साझा अक्षर

बिर्तामोड युनाइटेड च्यालेन्ज कप भोलिदेखि, तयारी पूरा

 

बिर्तामोड, झापा, जेठ २२ ।। झापाको बिर्तामोडमा आयोजना हुने दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८३ को सम्पूर्ण तयारी पूरा भएको आयोजक बिर्तामोड युनाइटेड फुटबल क्लबले जनाएको छ।
बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशाला मा जेठ २४ गतेदेखि सञ्चालन हुने प्रतियोगिताको सबै प्राविधिक तथा व्यवस्थापकीय तयारी सम्पन्न भइसकेको क्लबले जानकारी दिएको हो। प्रतियोगिताको उद्घाटन खेल भोलि दिउँसो २ बजे सुरु हुनेछ।
झापा र मोरङ जिल्लाका चर्चित क्लबहरूको सहभागिता रहने प्रतियोगितामा कुल आठ टोली मैदानमा उत्रनेछन्। सार्वजनिक खेल तालिकाअनुसार उद्घाटन खेलमा न्यु स्टार क्लब खोपबाडी र उर्लाबारी एफ.सी. बीच प्रतिस्पर्धा हुनेछ। त्यसपछि जेठ २५ गते सनिश्चरे एफ.सी. र कनकाई स्पोर्टिङ क्लब, जेठ २६ गते बगान युथ क्लब र बेलबारी एफ.सी., तथा जेठ २७ गते आयोजक बिर्तामोड युनाइटेड र चन्द्रगढी युथ क्लब बीच खेल हुने तालिका रहेको छ।
प्रतियोगिताका सेमिफाइनल खेलहरू जेठ २८ र २९ गते सञ्चालन हुनेछन् भने फाइनल खेल जेठ ३१ गते हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्नेछ। त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता लगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई समेत ट्रफी र नगद पुरस्कार प्रदान गरिनेछ।

फुटबल विकास तथा स्थानीय प्रतिभाको प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको बिर्तामोड युनाइटेड च्यालेन्ज कपले झापामा फेरि फुटबलको रौनकता बढाउनेछ । आयोजक बिर्तामोड युनाइटेड फुटबल क्लबले झापा, मोरङ लगायत पूर्वी नेपालका विभिन्न प्रतियोगितामा उल्लेखनीय प्रदर्शन उपाधि समेत जित्दै आएको छ भने भारतका विभिन्न क्षेत्रमा हुने प्रतियोगिताहरूमा समेत आफ्नो उपस्थिति मजबुत बनाउँदै आफूलाई अबल फुटबल टिम प्रमाणित गरिरहेको  छ।

प्रतियोगितालाई बिर्तामोड नगरपालिका, बिर्तामोड नगरपालिकाका विभिन्न वडाहरू र विभिन्न व्यवसायिक संस्था तथा साझेदार संस्थाहरूले सहयोग गरेका छन्। खेलको प्रत्यक्ष प्रसारण Game of Nepal मार्फत हुने  छ।
आयोजकले फुटबलप्रेमी दर्शकलाई रंगशालामा उपस्थित भई खेलाडीहरूको हौसला बढाउन आग्रह गर्दै प्रतियोगितालाई भव्य र सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड च्यालेन्ज कप भोलिदेखि, तयारी पूरा

बिर्तामोड युनाइटेड च्यालेन्ज कप भोलिदेखि, तयारी पूरा

  बिर्तामोड, झापा, जेठ २२ ।। झापाको बिर्तामोडमा आयोजना हुने दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियो...
ट्राइब्रेकरमा उर्लाबारीलाई हराउँदै बगान युथ क्लब चारआली गोल्डकपको फाइनलमा

ट्राइब्रेकरमा उर्लाबारीलाई हराउँदै बगान युथ क्लब चारआली गोल्डकपको फाइनलमा

  झापाको मेचीनगर–१३ चारआलीमा जारी प्रथम चाराली गोल्ड कप फुटबल प्रतियोगितामा जित निकाल्दै बगान युथ क्लब झापा फाइनल प्रवेश ग...
आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

चारआली, झापा । आयोजक चाराली युथ क्लब  जारी प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। ...
प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

  चारआली, झापा । झापाको मेचीनगर–१३ चारआलीस्थित हातेमालो सामुदायिक वनको खेलमैदानमा जारी प्रथम चारआली गोल्डकप फुटबल प्रतियोग...