साझा अक्षर

इलाममा दुई मोटरसाइकल ठोक्किँदा चार जना घाइते

 

इलाम, १२ असोज । इलामको सूर्योदय नगरपालिका–६ हर्कटेस्थित मेचीराजमार्गमा सोमबार बिहान करिब ८ बजे दुई मोटरसाइकल आपसमा ठोक्किँदा चार जना घाइते भएका छन्।

इलामबाट झापा तर्फ जाँदै गरेको प्रदेश ०२–००७ प ८८६७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको प्रदेश १–०३–००१ प ४८५१ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ।

दुर्घटनामा इलाम रोङ गाउँपालिका–३ का २६ वर्षीय विजय तामाङ (४८५१ नम्बरका चालक) दाहिने हात र पेटमा चोट लागी प्रारम्भिक उपचारपछि थप उपचारका लागि झापाको बिर्तामोडस्थित मनमोहन अस्पताल पठाइएको छ। उनीसँगै रहेका झापा गौरदह नगरपालिका–७ का २० वर्षीय सन्दीप सिटौलाको अनुहारमा चोट लागी मनमोहन अस्पतालमै पठाइएको छ।

त्यस्तै, ८८६७ नम्बरका चालक धनुषा लक्ष्मीनिआ गाउँपालिका–२ का २२ वर्षीय दिपक यादवको दुवै खुट्टा र हातमा चोट लागी स्थानीय क्लिनिकमा उपचार भइरहेको छ। सोही मोटरसाइकलमा पछाडि सवार २४ वर्षीय सफिरुल साफीको दुवै खुट्टा, घाँटी र अनुहारमा सामान्य चोट लागी क्लिनिकमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुवै मोटरसाइकलको अगाडिको भाग क्षतिग्रस्त भएको र चालक दुवैले मापसे नगरेको इलाम प्रहरीले जनाएको छ। दुर्घटनामा परेका मोटरसाइकलहरू हर्कटे इलाम प्रहरी चौकीको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

  चारआली, झापा । झापाको मेचीनगर–१३ चारआलीस्थित हातेमालो सामुदायिक वनको खेलमैदानमा जारी प्रथम चारआली गोल्डकप फुटबल प्रतियोग...
बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

  बिर्तामोड जेठ १८।।   झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भ...
जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगीडाँडा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मिक्लाजुङ ३ आरुबटेले जितेको छ। फाइनलमा आयो...
उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

  झापा  ।। प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो क्वार्टर फाइनल खेलमा उपाधि दाबेदार मानिएको शनिश्चरे फुटब...