बिर्तामोड माघ १८।। न्यूटन्स एजुकेशन एकेडेमीले २२ औं बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ। झापाको बिर्तामोड–५ मा रहेको एकेडेमीले बिहीवार विद्यालय परिसरमा विविध कार्यक्रम गरी २२ औं बार्षिकोत्सव मनाउदै विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष, पूर्व प्रधानाध्यापक , पूर्व विद्यार्थीहरू र समाजमा विशेष योगदान पुर्याउने सामाजिक व्यक्तिहरूलाई सम्मान गरेको हो। सोही अवसरमा शैक्षिक ब्यक्तित्व किशोर प्रसाईलाई अभिन्नदन तथा सम्मान गरेको छ । यसैगरी विद्यालयलाई सँधै सरसल्लाह, सुझाव र मार्गनिर्देशन गर्ने अभिभावकका रुपमा सविता लिम्बू र दिनेश अधिकारीलाई सम्मान गरिएको छ ।त्यस्तै जनसेवामा समर्पित ब्यक्तित्वका रुपमा स्त्रीरोग बिशेषज्ञ डा. प्रियङ्का कटुवाल र एडभान्स प्याथोलोजी प्रमुख डा. सीमा…
बिर्तामोड माघ १४ । एपोलो पेन्ट्स बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा सहभागीलाई मध्यनजर गर्दै महोत्सव आयोजक समितिले एउटा टिकट खरिदमा अर्काे टिकट फ्रि अफर ल्याएको छ। अर्थात अब एक सय रुपैयाँको टिकट लिदा दुई वटा टिकट पाइने भएको छ । योसंगै एनसेलका दुई वटा सिम सित्तैमा र एक प्याकेट सेनिटर प्याडसमेत उपलब्ध गराउने भएको हो । महोत्सवलाई थप रोचक र चलायमान बनाउन महोत्सव आयोजक समितिले यस्तो निर्णय गरेको हो । यो निर्णय आज माघ १४ गते सोमवारबाट लागू भएको छ । माघ १९ गते सम्म सञ्चालन हुने महोत्सव अवधिभर यो निणर्य लागू गरिने छ महोत्सव मूल आयोजक समितिका सदस्य…
बिर्तामोड । बिर्तामोडमा रहेर आफ्नो छुट्टै पहिचान बनाउन सफल लिङ्कन मन्टेश्वरी स्कुलमा निस्शुल्क दन्त परिक्षण शिविर सम्पन्न भएको छ । बिर्तामोड आँखा अस्पतालको व्यवस्थापनमा सञ्चालित रहेको नेशनल एडभान्स डेन्टलको प्राविधिक सहयोगमा शुक्रबार शिविर सम्पन्न भएको हो । उक्त शिविरमा विद्यार्थी र अभिभावक गरेर ८० जनाको दन्त परिक्षण गरिएको बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष दिनेश ओझाले जानकारी दिए । विद्यालयले प्रत्येक वर्ष बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै शिविर सञ्चालन गर्दै आएकोमा यस वर्ष भने दाँतको परिक्षण गरिएको स्कुलका सञ्चालक सरौज पौडेलले बताए ।
बिर्तामोड मंसिर १८ ।। ३० औं अन्तरास्ट्रिय अपाङ्गता दिवस तथा विद्यालयका संस्थापक हरि प्रसाईंको स्मृति दिवसको अवसरमा न्युटन्स् बाल क्लबले अपाङ्गता भएका दुई शिक्षकलाई सम्मान गरेको छ । बिर्तामोड-५ मा अवस्थित न्युटन्स एजुकेसन एकेडेमीमा रहेको बाल क्लबले समावेशी तथा दिगो भविष्यको आधार, अपाङ्ग भएका व्यक्तिहरुको प्रवल नेतृत्वको आधार भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा दुर्गा माध्यमिक विद्यालयका शिक्षकद्वय पदम अधिकारी र चन्द्र भट्टराईलाई दोसल्ला, टोपी र मायाको चिनोले सम्मान गरिएको विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईले जानकारी दिनुभयो। बाल क्लबका अध्यक्ष अन्स न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि विद्यालयका डाईरेक्टर आशिष प्रसाईं रहेका थिए । उक्त अवसरमा बालबालिका तथा शिक्षा संचार…
बिर्तामोड कार्तिक २४ ।। बिर्तामोड स्थित लिङ्कन मन्टेश्वरी स्कुलको आयोजनामा शुक्रबारबाट सुरु भएको मन्टेश्वरीका शिक्षकहरुका लागि दुई दिने क्षमता अभिबृद्धि तालिम शनिबार सम्पन्न भएको छ। मन्टेश्वरी शिक्षिक-शिक्षिकाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको लिङ्कन मन्टेश्वरीका सञ्चालक सरोज पौडेलले जानकारी दिए । तालिममा बिर्तामोड र कन्काईका गरी पाँच वटा विद्यालयका शिक्षिकाहरुको सहभागीता रहेको थियो। तालिममा बिर्तामोडको लिङ्कन मन्टेश्वरी, ब्राइट फ्युचर, शिक्षा शिकोप, निदी र कनकाई नगरको फक्तालुङ विद्यालयका मन्टेश्वरी शिक्षिकाहरुको सहभागीता रहेको छ । उक्त तालिममा शिक्षिकाहरुलाई प्रशिक्षक जनक पराजुली र मिश्रा अधिकारीले प्रशिक्षण प्रदान गरेका थिए । मन्टेश्वरी शिक्षण पद्धति तथा बालविकास क्रियाकलाप सम्बन्धी जानकारी गराइने पाटन शिक्षण तालिम…
बिर्तामोड कार्तिक २३।। झापाको बिर्तामोडमा संचालित लिङ्कन मन्टेश्वरी स्कुलको आयोजनामा शुक्रबारबाट मन्टेश्वरीका शिक्षकहरुका लागि दुई दिने क्षमता अभिबृद्धि तालिम सुरु भएको छ । दुईदिन सम्म चल्ने तालिम मन्टेश्वरी शिक्षिक-शिक्षिकाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको लिङ्कन मन्टेश्वरीका सञ्चालक सरोज पौडेलले जानकारी दिए । उनका अनुसार तालिममा बिर्तामोड र कन्काई नगरका पाँच वटा विद्यालयका मन्टेश्वरी शिक्षिकाहरुको सहभागीता रहेको छ । तालिमको आज एक कार्यक्रमका बीच प्रमुख अतिथि न्युटन्स एजुकेशन फाउण्डेशनका प्रिन्सिपल तथा हिसान झापाका सचिव देबेन्द्र हुँमागाईले उद्घाटन गरेका छन् । तालिममा बिर्तामोडको लिङ्कन मन्टेश्वरी, ब्राइट फ्युचर, शिक्षा शिकोप, निदी स्कूल र कनकाई नगरको फक्तालुङ विद्यालयका मन्टेश्वरी शिक्षिकाहरुको सहभागीता रहेको…
बिर्तामोड कार्तिक १३ ।। लिङ्कन मन्टेश्वरी स्कुलले शुभ-दीपावलीको अवसरमा विद्यालयमा अध्ययनरत सानासाना नानीबाबुहरूसँग देउसी भैलो खेली शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ । झापाको बिर्तामोड-३ मा सञ्चालनमा रहेको सुविधा सम्पन्न मन्टेश्वरी स्कुलले मंगलबार विद्यालयल परिसरमा विद्यार्थीहरुसँग दीपावलीको शुभकामना साटासाट गरेको हो । तिहारसम्बन्धी बालबालिकाहरुलाई जानकारी गराउने उद्देश्यले स्कुलले शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गरेको विद्यालयका सञ्चालक सरोज पौडेलले जानकारी दिए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई तिहारमा खेलिने देउसीभैलो, सेल रोटी, भाइटिकासहित तिहारमा गरिने सांस्कृतिक परम्पराका विषयमा जानकारी गराइएको सञ्चालक पौडेलले बताए । तिहार भनेको पटेका पटकाउने मात्र नभएर गीत संगीतमा रमाउँदै देउसी…
भक्तपुर कार्तिक ४।। कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गएको भदौ २५ र २६ गते लिएको पूरक परीक्षाको नतिजा प्रकाशन गरेको हो । प्रकाशित नतिजाअनुसार ७० दशमलव ६ प्रतिशत अर्थात् ८६ हजार दुई सय ४६ जना विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् । एक लाख २२ हजार एक सय ७१ जना विद्यार्थीले ग्रेडवृद्धिका लागि परीक्षा दिएका थिए । तीमध्ये दुई जना विद्यार्थीको परीक्षा रद्द गरेको र तीन जनाको परीक्षाफल स्थगित गरेको बोर्डले जनाएको छ । प्रत्येक विषयको सैद्धान्तिक परीक्षामा कम्तीमा डी ग्रेड प्राप्त गरेका परीक्षार्थीले नतिजा प्रकाशन भएको मितिले सात…
बिर्तामोड ।। झापाको बिर्तामोड-३ मा सञ्चालित लिङ्कन मन्टेश्वरी स्कुलले बडादशैंको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कोशी प्रदेशका खानेपानी सिंचाई तथा ऊर्जामन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यमा आज विद्यालयमा बालबालिकासँग शुभकामना आदान-प्रदान गरिएको हो । कार्यक्रममा मन्त्री कार्कीले विद्यालयमा अध्ययनरत साना-साना बालबालिकालाई टीका र जमरा लगाइदिएर आशीर्वाद दिएका थिए । मन्टेश्वरी माध्यमबाट अध्ययन हुने सो विद्यालयमा हाल ४० जना बालबालिकाहरु अध्ययनरत रहेका छन् । ६ जना शिक्षक कर्मचारी रहेको विद्यालयका सञ्चालक सरोज पौडेलले जानकारी दिए । कार्यक्रममा बिर्तामोड-१ का वडाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद पाण्डे, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेल, हिसान झापा सचिव देबेन्द्र हुमागाई, प्याब्सन बिर्तामोड…
बिर्तामोड असोज २३ ।। बिर्तामोडमा अवस्थित न्युटन्स् एजुकेसन एकेडेमीले दशैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । आज विद्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरी चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो।अभिभावक संघ एकाई अध्यक्ष नरेश भट्टराईको अध्यक्षतमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देबेन्द्र हुमागाईं, आबद्ध साकोसका व्यवस्थापक पर्वत चिमरिया, बालबालिका तथा शिक्षा सञ्चार मञ्चका संयोजक सरोज पौडेल, विद्यालयका इञ्चार्ज नोयल परेरा, अभिभावक, शिक्षक लगायतको उपस्थिति रहेको थियो । उक्त अवसरमा २०८१ को उत्कृष्ट शिक्षक मनिषा श्रेष्ठलाई १० हजार रुपैँयासहित सम्मान गरिएको थियो । सो अबसरमा बोल्दै विद्यालयका प्रधानाध्यापक हुमागाईंले विद्यालयप्रति जिम्मेबार र लगनशिल भएर काम गर्न आग्रह गरेका थिए…