साझा अक्षर

ताप्लेजुङबाट झापा आउँदै गरेको बोलेरो दुर्घटना, ५ जना घाइते…

इलाम। । ताप्लेजुङबाट झापातर्फ आउँदै गरेको बोलेरो ब्रेकफेल भई इलाममा दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। आज साँझ मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका १ रक्से नजिकै मे १ ज २६ ४५ नं. को बोलेरो अचानक ब्रेकफेल भई सडकबाट अन्दाजी १५ मिटर तल खसेर दुर्घटना भएको हो ।

बोलेरोमा सवारमध्ये पाँचजना घाइते भएका छन्। घाइते हुनेहरूमा ताप्लेजुङ फुङ्लिङ –१० बस्ने ३९ वर्षीय मंगलबिर लिम्बू (दाहिने हातमा चोट, अवस्था बोल्न सक्ने सामान्य रहेको ), ताप्लेजुङ मिक्वा खोला –१ बस्ने अन्दाजी ४१ वर्षीया कमला लिम्बू ( कम्मरमा चोट, अवस्था बोल्न सक्ने सामान्य रहेको ) त्यसैगरी फुङ्लिङ– १० बस्ने अन्दाजी ६२ वर्षीया दुर्गामाया लिम्बू (टाउकोमा चोट, अवस्था बोल्न सक्ने सामान्य रहेको छ।

त्यस्तै गरेर झापा अर्जुनधारा –७ बस्ने १७ वर्षीया समीक्षा खड्का, पाँचथर कुम्मायक – ५ बस्ने अन्दाजी ३० वर्षीया इन्दिरा लिङ्दम लिम्बू रहेको र अवस्था सामान्य रहेको जनाइएको छ।

घाइतेहरूलाई उपचारको लागि जिल्ला अस्पताल इलाम पठाइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी निरीक्षक संजीव बोगटीले बताए । दुर्घटना भएको भन्ने खबर अस्थायी प्रहरी बिट नेपालटारमा प्राप्त हुनसाथ ३ जना प्रहरी टोली खटिएको र बोलेरो चालक पाँचथर फिदिम नगरपालिका वडा नं. ५ बस्ने अन्दाजी ३८ वर्षीय बिक्रम नेम्बाङलाई अस्थायी प्रहरी बिट नेपालटारले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बोगटीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

चारआली, झापा । आयोजक चाराली युथ क्लब  जारी प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। ...
प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

  चारआली, झापा । झापाको मेचीनगर–१३ चारआलीस्थित हातेमालो सामुदायिक वनको खेलमैदानमा जारी प्रथम चारआली गोल्डकप फुटबल प्रतियोग...
बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

  बिर्तामोड जेठ १८।।   झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भ...
जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगीडाँडा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मिक्लाजुङ ३ आरुबटेले जितेको छ। फाइनलमा आयो...