(more…)
बुद्धशान्ति, ११ माघ । दोस्रो संस्करणको बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर नगरपालिका र दमक नगरपालिका खेल्दै छन् । त्यसैगरी भोलि बिर्तामोड नगरपालिकाले कमल गाउँपालिकाको सामना गर्नेछ भने सोही दिन कनकाई नगरपालिकाले बाह्रदशी गाउँपालिकाविरुद्ध खेल्नेछ । त्यस्तै, माघ १३ गते शिवसताक्षी नगरपालिका र झापा गाउँपालिका तथा मेचीनगर नगरपालिका र हल्दिबारी गाउँपालिका भिड्ने छन् । माघ १४ गते बुद्धशान्ति गाउँपालिकाले गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकाले कचनकवल गाउँपालिकाको सामना गर्नेछन् । अर्जुनधारा नगरपालिकाले बाइ पाएको छ । खेल बुद्धशान्ति-३ स्थित पेट्रोल पम्पछेउको खुला मैदानमा हुनेछ भने प्रतियोगितामा झापाका १५ वटै पालिका सहभागी रहेको बर्खा प्रतिष्ठानका…
बिर्तामोड ।। झापाको बिर्तामोडमा गायत्री माताको मन्दिर निर्माण भएको छ । बिर्तामोड – ५ स्थित अग्रसेन भवन नजिकै स्थानीय दाता परिवारहरु, बिर्तामोड नगरपालिका र प्रदेश सरकारको अढाई करोड रुपैयाँको लागतमा गायत्री माताको मन्दिर निर्माण गरिएको हो । मन्दिर निर्माण सम्पन्न भए संगै बिर्तामोड नगरपालिकामा नै पहिलो पटक गायत्री माताको पाँच दिवसीय अनुष्ठानका साथ प्राण प्रतिष्ठा गर्न लागिएको पत्रकार भेटघाटको क्रममा बताइयो। आगामी माघ २१ गते विधि पूर्बक प्राण प्रतिष्ठा गरिने कार्यक्रम संयोजक रौनक वंशलले जानकारी दिनुभयो । माताको प्राण प्रतिष्ठा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्ने कार्यक्रम तय भएको कार्यक्रम संयोजक वंशलको भनाई छ । प्राण प्रतिष्ठानको पूर्वसन्ध्यामा…
एजेन्सी ।। टर्कीको एक १२ तले स्की रिसोर्ट होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन्। बोलु प्रान्तको कार्तलकायामा रहेको अवस्थित ग्राण्ड कार्तल होटलको चौथो तलामा रहेको रेष्टुरेन्टबाट आगो सल्किएको थियो। आगलागीबाट होटल धुँवैधुँवाले भरिएको थियो। धुवाँका कारण होटलभित्रै पनि बाहिर निस्किने बाटो पहिल्याउन कठिन भएको थियो। स्थानीय मिडियाहरुका अनुसार आगो लाग्दा पनि चेतावनीको साइरन बजेको थिएन। त्यतिबेला होटलमा २३४ जना उपस्थित रहेका थिए। आगलागीपछि आत्तिएर होटलबाट हामफालेका मध्ये दुई जनाको मृत्यु भएको थियो। अन्यको मृत्यु धुँवामा निसास्सिएर भएको जनाईएको छ। टर्कीका गृहमन्त्री अलि येरलिकायाले घटनास्थलको निरीक्षणपछि ७६ जनाको मृत्यु र कम्तिमा…
झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय व्यापार महोत्सव शुरु भएको छ । नेपाल र छिमेकी मुलुकहरु भारत, वंगलादेश, पाकिस्तान सहितका बस्तु र सेवाहरुको अवलोकन र बिक्री बितरणका लागि महोत्सव आयोजना गरिएको बिर्तामोड उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्नुभएको हो। उद्घाटन सत्रलाई सम्बोधन गर्दै कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक समृद्धिका लागि उद्योग र पर्यटनमा जोड दिनुपर्ने बताउनुभयो । सरकारको नीति र योजनापनि औद्योगिक र पर्यटन क्षेत्रको पर्वद्धनमा नै लक्षित रहेको उहाँको भनाई थियो । अन्तर्देशीय राजमार्ग एसियन हाइवेको निर्माणपछि सिङ्गो नेपालले पर्यटन क्षेत्रको विकास गर्ने सम्भाव्यता उहाँले औल्याउनुभयो । व्यापार प्रर्वद्धन र…
झापा बुद्धशान्ति गाउँपालिका–७ का ८० बर्ष माथिका ५५ जना ज्येष्ठ नागरिकलाई जाडोको न्यानो कपडा वितरण गरिएको छ । जाडोको समयमा ज्येष्ठ नागरिकलाई स्वास्थ्यमा कुनै समस्या नहोस् भन्ने उद्धेश्यले कम्बल बितरण गरिएको हो । जसमा ८० बर्ष मुनिका केही विपन्न, एकल र दलित परिवारका ज्येष्ठ नागरिक पनि रहेका छन । बुद्धशान्ति–७ वडा कार्यालयले आर्थिक बर्ष २०८१/०८२ का लागि बिनियोजित बजेट ५० हजार रुपैंयाबाट कम्बल खरिद गरि सोमबार एक कार्यक्रमको आयोजना गरि बितरण गरिएको हो । वडाध्यक्ष चन्द्र भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा सदस्य खगेन्द्र गड्तौला, डिकुरा घिमिरे, शष्ट कुमार रार्इ, राष्ट्रिय बिजय माबि।का विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिपेन लावती, पूर्व…
तेह्रथुमको म्याङ्लुङ –१ मा सकेट बम फेला परेको छ । हिजो दिउँसो ३ बजेतिर म्याङ्लुङ –१ स्थित नेपाल टेलिकम कार्यालयपछाडि सोही ठाउँ बस्ने चन्दप्रसाद जोशीले आफ्नै जग्गामा सरसफाई गर्ने क्रममा सकेटबम फेला परेको हो । नेपाली सेनाको बम डिस्पोजल टिम खटिएर डिस्पोज गर्दा बम डिस्पोज नभएपछि आज पुनः डिस्पोज गर्ने तयारी भएको प्रहरीले जनाएको छ ।
झापाको बुद्धशान्तिमा यहि माघ ११ गते देखि हुन लागेको दोस्रो संस्करणको बर्खा स्मृति अन्तरपालिका पुरुष क्रिकेट प्रतियोगिताका लागि बुद्धशान्ति गाउँपालिकाको खेलाडी छनोट गरिएको छ । आज खेल मैदान स्थलमा भएको छनोट खेलमा १५ जना खेलाडी छानिएको खेलकुद बिकास समिती बुद्धशान्तिका संयोजक पर्शुराम चेम्जोङले जानकारी दिएका छन् । अर्पण कार्किको कप्तानिमा पारस निरौला (उपकप्तान) , मन्जिल पौडेल , आदिहाङ फागो, प्रकाश खनाल,पर्शुराम पौडेल , प्रबिन कोइराला , रिजन आङ्देम्बे, टेकेन्द्र कार्की, पंकज तिम्सिना , सचिन लिम्बू, रिकेस आङदम्बे, आगल्स अधिकारि, असिम रिजाल, कौशल ढकाल छानिएको मुख्य प्रशिक्षक गोकुल पौडेलले जानकारी दिए । त्यसैगरी वैकल्पिकमा साजन गदाईली, प्रीन्स गुप्ता र आदर्श…
बिर्तामाेड । काेशी प्रदेशका पूर्व मुख्यमन्त्री माननीय उद्धव थापामाथि आक्रमण भएकाे छ । उहाँकाे देब्रे आँखाकाे माथिल्लाे भागमा चाेट लागेकाे छ । हाल बिर्ता सीटी हस्पिटल बिर्तामाेडमा उपचार भइरहेकाे छ । नेपाली काङ्ग्रेस काेशीका सभापति तथा संसदीय दलका नेता थापा माथि झापाकाे कनकाईस्थित जामुनबारी चाेकमा आज साँझ आक्रमण भएकाे हाे । आक्रमणमा संलग्न विद्युत प्राधिकरणका चालकसहित दुई जनालाई प्रहरीेले नियन्त्रणमा लिएकाे छ । भीआईपी सवार गाडीलाई साइड नदिनु र भीआईपी भनेर चिनेपछि आक्रमण भएकाे बताइएकाे छ । थापाले आफ्नाे ज्यानकाे कुनै प्रवाह नभए पनि नागिरककाे ज्यानकाे सुरक्षामा गम्भीर हुन सरकारकाे ध्यानाकर्षण गराएका छन् । याे घटनाले जिल्लाकाे शान्ति सुरक्षा…
तेल अभिभ – इजरायली क्याबिनेट गाजामा युद्ध विराम गर्ने प्रस्ताव पारित गरेको छ। शुक्रबार साँझ उपस्थित ३३ क्याबिनेटका सदस्यले शनिबार बिहान सो प्रस्ताव पारित गरेका हुन्। यसअघि शुक्रबार नै सेक्युरिटी क्याबिनेटमा प्रस्ताव स्वीकृत भएर पूर्ण क्याबिनेटमा पुगेको थियो। बुधबार ड्राफ्ट भइसकेको सो युद्ध विराम आइतबारदेखि लागू हुनेछ। सुरुवातमा इजिप्टको सीमामा रहेका खाद्यान्नका ट्रक प्यालेस्टाइन प्रवेश गर्ने अनुमान गरिएको छ। युद्ध विरामको घोषणा भइसकेपछि पनि इजरायली आक्रमणमा सय जना भन्दा बढीको ज्यान गइसकेको छ। एकै सातामा सबै भन्दा धेरै जनाको ज्यान गएको युद्ध सुरु भएपछि यो पहिलो पटक हो। बुधबार युद्ध विराम भएपछि प्यालेस्टाइनी अथोरोटीका राष्ट्रपति मोहम्मद अब्बासले पहिलो पटक सञ्चार…