तै प्रत्यक्ष तर्फ उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह बलिरहेको चिम रहेको छ । समानुपातिक तर्फ चुनाव चिन्न बाँसुरी रहेको छ । आफ्नो पार्टीलाई र आफूलाई जिताउनका लागि समानुपातिकमा चुनाव चिन्ह बाँसुरी र प्रत्यक्षतर्फ चुनाव चिन्ह बलिरहेको चिममा मतदान गरिदिन सम्पूर्ण  मतदाताहरुलाई आग्रह गरेका छन्

निर्वाचनका लागि क्षेत्र नम्बर २ निर्वाचन परिचालन संयोजक बुद्धिमान खोयाङको संयोजकत्वमा २५१ निर्वाचन सञ्चालक समिति समेत गठन गरिसकिएको छ।

फागुन ४ गतेबाट झापा क्षेत्र नम्बर २ का सम्पूर्ण स्थानमा कार्यकर्ता भेला तथा चुनावी कार्यक्रम गर्ने  उज्यालो नेपाल पार्टीको कार्यक्रम रहेको छ

आज भएको कार्यालय  उद्घाटन कार्यक्रममा  नेता तथा कार्यकर्ताहरूको  बाक्लो उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

  बिर्तामोड जेठ १८।।   झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भ...
जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगीडाँडा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मिक्लाजुङ ३ आरुबटेले जितेको छ। फाइनलमा आयो...
उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

  झापा  ।। प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो क्वार्टर फाइनल खेलमा उपाधि दाबेदार मानिएको शनिश्चरे फुटब...
चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

  झापा ।।  प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता आज बाट सुरु भएको छ। उद्घाटन खेलमा दार्जिलिङ एफसीले उत्कृष्ट प्रदर्शनका साथ...