साझा अक्षर

स्व हरिकुमार प्रसाई स्मृति कप, सेमिफाइनल समीकरण पूरा

 

बिर्तामोड माघ २६ ।। तेस्रो हरिकुमार प्रसाई स्मृति झापा जिल्ला अन्तर विद्यालय स्तरीय अन्डर १३ नकआउट फुटबल प्रतियोगिताको सेमीफाईनल समीकरण पुरा भएको छ ।

बिर्तामोड नगरपालिका ६ स्थित एभरेस्ट एजुकेसन एकाडेमीको खेलमैदानमा आज स क्वाटरफाइनलका चार खेल सम्पन्न भएसँगै अन्तीम चारमा पुग्ने टोलीहरुको टुंगो लागेको हो । पहिलो क्वाटरफाईनल खेलमा साविक विजेता इष्ट होराईजन विरुद्ध २ – १ गोलअन्तरको सागुरो जित निकाल्दै गोमेन्द्र विरता मोडल स्कुल सेमीफाईन प्रबेश गर्यो । यस्तै दोश्रो क्वाटरफाईनलमा व्रिलियन्ट्स पुपिल्सलाई २–० गोल अन्तरले पाखा लगाउदै कन्चनजंगा सेकेण्डरी स्कुल अन्तिम चार मा प्रवेश गर्यो ।

तेश्रो क्वाटरफाईनल भिडन्तमा बालबाटिका इंग्लीस स्कुललाई २,-० गोलले पाखा लगाउदै निधि सकेण्डरी स्कुल सेमीफाईनलमा आफ्नो स्थान पक्का गर्न सफल भयो । आजै सम्पन्न चौथो तथा अन्तीम क्वाटरफाईनल खेलमा न्युटन्स एजुकेशन एकेडेमी विरुद्ध २–१ को कठीन जित निकाल्दै कन्चन इंग्लीस स्कुल सेमीफाईनल प्रबेश गरेको छ ।

प्रतियोगिता अन्तर्गत भोली सेमीफाईनलका खेलहरु हुने छन् । पहिलो सेमिफाइनल खेलमा गोमेन्द्र बिर्ता मोडल र निदि सेकेन्डरी स्कुलबीच हुनेछ। दोस्रो सेमिफाइनल खेलमा कन्चनजङ्गा इंग्लिश स्कूल र कञ्चन इंग्लिश स्कूल बीच हुनेछ।

विद्यालयका संस्थापक स्वर्गीय हरिकुमार प्रसाईले शिक्षा क्षेत्रमा र्पुयाउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै र उहाँलाई जीवन्त राख्नका लागि एभरेस्ट स्मार्ट एजुकेसन र एभरेष्ट स्पोर्ट्स एकाडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा झापाका विभिन्न २० विद्यालयहरूको सहभागिता रहेको छ। माघ २२ गतेबाट सञ्चालित यो प्रतियोगिता आगामी माघ २८ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेता तथा उपविजेता टिमलेले नगदसहित आकर्षक ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

ट्राइब्रेकरमा उर्लाबारीलाई हराउँदै बगान युथ क्लब चारआली गोल्डकपको फाइनलमा

ट्राइब्रेकरमा उर्लाबारीलाई हराउँदै बगान युथ क्लब चारआली गोल्डकपको फाइनलमा

  झापाको मेचीनगर–१३ चारआलीमा जारी प्रथम चाराली गोल्ड कप फुटबल प्रतियोगितामा जित निकाल्दै बगान युथ क्लब झापा फाइनल प्रवेश ग...
आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

चारआली, झापा । आयोजक चाराली युथ क्लब  जारी प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। ...
प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

  चारआली, झापा । झापाको मेचीनगर–१३ चारआलीस्थित हातेमालो सामुदायिक वनको खेलमैदानमा जारी प्रथम चारआली गोल्डकप फुटबल प्रतियोग...
बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

  बिर्तामोड जेठ १८।।   झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भ...