साझा अक्षर

न्युटन्समा नव आगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न

 

बिर्तामोड ।।  न्युटन्स एजुकेशन एकेडेमी बिर्तामोड  झापाले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ ।

विद्यालय अभिभावक संघका अध्यक्ष नरेश भट्टराईको अध्यक्षता र बिर्तामोड नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष किशोर कुमार पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

त्रिदेव बहुमुखी क्याम्पस चारआलीका व्यवस्थापन समितिका अध्यक्ष हरि घिमिरे, नारी सञ्चार गृह झापाका अध्यक्ष स्वस्तिका आचार्यलगायतले नवआगन्तुक विद्यार्थीलाई शैक्षिक सफलताको शुभकामना दिएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईंले विद्यार्थी तथा अभिभावकलाई शिक्षाप्रति जिम्मेवार बन्न आग्रह गरेका थिए ।

नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा १५० जना विद्यार्थी भर्ना भएका छन् स्वागत कार्यक्रमलाई अझ सुन्दर बनाउन साङ्गीतिक कार्यक्रम समेत गरिएको थियो।कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले नवआगन्तुक विद्यार्थीहरूलाई नृत्य तथा गीत प्रस्तुत गर्दै स्वागत गरेका थिए ।

विद्यालयका प्लस टु को-अर्डीनेटर केवल सापकोटाले स्वागत मन्तव्यसहित विद्यार्थीले पालना गर्ने नियम र विद्यालयको आचारसंहिताको बारेमा जानकारी गराएको कार्यक्रमको सञ्चालन शिक्षिका पवित्रा पौडेलले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

  चारआली, झापा । झापाको मेचीनगर–१३ चारआलीस्थित हातेमालो सामुदायिक वनको खेलमैदानमा जारी प्रथम चारआली गोल्डकप फुटबल प्रतियोग...
बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

  बिर्तामोड जेठ १८।।   झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भ...
जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगीडाँडा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मिक्लाजुङ ३ आरुबटेले जितेको छ। फाइनलमा आयो...
उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

  झापा  ।। प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो क्वार्टर फाइनल खेलमा उपाधि दाबेदार मानिएको शनिश्चरे फुटब...