दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या एक सय ६७ पुगेको छ । एक सय ८१ जना चढेको विमान दुर्घटना भएकोमा अहिलेसम्म एक सय ६७ जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ । दुई जनाको जीवितै उद्वार भएको छ । एक सय ७५ जना यात्रु र चालक दलका ६ सदस्य बोकेको जिजु एअरको विमान थाइल्यान्डको बैंककबाट फर्कँदै गर्दा अवतरणका क्रममा मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको हो । एक सय ७५ जना यात्रुमध्ये एक सय ७३ जना दक्षिण कोरियाका र दुई जना थाइल्यान्डका नागरिक रहेका बीबीसीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन तर…
बिर्तामोड, १३ पुस : बिर्तामोड नगरपालिका वडा नम्बर ६ सुगम शान्ति टोलस्थित रोड नम्बर ५ को सडक स्तरोन्नति कार्य धमाघम भईरहेको छ । नगरपालिकाको १० लाख र स्थानीय उपभोक्ताको २ लाख ४८ हजार ८७५ रुपैयाँ लागत साझेदारी गरी कुल १२ लाख ४८ हजार ८७५ रुपैयाँमा १ सय मिटर लम्बाई र १६ फुट चौडाई ( प्लमको भाग बाहेक) सडकको स्तरोन्नति कार्य भईरहेको हो । सडकको दुबै तर्फ प्लम निर्माण कार्य सम्पन्न भएको छ । अबको एक हप्ता पछि पेवर्स लगाउने कार्य सुरु हुने उपभोक्ता समितिका अध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिनु भयो । सडकको निर्माण सम्पन्न गर्नु पर्ने अन्तिम म्याद आगामी…
एजेन्सी ।। दक्षिण कोरियामा विमान दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ । विमान दुर्घटना स्थानीय समयअनुसार ९ बजेर ७ मिनेटमा भएको हो। बैंककबाट आउँदै गरेको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर बारमा ठोक्किएको थियो। विमानमा १७५ यात्रु र ६ चालक दलका सदस्य रहेका थिए। विमानमा सवार १८१ जनामध्ये २८ जनाको ज्यान गएको हो। योनहाप न्युज एजेन्सीले मुआन एयरपोर्टमा अवतरण गर्ने क्रममा विमानको ल्यान्डिङ गियर खराब भएको जनाएको छ । त्यसपछि विमान विमानस्थलको बारमा ठोक्किएर दुर्घटना भएको थियो।
बिर्तामोड । प्रेस सेन्टर नेपालको १० औं झापा जिल्ला अधिवेशनले पुष्प खड्काको अध्यक्षता ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षद्वयमा होमप्रकाश अधिकारी र सन्तोष शर्मा, सचिवमा प्रकाश उप्रेती, सहसचिवद्वयमा लेखनाथ चापागाईं र राजन साम्पाङ्ग तथा कोषाध्यक्षमा मनोज तिवारीको नाम सर्वसम्मत चयन गरेको हो । त्यसैगरी टिकाराम बाँस्तोला, भोला तिम्सिना र पर्वत तामाङ सदस्यमा चयन गरिएको छ। समिति पछि २ सदस्यीय थप गर्ने गरी ११ सदस्यीय समिति चयन गरेको हो। अधिवेशनले डण्डिराज घिमिरे र झुलन रेग्मीलाई केन्द्रीय प्रतिनिधिमा पठाउने निर्णय गरेको छ । कार्यक्रममा पत्रकार राजन साम्पाङ प्रेस सेन्टर नेपालमा प्रवेश गरेको छन् । साम्पाङलाई प्रमुख…
पाँचथर पुस १० ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं ४ चिलिङदिन बरडाँडामा उधौलीपर्व चासोक तङनामको अवसरमा आयोजित खुल्ला भलिबल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ पूर्वका चर्चित ९ वटा भलिबल टिमहरू सहभागी भएको खेलमा फाइनल प्रतिस्पर्धी पूर्व क्षेत्रीय प्रहरी टिम रानी विराटनगरलाई अन्तिम सेटमा पछि पार्दै आयोजकले उपाधि जितेको हो। उपाधिसँगै आयोजकले नगद ५५ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता पुलिस टिमले नगद ३५ हजार ट्रफी मेडल र प्रमाणपत्रमा चित्त बुझायो अत्यन्तै रोचक बनेको फाइनल खेलमा दुवै टोलीले दुईदुई सेट जितेपछि अन्तिम सेटमा पुलिसलाई १५-१३ ले पछि पार्दै आयोजक च्याम्पियन भएको हो। सेमिफाइनलमा अर्को बलियो टोली pyc…
पाँचथर पुस १२।। झापाकपको उपाधि जितेको एक साता न भाबित्दै चर्च ब्वाइज क्लब पाँचथरको फिदिममा जारी ११औँ फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा आयोजक फिदिम स्पोर्टिङ क्लबलाई ३-१ गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज उपाधि नजिक पुगेको हो । खेलमा सुरुवाती अग्रता भने आयोजक फिदिम स्पोर्टिङ क्लबले लिएको थियो । खेलको ४३औँ मिनेटमा दिनेश शेर्माले गोल गर्दै फिदिम स्पोर्टिङलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, आयोजक क्लबले अग्रतालाई धेरै समय टिकाउन सकेन । पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा चर्च ब्वाइजका समिर तामाङले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याएका थिए । पहिलो हाफ १-१…
बिर्तामोड पुस ११।। मोरङको जहदा गाउँपालिकामा सामुहिक बलात्कारको घटनामा संग्लग्न भएको आरोपमा नेपाल प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मोरङको जहदा गाउँपालिकाकी अर्धचेत अवस्थामा फेला परेकी २२ वर्षीया महिलाको बलात्कार भएको खुलासा भएको छ । सांकेतिक नाम (०८१ बिराटनगर ६३) दुबै हात खुट्टा कपडाले बाँधेको र मुखमा समेत कपडा कोची अर्धचेत अवस्थामा रहेको भनि स्थानीयबाट खबर प्राप्त हुने बित्तकै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोली जाँदा उक्त स्थानमा निज अर्ध बेहोस अवस्थामा प्रहरी उद्धार गरी बिराटनगरस्थित कोशी अस्पताल लागेको थियो । सोहि घटना संग्लन भएको आरोपमा कटहरी गाउँपालिका–२ का १९ वर्षीय मोहम्मद रमजान सोही स्थानका १९ वर्षीय सोनुकुमार…
काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श दाता निकायहरूका नाममा अत्यन्त जरुरी सूचना सार्वजनिक गर्दै जथाभाबी सामग्री प्रकाशन नगर्न भनेको छ । पढ्नका लागि विदेश जान खोज्ने विद्यार्थी लक्षित भ्रामक सामग्री प्रसारण नगर्न मन्त्रालयले अनुरो गरेको हो। सामाजिक सञ्जालहरूमा फ्री भिसा, भिसाको सुनिश्चितता, अत्यधिक छुट, कामको ग्यारेन्टीलगायत भनिएका भिडिओहरू धेरै देखिन थालेकाले सूचना जारी गर्नुपरेको मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका प्रमुख सेमन्तराज कोइरालाले जानकारी दिएका छन् । परामर्श दिने संस्थाले आफ्नो प्रचार सामग्रीमा संस्थाको दर्ता नम्बर, अनुमति नम्बर, सम्पर्क ठेगानासँगै परामर्श वा प्रशिक्षण प्रदान गर्ने देश, विश्वविद्यालय, कलेज, विषय, अवधि, उपाधि, लागत, मान्यता, स्तर निर्धारणलगायत स्पष्ट खुलाउनुपर्नेजस्ता…
इसाई धर्मावलम्बीले आज क्रिसमस डे मनाउँदैछन्। अङ्ग्रेजी क्यालेण्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार इसाई धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन्। दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ। येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ। उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ। ‘ख्रिष्टमस’ पनि भनिने यो दिनमायेशुको शिक्षा एवं उपदेशको मनन गर्नाका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ। क्रिसमसका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।
बिर्तामोड, पुस ८ । झापा कपको पहिलो संस्करणको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता एनआरटी क्लबले ५ लाख रुपैयाँमा चित्त बुझायो । चर्च ब्वाइजले एनआरटीलाई फाइनलमा ३–१ गोलअन्तरले हरायो । चर्च ब्वाइजले जितसँगै १० दिनअघि सम्पन्न इलाम गोल्डकपको फाइनलमा एनआरटीसँग व्यहोरेको हारको बदला लिएको छ । इलाम गोल्डकपको फाइनलमा चर्च ब्वाइजलाई एनआरटी क्लबले ३–० गोलअन्तरले पराजित गरेको थियो । गत वर्ष यही रंगशालामा आयोजित झापा गोल्डकपको छैटौँ संस्करणमा पनि चर्च ब्वाइजले उपाधि हात पारेको थियो । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको ‘झापा कप’ फाइनल प्रतियोगिताको सुरुवातमा एनआरटीले…