साझा अक्षर

देउमाई कप फुटबल, माइजोगमाइलाई हराउँदै चुलाचुली अन्तिम चारमा प्रवेश

 

देउमाई इलाम ।। पालिका स्तरीय तेस्रो देउमाई कप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा जित निकाल्दै चुलाचुली गाउँपालिका अन्तिम चारमा प्रवेश गरेको छ।

प्रतिस्पर्धी माइजोगमाई गाउँपालिकालाई ४-१ गोल अन्तरले पराजित गर्दै चुलाचुली अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो।

खेलमा सुरुवाती अग्रता भने माइजोगमाई गाउँपालिकाले गरेको हो। माइजोगमै गाउँपालिकाका लागि जर्सी नम्बर १४ का सर्जन राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर त्यो अग्रता धेरै समय टिक्न सकेन । माइजोगमाईलाई लगातार दबाबमा राख्दै जर्सी नम्बर ७ का विकास लिम्बुले गोल गर्दै चुलाचुलीलाई खेलमा फर्काएका थिए। त्यसपछि दुवै टिमबाट गोल हुन सकेन पहिलो हाफ एकएकको बराबरीमा सकियो।

दोस्रो हाफमा दुवै टिम उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ मैदान प्रवेश गर्दै आक्रामक रुपमा प्रस्तुत भए। पहिलो हाफको तुलनामा अझ सुधारिएको प्रदर्शन गर्दै चुलाचुली गाउँपालिकाले माइजोगमाई गाउँपालिकालाई एकतर्फी दबाबमा राख्दै थप ३ गोल गर्न सफल भयो। उसका लागि ओसन राईले दुई गोल गर्दै टिमलाई जित तर्फ अघि बढाए यस्तै चुलाचुलीका लागि अर्को गोल अतिरिक्त खेलाडीका रुपमा मैदान प्रवेश गरेका ताङसाङ लिम्बुले गर्दै टिमको जित सुनिश्चित गरे।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका चुलाचुलीका ओसन राई म्यान अफ द म्याच बने उनलाई देउमाई नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भीमलाल खनालले नगद तथा ट्रफी प्रदान गरे।

प्रतियोगिताको तेस्रो क्वार्टर फाइनल खेल अन्तर्गत भोलि माई नगरपालिका र फाकफोकथोम गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ

प्रतियोगिताको विजेताले २ लाख २२ हजार २२२ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। साथै उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी लगायत विभिन्न विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि नगद पुरस्कार र ट्रफी प्रदान गरिने आयोजक समितिका सचिव भवानी गजुरेल ले जानकारी दिएका छन्।

प्रतियोगिता भानुभक्त माविको छात्रावास खेलमैदान, देउमाई नगरपालिका–४ मा सञ्चालन भइरहेको छन्। खेलमैदानमा स्थानीय दर्शकहरूको उत्साहजनक उपस्थिति देखिएको छ, जसले प्रतियोगितालाई अझै जीवन्त बनाएको छ।

यस प्रतियोगिताले इलाम जिल्लामा फुटबलप्रति बढ्दो आकर्षण झल्काउनुका साथै स्थानीय प्रतिभालाई उजागर गर्ने महत्वपूर्ण प्लेटफर्मका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगीडाँडा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मिक्लाजुङ ३ आरुबटेले जितेको छ। फाइनलमा आयो...
उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

  झापा  ।। प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो क्वार्टर फाइनल खेलमा उपाधि दाबेदार मानिएको शनिश्चरे फुटब...
चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

  झापा ।।  प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता आज बाट सुरु भएको छ। उद्घाटन खेलमा दार्जिलिङ एफसीले उत्कृष्ट प्रदर्शनका साथ...
प्रथम जोगीडाँडा वडा स्तरीय भलिबल आजबाट सुरु, ताप्लेजुङ र आयोजक रातो अघिल्लो चरण प्रवेश

प्रथम जोगीडाँडा वडा स्तरीय भलिबल आजबाट सुरु, ताप्लेजुङ र आयोजक रातो अघिल्लो चरण प्रवेश

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगी डाँडा वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ। मिक्लाजुङ गाउँपालिका...