झापा कार्तिक १० ।।मोरङको बेलबारीमा आयोजित सातौं संस्करणको आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापा ११ फुटबल क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा सहलेस फुटबल क्लब सिरहालाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै झापाले उपाधि जितेको हो । उपाधिसँगै झापा ११ ले ८ लाख नगद, अढाई किलो चाँदीमा दुई तोला सुन जडित ट्रफी जितेको छ । उपविजेता सहलेस फुटबल क्लब सिरहाले चार लाखसहित ट्रफीमा चित्त बुझाएको छ । निर्धारित समय १–१ गोलको बराबरी भएपछि भएको ट्राइब्रेकरमा झापा ११ ले बाजी मारेको हो । झापाका लागि दिनेश उराव, अभिषेक गुरुङ, शौरभ लिम्बू, उत्सव राई र…
बिर्तामोड कार्तिक १० ।। पहिलो संस्करणमै राम्रो ख्याति कमाउन सफल भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण आउँदो फागुन ७ गतेदेखि सञ्चालन हुने भएको छ । मोफसलको चर्चित फुटबल प्रतियोगितालाई फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्वीकृत दिएको हो । आयोजक भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालका अनुसार प्रतियोगितामा नेपालका ए डिभिजन क्लबसहित भारत, भुटान, बंगलादेशका टिमको सहभागिता रहनेछ । २०७९ मा पहिलो संस्करणमा निकै ठुलो चर्चा र प्रशंसा बटुलेको भद्रपुर झापा गोल्डकपले दोस्रो संस्करण अझ भव्य र थप परिस्कृत हुनेगरी तयारी गरिने अध्यक्ष ढकालले बताए । झापाको सरकारी स्वामित्वमा रहेको सुविधायुक्त मेची रंगशालामा…
बिर्तामोड कार्तिक१० ।। झापाको भद्रपुरमा तीनचक्के विद्युतीय सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ । भद्रपुर ५ देवीबस्ती निवासी ३६ वर्षीय शम्भु सहनी लाई सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सहनी शुक्रबार दिउँसो १ बजेको समयमा आफ्नै घरमा सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । घाइते उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो । त्यहाँ उपचार सम्भव नभएर थप उपचारका लागि ओमसाई पाथिभरा हस्पिटल लगिएको र उनको हिजो राति १० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले…
बिर्तामोड कार्तिक ८ ।। यातायातका साधन हरूको चाप बढेसँगै अति व्यस्त बन्दै गएको झापा बिर्तामोड बजारका भित्री सडकलाई एकतर्फी बनाइने भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको छलफलबाट कात्तिक ११ गतेदेखि सडक एकतर्फी बनाइने निर्णय भएको संघका अध्यक्ष राजु न्यौपानेले बताए । निर्णयअनुसार अति नै व्यस्त तथा सधैँ जाम हुने काँकरभिट्टा रोडबाट हिकोला रोड हुँदै कृषिथोक रोडमा सवारी साधन एकतर्फी (दक्षिणबाट उत्तर) मात्र सञ्चालन गर्न निर्णय गरेको छ। त्यस्तै, हिकोला रोडमा प्रत्येक महिनाको १५ गतेसम्म सडकको पूर्वतर्फ र १६ गतेबाट मसान्तसम्म पश्चिमतर्फ दुईपांग्रे सवारी साधन मात्र पार्किङ गर्न पाइने भएको छ । त्यस्तै, हिकोला रोडमा सामग्रीहरु लोड…
झापा ।। बङ्गालको खाडी बाट उत्पन्न समुद्री आँधी ‘दाना’ को प्रभाव नेपालमा पनि पर्न थालेको छ। जसले गर्दा पूर्वी नेपालमा हावा चल्नु का साथै हल्का वर्षा सुरु भएको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण नेपालको पूर्वी भागमा शुक्रबारसम्म हल्का वर्षाको सम्भावना छ। महाशाखाका मौसमविद् मीनकुमार अर्यालले समुद्री आँधी ‘दाना’को प्रभावका कारण कोशी प्रदेश र मधेश प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिए। ‘समुद्री आँधी दानाको प्रभाव नेपालको पूर्वी क्षेत्रमा पर्ने देखिन्छ, बंगालको खाडीमा केही दिनअघि यो उत्पन्न भएको थियो। भारतको उडिसा र पश्चिम बंगालमा पनि यसको प्रभाव परेको छ’, उनले भने।
बिर्तामोड कार्तिक ८ ।। साफ च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा ६ - ० गोल अन्तरले विजयी हुँदै नेपाल समूह विजेताका रुपमा सेमीफाइनलमा प्रवेश गरेको छ दशरथ रङ्गशालामा आजसाँझ भएको खेलमा श्रीलंकामाथि प्रभावशाली जित निकाल्दै नेपाल सातौंपल्ट साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। पहिलो हाफमा ४-० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप दुई गोल गर्यो । नेपाललाई अघिल्लो चरणमा पुर्याउन रेखा पौडेलले दुई गोल गरिन्। यस्तै, सविता रानामगर, सावित्रा भण्डारी, अमिषा कार्की र रश्मि घिसिङले समान एक गोल गरे । योसँगै नेपाल सात अंकसहित समूह ‘बी’ को विजेता बनेको छ। समान अंक रहेपनि गोलअन्तरको आधारमा भुटान उपविजेता बन्यो। भुटानसँग गोलरहित बराबरी…
पोखरा कार्तिक ८।। सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । रविलाई पहिलो पटक ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतले दोस्रो पटक ७ दिनको अनुमति दिएको हो । गत शुक्रबार (कात्तिक २) पक्राउ परेलगत्तै पोखरा लगिएका रविलाई आइतबार पहिलोपटक म्याद थपका लागि अदालतमा पेस गरिएको थियो । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न गत आइतबार अनुमति दिएको थियो । सो म्याद सकिएसँगै आज बिहीबार उनलाई म्याद थपका लागि अदालत लगिएको थियो । आज…
केर्खा कार्तिक ७।। झापाको केर्खामा रात्रि बसको ठक्करबाट हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको छ। दुई जनाको मृत्युपश्चात् घटनास्थल तनावग्रस्त बनेको छ। आक्रोशित स्थानीयले बसका चालकलाई नल्याउजेलसम्म सडकबाट शव उठाउन नदिने अडानमा छ। उनीहरूले राजमार्ग समेत अवरुद्ध पारेका छन्। काकरभिटाबाट काठमाडौँतर्फ जाँदै गरेको रात्रि बसले बुधबार साँझ कमल गाउँपालिका-३ स्थित केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकहरूको नाम र थर भने खुलेको छैन। नातिनीको बर्थडे र बर्थडेको केक लिएर नातिनी हजुरबुवा घर फर्किँदै गर्दा उनीहरू सवार इलेक्ट्रिक साइकललाई बसले ठक्कर दिएको थियो। ठक्कर दिने बसलाई तोडफोड गरिएको छ भने प्रहरी चौकी केर्खामा राखिएको त्यस…
इट्टाभट्टा कार्तिक ७।। झापाको मेचीनगर ८ स्थित शान्ति वन बाटिकामा जारी प्रथम इँटाभट्टा जिल्ला स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेशका लागि आज आयोजक र शनिश्चरे फुटबल क्लब आमनेसामने हुँदैछन् । प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल अन्तर्गत आज दिउँसो यी दुई टिम भिड्न लागेका हुन् । आजको खेल जिते मात्रै पनि ५१ हजार १११ रूपैयाँ सुरक्षित हुने हुँदा दुवै टिमले गर या मरको अवस्थामा खेल्ने छन् । प्रतियोगितामा आयोजक घरेलु मैदान र दर्शकको दर्बिलो साथमा उच्च मनोबल लिएर मैदान प्रवेश गर्दा यता शनिश्चरे पनि आफुलाई उपाधि दाबेदार साबित गर्न तल्लिन देखिन्छ । आयोजक तथा दर्शकहरूले आजको खेललाई प्रतियोगिताकै महत्त्वपूर्ण खेलको रूपमा हेरेको…
झापा कार्तिक ७ ।। झापाको दमकमा घडेरीको निहुँमा दुई पक्षबीच विवादसहित झडप हुँदा एकजनाको मृत्यु भएको छ । दमक-३ मा घडेरीको निहुँमा झडप भएको हो । झडपमा दमक-९ का ३७ वर्षीय देशु भनिने यमु निरौलाको मृत्यु भएको दमक प्रहरीले जनाएको छ । गम्भीर घाइते निरौलालाई उपचारका लागि आम्दा अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको दमकका प्रहरीका निरीक्षक रामभक्त आचार्यले बताए । हिजो दिउँसो ४ बजे जग्गासम्बन्धी विवाद भएको उनले जानकारी दिए । घटनासम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जग्गासम्बन्धी विवादमा ग्याङ फाइट नै भएको दमक ३ का वडा अध्यक्ष नवीन बरालले बताए ।