साझा अक्षर

प्रेमिकाले धोका दिएको भन्दै प्रेमीले गरे आत्महत्या

 

झापा असार ९॥  प्रेमिकाले धोका दिएको भन्दै धनकुटा जिल्ला अस्पतालमा कार्यरत कर्मचारी अर्जुन मेहताले  आत्महत्या गरेका छन ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी युवतीले धोका दिएको भन्दै फेसबुकमा विरक्त पोखिरहेका उनले आफैंलाई समाप्त गरेपछि परिवारमा बज्रपात भएको छ ।

उनले तनावमा आएपछि पहिलो स्टाटस लेख्दै बिहेबारे पनि खुलाएका छन् । ‘म यसको टर्चरका कारण सकिन बस्न, मेरो र सुशीलाको बिहे सुशीलाकै परिवार मिलेर गोप्य रुपमा गराएको हो । बिहे गराएको केही दिनपछि सुशीला र यसको परिवार मिलेर बार्गेनिङ सुरु भयो । जुन बिहेको‌ खर्च देऊ भनेर दबाब दिए । गाउँ समाजको परम्परा अनुसार बिहे गर्ने नत्र, जोर जबरजस्ती हुन्छ, मुद्दा गर्छौँ भनियो । त्यसपछि मुद्दा पनि चलाए । साइबर क्राइममा मुद्दा पनि गरे । त्यसले पनि चित्त बुझेनन। सधैँ तनाव दिन थालियो । अब मैले सकिनँ, यस्तो तनावमा बाँच्न। म आफूले आफैँलाई धेरै सम्हाल्न चाहेँ तर अब सकिनँ’, उनले भनेका छन् ।

त्यसपछि दोस्रो स्टाटसमा उनले आफूसँग प्रेमसम्बन्धमा रहेकी युवतीका तस्बिरसमेत फेसबुकमा राखेका छन् । त्यस्तै उनले अर्को स्टाटसमा पनि विरक्त लाग्दो कुरा गरेका छन् । ‘ल राम्रो सँग बस्नु, तिम्रो लागि सारा संसार छोडेर जाँदै छु’, उनले प्रेमिकातिर लक्षित गर्दै भनेका छन् ।

जसमा उनले लेखेका छन्, ‘यो संसारमा सायद म बसेको तिमी र तिम्रो परिवारलाई राम्रो लागेन, जुन तिमीले मसँग लभ गरेको नाटक गर्‍यौ । तिम्रो परिवारले तिम्रो र मेरो बिहे गरेको नाटक गर्‍यो । बार्गेनिङ गरेर आज मलाई सदाका लागि खत्तम गरेरै छोड्यो’, उनले आइतबार बिहान फेसबुकमा लेखेका छन् ।

प्रेमिकाको फोटोसहित स्टाटस लेखेका उनले त्यसपछि आइतबार बिहानै अर्को स्टाटस लेखेपछि आफूलाई पनि समाप्त गरेका उनका साथी पवन मेहताले बताएका छन् ।

सरी आमाबुवा म आफ्नो तनाव सहन सकिनँ, न ततपाईंहरूलाई भन्न सकेँ । म आफूले आफैंलाई धेरै सम्हाल्न चाहेँ । तर अब सकिनँ, सरी सरी’, उनले फेसबुकमा लेखेको अन्तिम स्टाटस हो यो ।

अर्जुन सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ६ निवासी हुन् । उनी पछिल्लो समय जिल्ला अस्पताल धनकुटामा कार्यरत थिए । ती तीन स्टाटस लेखेको केही समयपछि उनले आत्महत्या गरेका हुन् । उनको यो अप्रिय कदमले वृद्धा आमा मुर्छित भएकी छन्, गाउँमा पनि रुवाबासी चलेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

  चारआली, झापा । झापाको मेचीनगर–१३ चारआलीस्थित हातेमालो सामुदायिक वनको खेलमैदानमा जारी प्रथम चारआली गोल्डकप फुटबल प्रतियोग...
बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

  बिर्तामोड जेठ १८।।   झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भ...
जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगीडाँडा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मिक्लाजुङ ३ आरुबटेले जितेको छ। फाइनलमा आयो...
उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

  झापा  ।। प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो क्वार्टर फाइनल खेलमा उपाधि दाबेदार मानिएको शनिश्चरे फुटब...