साझा अक्षर

हरियाली सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारण सभा सम्पन्न

 

बिर्तामोड , झापा । असोज ४
श्री हरियाली सामुदायिक वन उपभोक्ता समूह, बिर्तामोड नगरपालिका–६, बुट्टाबारी झापाको वार्षिक साधारण सभा सम्पन्न भएको छ।

कार्यक्रम उपभोक्ता समूहका अध्यक्ष जगतकुमार राईको अध्यक्षता र स्थानीय समाजसेवी लोकबन्धु कन्दङबाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा विर्तामोड नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङ्वाको विशेष आतिथ्यतामा रहेको थियो ।कार्यक्रममा झापा जिल्ला वन महासङ्घका प्रतिनिधि, डिभिजन वन कार्यालय झापाका प्रमुख अधिकृत, समाजसेवी रामकुमार कन्दङबा। न्यायिक समिति संयोजक तेजबहादुर कन्दङबा लेखा समिति संयोजक विष्णुप्रसाद पोख्रेल र बिर्तामोड नगरपालिका वडा नम्बर ६ का वडाध्यक्षहरू लगायत स्थानीय विभिन्न समाजसेवी तथा बुद्धिजीवीहरुको  आतिथ्यता रहेको थियो।

साधारण सभामा आर्थिक, सामाजिक तथा भौतिक गतिविधिहरूको प्रतिवेदन प्रस्तुत गरिएको थियो। साथै आय–व्यय विवरण, लेखा परीक्षण प्रतिवेदन, आगामी वर्षका नीति तथा कार्यक्रम  प्रस्तुत गरी अनुमोदन गरिएको छ।

समूहले गत वर्ष वन संरक्षण, वृक्षारोपण, वन पैदावार व्यवस्थापन, सडक तथा सामुदायिक भवन निर्माण, सामुदायिक वनभित्र धार्मिक पर्यटकीय सिमसार क्षेत्र चराचुरुङ्गीको बासस्थान र जङ्गली जनावरलाई खानपानका निम्ति सुरक्षित पोखरी निर्माण गरिएको किरात राई यायोखा लिम्बु जातिको माङ्गिम हरियाली फुटबल मैदान निर्माण गरिएको  लगायतका गतिविधि सम्पन्न गरेको जानकारी दिइयो। आगामी वर्ष वन संरक्षणलाई थप सुदृढ गर्दै अन्य भौतिक विकासका कार्यक्रम अघि बढाइने निर्णय सभाले गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि कन्दङ्वाले सामुदायिक वन उपभोक्ता समूहहरूले वन संरक्षण मात्र नभई सामाजिक विकासमा पनि महत्वपूर्ण योगदान पुर्‍याइरहेको भन्दै आगामी दिनमा अझ सशक्त भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे।

अन्त्यमा उपभोक्ता समूहका पदाधिकारी, सल्लाहकार, समितिका सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष राइले सबै उपभोक्ताको सक्रिय सहयोग र सहभागिता बिना समूहका गतिविधि सफल नहुने उल्लेख गरे।

बिर्तामोड नगरपालिका वडा नम्बर ६ बुट्टाबारी स्थित सामुदायिक वनको सभाहलमा सम्पन्न साधारण सभालाई ……ले स्वागत गरेको कार्यक्रमकार्यालय सचिव धनसरी राईले सञ्चालन गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

  चारआली, झापा । झापाको मेचीनगर–१३ चारआलीस्थित हातेमालो सामुदायिक वनको खेलमैदानमा जारी प्रथम चारआली गोल्डकप फुटबल प्रतियोग...
बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

  बिर्तामोड जेठ १८।।   झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भ...
जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगीडाँडा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मिक्लाजुङ ३ आरुबटेले जितेको छ। फाइनलमा आयो...
उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

  झापा  ।। प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो क्वार्टर फाइनल खेलमा उपाधि दाबेदार मानिएको शनिश्चरे फुटब...