बिर्तामोड कार्तिक १५ ।। कही दिन देखि हराइरहेका शिवसताक्षी नगरपालिका–१० सन्थाल बस्तीका सरोज शर्माको शब हत्या गरी गाडेको अवस्थामा फेला परेको छ । ३२ वर्षीय शर्मा ७ दिनअघि गाडी सहित बेपत्ता भएका थिए । उनको शब हुलाकी राजमार्गमा पर्ने बारादशी गाउँपालिका र झापा गाउँपालिका बीच पर्ने बिरिङ खोलाको पुल मुनी गाडिएको अवस्थामा भेटिएको छ । उनले चलाउंदै आएको गाडि दुई दिन अघि झापाको मेचीनगर–१३ चारआली भद्रपुर रोड नजिकको हातेमालो सामुदायिक वनभित्र आगजनी गरिएको अवस्थामा फेला परेको थियो । उनका परिवारका अनुसार गत आइतबारदेखि शाह र गाडी दुबै सम्पर्कविहीन थिए। उक्त गाडीको अल्फाबेट नखुले पनि शाहले चढ्दै आएको गाडी नम्बर…
झापा असोज ६ ।। इलामको साँखेजुङमा एक व्यक्तिले श्रीमतीलाई घाइते बनाई आफूले झुन्डिएर आत्महत्या गरेका छन्। इलाम नगरपालिका वडा नं.१ साखेजुङ बस्ने ४५ वर्षीय प्रकाशचन्द्र राईले आफ्नै श्रीमती ४० वर्षीया टिका मुखिया (राई) लाई खुकुरी प्रहार गरि घाइते बनाई आफूले आत्महत्या गरेका हुन् । आज बिहान १० बजे राईले श्रीमती टिकालाई बाँया हात र टाउकोमा खुकुरी प्रहार गरि घाइते बनाएका थिए । घटनाबारे छिमेकीले प्रहरी चौकी रक्सेमा जानकारी गराएका थिए । प्रहरी टोली खटिएर घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल इलामतर्फ पठाएको थियो । बोल्न नसक्ने उनको अवस्था गम्भीर रहेको छ । खुकुरी प्रहार गर्ने प्रकाशचन्द्रलाई खोजतलास गर्ने क्रममा सोही…
झापा भदौ ८ ।। रौतहटको गौरमा सुटकेश भित्र एक महिलाको शव फेला परेको छ । गौर नगरपालिकाको वडा नं. ९ मुडवलवा गेट नजिकै सडक किनारमा सुटकेश भित्र महिलाको शव भेटिएको हो । शनिबार राति बेवारिसे अवस्थामा सडक किनारमा डोरीले बाँधिएको सुटकेस फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्की सहितको टोलीले आज बिहान सो सुटकेस खोलेर हेर्दा अन्दाजी ३० वर्षीया एक महिलाको शव भेटिएको हो । सुटकेसभित्र कोचेर राखेको अवस्थामा शव फेला परेको डीएसपी कार्कीले बताए । महिलाको पहिचान खुलेको छैन । प्रहरीले मुचुल्कापछि शवलाई प्रादेशिक अस्पताल गौरमा पठाएको छ । घटनाका बारेमा…
झापा साउन १ ।। इलामको सूर्याेदय नगरपालिका–१, भालुखोपमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । स्थानीय काजी तामाङको घरमा गएराति माइजोगमाई २, तारसिंह गाउँ बस्ने २१ वर्षीय प्रकाश चापागाईंको धारिलो हतियार प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ । ३२ वर्षीय निरोज चापागाईं गम्भीर घाइते छन् । प्रकाशलाई लिइ निरोज ससुरालीघर गएका बेला सूर्याेदय १, शिरिसेका ३३ वर्षे किरण शेर्पासँग झगडा परेको थियो । त्यसैक्रममा शेर्पाले प्रकाशमाथि धारिलो हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पेटमा धारिलो हतियार प्रहारबाट निरोज गम्भीर घाइते छन् । घाइते…
झापा वैशाख २८ ।। झापाको कन्काई नगरपालिकामा श्रीमानले आफ्नो श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन्। हिजो वैशाख २७ गते शनिबार बेलुकी कन्काई नगरपालिका वडा नं. २ सुकेडागी बस्ने ३५ वर्षका कविराज हेमरनले आफ्नो श्रीमती ३४ वर्षकी पुजा हेमरन लाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। घरैमा झै-झगडा गरी श्रीमती लाई धारीलो हतियार खुकरीले घाटिमा प्रहार गरि मारेको अवस्थामा पूजाको सब फेला परेको थियो। श्रीमतीको हत्यापछि फरार रहेका कविराजलाई प्रहरीले खोजतलासको क्रममा सुरुङ्गा बजारको सडकबाट नियन्त्रणमा लिएको बताइएको छ। मृत पूजाको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको प्रहरीले बताएको छ। घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको…
झापा ।। १५ दिन अघिदेखि हराइरहेकी इलाम फाकफोकथुम ३ सल्लेरी बस्ने १९ वर्षीया बिमला कट्टेललाई हत्या गरी गाडेको अबस्थामा शव फेला परेको छ । हत्या गरेको आशंकामा उनका श्रीमान २५ वर्षीय उमेश गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत चैत १ गतेदेखि बिमला हराएको सम्बन्धमा ससुरा कृष्णलाल गिरीले खोजतलासको लागि निबेदन दिएका थिए । अनुसन्धानको क्रममा बिमलालाई हत्या गरी फाकफोकथुम वडा नं.२ धार्ने खोपस्थित दाहाल गोलाईमा गाडिएको अवस्थामा शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी निरीक्षक रमेश राई नेतृत्वको टोलीले आज बिहान १ बजे गाडिएको ठाउँ फेला पारी शव उत्खनन् कार्य भइरहेको इलाम प्रहरीले जनाएको…
बिर्तामोड चैत्र १२ ।। झापाको कनकाईमा आज एकाबिहानै श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेर आफूले पनि आत्महत्याको प्रयास गरेका छन्। उनी घाँटी काटिएर बेहोश अवस्थामा भेटिएका छन् । कनकाई-५ नारायणदल चोकमा डेरामा बस्दै आएका दम्पत्तीमध्ये पत्नीको वीभत्स हत्या भएको र पतिको घाँटी आधा काटिएको अवस्थामा भेटिएको वडा अध्यक्ष कृष्णबहादुर राईले बताए । पति अन्दाजी ४२ वर्षीय लालबहादुर मंग्रातीले मादक पदार्थको जोशमा आफूले आफ्नी पत्नी अन्दाजी ४० वर्षीया मनिषा मंग्रातीको हतियार प्रहार गरी हत्या गरेको स्वीकारेको प्रहरीसमक्ष बताएका छन् । उनले आज बिहान ०४ः३८ बजे स्थानीयबासीलाई खबर गरेर आफूले पत्नीको हत्या गरेको जानकारी दिएको…
अर्जुनधारा । अवैधानिक काठसहित झापाको एक सामुदायिक वनको ट्रयाक्टर नियन्त्रणमा लिइएको छ। अर्जुनधारा नगरपालिका वडा नम्बर २ स्थित शान्ति सामुदायिक वनको ट्रयाक्टरलाई युवाहरूको समूहले नियन्त्रणमा लिएर सम्बन्धित निकायको जिम्मा लगाएको हो। सामुदायिक वनको जङ्गल क्षेत्र ब्लक नम्बर ३ र ४ अन्तर्गत रहेको ठूलो गुन्द्रुके खोल्सीमा सालको मुढा लोड गरेको अवस्थामा सामुदायिक वनकै मे १ त ६११ नम्बरको ट्रयाक्टरलाई राष्ट्रिय युवासघ नेपाल अर्जुनधाराको टोलीले नियन्त्रणमा लिएर प्रहरी र कन्काई सबडिभिजन वन कार्यालय सुरुङ्गाको जिम्मा लगाएको हो। कटान आदेश समेत नलिएको अवस्थामा रूख ढाली ढुवानी गरिरहेको भन्ने सूचनाको आधारमा उक्त ट्याक्टरलाई नियन्त्रणमा लिएर सम्बन्धित निकायको जिम्मा लगाइएको युवासघ नेपाल अर्जुनधाराका अध्यक्ष…
झापा चैत्र ।। काठमाडौँबाट आज बिहान प्रहरीले २५ करोड रुपैयाँ सहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा रहेको प्रहरीले जनाएको छ यसअघि उनी सुन तस्करीमा पाँच वर्ष जेल बसेर छुटेका थिए फल्स बटम बनाएर रकम लुकाइएको ट्रकसहित प्रहरीले सिन्धुपाल्चोकका कुसान लामालाई पक्राउ गरेको हो । उनलाई आज बिहान प्रहरीले काठमाडौंको झोर क्षेत्रबाट पक्राउ गरेको थियो ।प्रहरीका अनुसार उनी यसअघि सुन तस्करी प्रकरणमा समेत समातिएका थिए । उनी ७ किलो सुन सहित कलंकीबाट समातिएर २०७८ मा छुटेका थिए । उनलाई रसुवाबाट गल्छी हुँदै काठमाडौं आइरहेको बा ८ च ७४२० नम्बरको हाइलक्स गाडीबाट ७ किलो…
झापा चैत ५ ।। भोजपुरमा सामान्य विवादमा कुटपिट हुँदा एकजनाको मृत्यु भएको छ । फागुन २७ गते बिहान १० बजे भोजपुर टेम्केमैयुङ २ छिनामखु बस्ने ६१ वर्षीय देशकुमार राई र सोही ठाउँ बस्ने ७४ वर्षीय प्रेमकुमार राईविच सामान्य विवाद हुँदा देशकुमारले प्रेमकुमारलाई सिमलीको लठ्ठीले हानेका थिए । घाइते प्रेमकुमारको हिजो साँझ ५ बजे आफ्नै घरमा मृत्यु भएको हो । कुटपिट गर्ने देशकुमारलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय भोजपुरमा राखिएको छ । त्यस्तै मोरङमा आफ्नै बाबुलाई छोराले चक्कु प्रहार गरेका छन् । हिजो दिउँसो ३.५५ बजे मोरङ रंगेली ७ तित्री टोल बस्ने ६१वर्षीय चन्देश्वर चौधरीलाई उनकै छोरा ३५ वर्षीय अशोक…