साझा अक्षर

दुर्घटना

भूकम्पमा परी चीनमा हालसम्म ३६ जनाको मृत्यु

भूकम्पमा परी चीनमा हालसम्म ३६ जनाको मृत्यु

  एजेन्सी ।।  चीनको तिब्बतमा आज बिहान गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३६ जनाको मृत्यु भएको छ। तिब्बतको द्रिगी आसपास केन्द्रबिन्दू भएर गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको र हालसम्म ३६ जनाले ज्यान गुमाएको चिनियाँ सञ्चारमाध्यम सिजीटीएनले जनाएको छ। नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको धक्का मापन गरिएको जानकारी गराएको छ। भूकम्पको धक्का नेपाल भारत भुटान  लगायतका  देशहरुमा  समेत महसुस गरिएको थियो। नेपालमा हालसम्म क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।
Read More
भारतीय गाडीको ठक्करबाट घाइते थापाको उपचारको क्रममा मृत्यु

भारतीय गाडीको ठक्करबाट घाइते थापाको उपचारको क्रममा मृत्यु

  झापा पुस २१ ।। झापाको काँकरभिट्टामा भारतीय गाडीले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु भएको छ । हिजो साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भारतीय नम्बरको स्करपियो गाडीले ठक्कर दिँदा मेचीनगर-६ साठ्ठीबिघा बस्ने ६५ वर्षीया माला थापालाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्।   भारतको पानिट्याङ्कीतर्फ जाँदै गरेको डब्ल्युबी ७४ बिएन ६८८५ नम्बरको गाडीले थापालाई सडक काट्ने क्रममा ठक्कर दिएको प्रहरीले जनाएको छ ।     थापाको उपचारको क्रममा राति साढे १० बजे बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घाइतेको टाउको र बायाँ हातको औँलामा चोट लागेको थियो । थापाका पति तत्कालीन गाउँ पञ्चायतका अध्यक्ष लक्ष्मण…
Read More
इलामको  मामाङ्सेबुङमा ट्रकमा च्यापिएर चालकको मृत्यु

इलामको  मामाङ्सेबुङमा ट्रकमा च्यापिएर चालकको मृत्यु

  इलामको  मामाङ्सेबुङमा ट्रकमा च्यापिएर चालकको मृत्यु भएको छ । इलामको माङ्सेबुङ गाउँपालिका ३ सल्लेरीमा भएको घटनामा ट्रक चालक पाँचथरको हिलिहाङ गाउँपालिका ७ भारापा बस्ने ३८ वर्षीय कुमार तामाङको मृत्यु भएको हो । काठ बोकेको ना ३ ख ६०३७ नम्बरको ट्रक रवि–दमक सडकखण्डमा बिग्रिएपछि चालक तामाङले मर्मत गर्दै थिए । ‘चक्काको नटबोल्ट भाँचिएपछि जग उठाएर मर्मत गर्दै थिए । त्यही बेला जग भासिएर उनी च्यापिए’ जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले भने । उनको आज बिहान ५ बजे मृत्यु भएको डिएसपी राईले जानकारी दिए ।
Read More
अनियन्त्रित बसले अन्य सवारी साधनलाई ठक्कर दिँदा ५ जना घाइते।

अनियन्त्रित बसले अन्य सवारी साधनलाई ठक्कर दिँदा ५ जना घाइते।

  झापा मंसिर २९।।    यात्रुवाहक बसले नियन्त्रण गुमाउँदा झापाको कमल गाउँपालिका स्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना भएको छ। यात्रुवाहक बसले तीनवटा सवारीसाधनलाई ठक्कर दिँदा पाँच जना घाइते भएका छन् । आज बिहान अन्दाजी ११ः२७ बजे कमल गाउँपालिका-५ ज्योति चोकस्थित पूर्वपश्चिम राजमार्गमा दमकबाट केर्खातर्फ आउँदै गरेको प्रदेश न.१–०२–००१ख ९७०६ नम्बरको यात्रुवाहक बसले सोही दिशातर्फ आउँदै गरेको प्रदेश न. १–०१–००२ च. ८४० नम्बरको कारलाई पछाडिबाट ठक्कर दिँदा उक्त कार बाटोदेखि तल झरेको थियो । सोही बसले बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको डब्लुबी ७४ एएक्स २८२९ नम्बरको कार र सोही दिशातर्फबाट जाँदै गरेको प्रदेश न.१–०१–०२ह.९०१ नम्बरको सिटी सफारीलाई समेत ठक्कर दिएर पल्टिएको हो । दुर्घटनामा…
Read More
रौतहटमा स्कर्पियो दुर्घटना ८ जनाको मृत्यु।

रौतहटमा स्कर्पियो दुर्घटना ८ जनाको मृत्यु।

  रौतहट मङ्सिर २५।।   रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा सडक खण्डमा मंगलबार बिहान स्कर्पियो दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ। प्रहरीले मृतकका आफन्त मार्फत दुर्घटनामा मृत्यु हुनेहरूको सनाखत गरेको छ।  दुर्घटनामा चालकको पनि मृत्यु भएको छ। चन्द्रपुर–४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सारपुल नजिक जंगलमा बाराको गढीमाई दर्शन गरेर सिराहा फर्कँदै गरेका दर्शनार्थी बोकेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो अनियन्त्रित भई सडकबाट तल दाहिने साइडको रुखमा ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनामा परी सिराहा अर्नामा गाउँपालिका–३ बंठियाटोलका ६० वर्षीया लरुवती देवी महरा, ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगीं देवी महरा, ६२ वर्षीया फुलमन्ति देवी…
Read More
इलाममा रुखले किचेर एकजनाको मृत्यु

इलाममा रुखले किचेर एकजनाको मृत्यु

  इलाम  मङ्सिर २४।।रुख काट्ने क्रममा हाँगा खसेर लाग्दा इलाममा एक जनाको मृत्यु भएको छ । देउमाई नगरपालिका जीतपुर सुँगुरेडाँडाका ४९ वर्षीय तुलसी जवेगू रुख काट्ने क्रममा हाँगाले लागेर गम्भीर घाइते भएका थिए। उनलाई उपचारको लागि तत्काल झापाको बिएनसी अस्पताल लगिएको थियो। उनको उपचारको  क्रममा मृत्यु भएको हो । रुखको हाँगाले लाग्ने बित्तिकै प्रहरी र आफन्तले उद्धार गरी जवेगुलाई झापास्थित बी एण्ड सी अस्पतालमा उपचारको लागि पठाएका थिए । जवेगुको शव बी एण्ड सी अस्पतालमा नै राखिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक सञ्जीव बोगटीले जानकारी दिए ।
Read More
दक्षिण भारतमा कार दुर्घटना पाँच जनाको मृत्यु

दक्षिण भारतमा कार दुर्घटना पाँच जनाको मृत्यु

  एजेन्सी ।। दक्षिणी भारतको  राज्य तेलङ्गानामा शनिबार बिहानै कार तालमा खस्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटना राज्यको यादद्री भुवनगिरि जिल्ला जलालपुर नजिकै भएको हो । कार चालकले गाडीमाथि नियन्त्रण गुमाएकाले दुर्घटना भएको हाे । प्रहरीका अनुसार पाँचै जनाको शव निकालिएको छ भने घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
Read More
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  बिर्तामोड ।।  पूर्व पश्चिम राजमार्गको मेचीनगर नगरपालिका–११ स्थित तेलीबारी सडक खण्डमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटर साइकल चालकको मृत्यु भएको छ । आज दिउँसो साढे १२ वजे बागमती प्र–०१–००६ ख ४९०९ नम्बरको बस र मे १० प ३५७२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोसा चालक भद्रपुर नगरपालिका–१० बस्ने अन्दाजी वर्ष ५५ का किसन न्यौपाने घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइतेलाई तत्काल उपचारका लागि बिर्तामोड स्थित बीएण्डसी अस्पताल पुर्याउन साथ चिकित्सकले करिव १ वजे मृत्यु भईसकेको घोषणा गरेको प्रहरीको भनाई छ । बस चालक उदयपुरको चौडण्डीगढी नगरपालिका–६ बस्ने अन्दाजी बर्ष ४२ का विजयकुमार यादव,…
Read More
निर्माणाधीन पुलको पर्खाल भत्किँदा ५ जनाको मृत्यु

निर्माणाधीन पुलको पर्खाल भत्किँदा ५ जनाको मृत्यु

  रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको  पर्खाल भत्किँदा  पाँच जनाको मृत्यु भएको छ। सुनछहारी गाउँपालिका वडा नम्बर ३ गाममा निर्माण भइरहेको उक्त झोलुङ्गे पुलको टेवा पर्खाल भत्किएको जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाले जानकारी दिए। पर्खाल भत्कदाँ सात जना काम गरिरहेका थिए। बाँकी दुई जनाले भने भागेर ज्यान बचाएका छन्। मृत्यु हुनेमा सुनछहरी ३ बाहिरी गामका ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देवीराम परियार रहेको उनले बताए। उक्त झोलुङ्गे पुल मौलाबाङ र बाहिरी गाम जोड्ने गरी बन्दै थियो ।
Read More
झापाको शिवशताक्षीमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापाको शिवशताक्षीमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  बिर्तामोड  मंसिर  १२ ।।  झापाको शिवसताक्षीस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहानै भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ । आज बिहान ०५ः०० बजे शिवसताक्षी-१ कमल पुलमा  पिकअप र मोटरसाइकल आपसमा जुध्दा शिवसताक्षीका ललितबहादुर थापाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी-८ का ३८ वर्षीय थापाको उपचारको क्रममा बिएन्डसी अस्पताल बितामोडमा मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ च ८२२१ नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट जाँदै गरेको मे. ६ प २५१४ नम्बरको मोटरसाइकल एकआपसमा जुधेका थिए । बोलेरोको ठक्करबाट थापा गम्भीर घाइते भएका थिए । उनको अहिले बिहान ०६ः५५ बजे मृत्यु भएको जिल्ला प्रहरी…
Read More