रोल्पाको तालाबाङमा जिप दुर्घटना हुँदा एक नाबालकसहित पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ । ६ यात्रु गम्भीर घाइते भएका छन् । मृतकको सनाखत भइसकेको छैन । माडी गाउँपालिकाको घर्तीगाउँबाट वडा नं. ४ तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुका करिब ६ बजेतिर परेवा छहरा भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब चारसय मिटर तल पुगेको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक भरत लामाका अनुसार जिपमा ११ जना सवार थिए। दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट प्रहरी पुगेर उद्धारमा खटिएको थियो ।दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले बताएको…
झापा, असार १७ ।। एसइइ ग्रेड वृद्धि (पुरक) परीक्षामा सहभागी हुने सामुदायिक विद्यालयका विद्यार्थीलाई पढाउन त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विद्यार्थीलाई परिचालन गरिने भएको छ ।त्यसको लागि शिक्षा मन्त्रालयले त्रिभुवन विश्वविद्यालयलाई सहजीकरण गर्न पत्राचार गरेको छ । आगिंक तथा सम्बन्धन प्राप्त क्याम्पसका स्नातक तथा स्नातकोत्तर तहको अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीलाई एसइइका अनुत्तीर्ण (नन ग्रेडेड) लाई पढाउनका लागि सहजीकरण गर्न अनुरोध गरेको मन्त्रालयले जनाएको छ । सामुदायिक विद्यालयका अंग्रेजी, विज्ञान, गणितका विद्यार्थी र निजी विद्यालयका नेपाली तथा सामाजिक शिक्षा विषयमा कक्षा सञ्चालन गर्न सहयोग गर्न पत्राचार गरिएको शिक्षा मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालले जानकारी दिए । आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटिएको…
बिर्तामोड असार १७॥ पाँच वर्षसम्म प्रेम गरेर विवाह गरेको १३ दिनमै झापा बाह्रदशीका एक व्यक्तिले झुन्डिएर आत्महत्या गरेका छन् । बाह्रदशी ३ कुटुबस्ती बस्ने भीष्म गणेशले आज बिहान झुन्डिएर आत्महत्या गरेका हुन् । बाह्रदशी २ माइत भएकी श्रीमती विनीता गणेश माइत गएकी थिइन् । भीष्मले राति नै आत्महत्या गरेका हुन् । उनी झुन्डिएको आज बिहान अरूले देखेर प्रहरीलाई खबर गरेका थिए । यसरी प्रेम विवाह गरेर १३ दिनमै भीष्मले आत्महत्या गर्दा आफूहरू अचम्मित भएको स्थानीयले बताएका छन। वैदेशिक रोजगारीबाट फर्केका भीष्मले असार ३ गते विनीतासँग विवाह गरेका थिए । उनले आत्महत्या गर्नुको कारण खुलिसकेको छैन ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डले टी–२० विश्वकप जित्ने भारतीय क्रिकेट टोलीलाई एक सय २५ करोड पुरस्कार दिने घोषणा गरेको छ । बीसीसीआई सचिव जय शाहले सोसल मिडिया एक्समा पोस्ट गर्दै विश्वकप विजेता भारतीय टोलीलाई एक सय २५ करोड पुरस्कार दिने घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘आइसीसी पुरुष टि २० विश्व कप २०२४ जित्ने टीम इन्डियाको लागि १२५ करोडको पुरस्कार घोषणा गर्न पाउँदा म खुसी छु । टोलीले टूर्नामेंटभरि असाधारण प्रतिभा, दृढता र खेलकुद प्रदर्शन गरेको छ । यस उत्कृष्ट उपलब्धिको लागि सबै खेलाडी, प्रशिक्षक र सहयोगी स्टाफलाई बधाई !’
काठमाडौं , असार१६ ॥ नेपाल सुनचाँदी व्यवसायी महासङ्घको केन्द्रीय अध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न महाङ्घको चौथो महाधिवेशनबाट प्रतिस्पर्धी विपेन्द्रबहादुर रामुदामलाई पछि पार्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । रसाइलीले दुई सय ५० मत प्राप्त गर्दा प्रतिस्पर्धी रामुदामुले एक सय ८४ मत प्राप्त गरे । महासङ्घको वरिष्ठ उपाध्यक्षमा दियेशरत्न शाक्य र उपाध्यक्षहरुमा धर्मसुन्दर बज्राचार्य, वुद्धिबहादुर विक दियाली, रुपदल विश्वकर्मा विजयी भए । यस्तै, महासचिवमा किरणभाई बज्राचार्य, कोषाध्यक्षमा सुदीप श्रेष्ठ, सचिवमा टुलकप्रसाद विश्वकर्मा र निर्मल दियाली, सहकोषाध्यक्षमा पद्मसुन्दर शाक्य निर्वाचित भएका छन्। महाधिवेशनमा चार सय ४६ प्रतिनिधि रहेका थिए
झापा असार १५॥ पर्यावरण जोगाउँदै मानव–हात्ती द्वन्द्व घटाउन अर्जुनधारा नगरपालिका–३ मा १० हजार फलफूलका बिरुवा रोपिएका छन् । जुकेखाडी सामुदायिक वनले ती बिरुवा रापेको हो । सामुदायिक वनको सात सय ४९ हेक्टर क्षेत्रफलमध्ये प्राकृतिक पोखरीसमेत रहेको दमार र गैडे आहाल क्षेत्रको ११ हेक्टरमा बिरुवा रोपिएका वन समितिका अध्यक्ष मोहन श्रेष्ठले बताए । ‘एक उपभोक्ता एक बिरुवा’ अभियानअन्तर्गत दुई दिनमा सयौँ उपभोक्ताले आँप, केरा, बाँस, उखु, भुइँकटहर, बडहरलगायत फलका बिरुवा रोपिएको उनले जानकारी दिए । जिल्लाको उत्तरी भेगमा जङ्गली क्षेत्र छ । जहाँ भारतबाट बर्सेनि आउने सयौँ हात्ती विचरण गरेर फर्किने गरेका छन् भने दुई दर्जनको सङ्ख्यामा रहेको रैथाने जङ्गली हात्तीले…
बिर्तामोड असार १६। झापाको बिर्तामोडमा एक युवा झुण्डीएको अवस्थामा मृत फेला परेका छन् । पाचथर फालेलुङ गाउपालिका वडा नम्बर ४ घर भई हाल बिर्तामोडमा आफन्तसंग बस्दै आएका २३ बर्षका अर्पण साउदेन झुण्डीएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय अनारमनी झापाले जानकारी दिएको छ । उनी बिर्तामोड नगरपालिका वडा नम्बर १ भग्वान चोकस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालयका एक कर्मचारी(आफ्न्त)सँग बस्दै आएका थिए। आज बिहान अन्दाजी ०५ः३० बजेको समयमा सोही कम्पनीको कम्पाउण्ड भित्र रहेको आपको रुखमा आफ्नै छालाको पेटीको पासो लगाई झुण्डी मृत अवस्थामा उनी फेला परेको प्रहरीले बताएको छ । हाल घट्नास्थल सुरक्षित राखिएको र थप अनुसन्धान तथा…
आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि भारतले जितेको छ । शनिबार राति भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि टी–२० उपाधि जितेको हो । यसअघि भारतले २००७ मा टी–२० विश्वकपको उपाधि जितेको थियो । भारत जारी प्रतियोगितामा अपराजित रह्यो। भारतले दिएको १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६९ रनमात्रै बनाउन सक्यो। दक्षिण अफ्रिकाका हाइनरिक क्लासनले सर्वाधिक ५२ रन बनाए। २७ बल खेलका उनले दुई चौका र पाँच छक्का प्रहार गरे। क्विन्टन डी कक ३९, ट्रिस्टन स्टब्स ३१ र डेभिड मिलर २१ रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन्।…
काठमाडौं। असार १५।। भारत स्थित दक्षिणी राज्य तमिलनाडुको एक पटाका बनाउने कारखाना शनिबार विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ।अन्य केही घाइते भएको अधिकारीले बताएका छन् । घटना चेन्नईबाट ५५३ किलोमिटर दक्षिणपश्चिममा रहेको विरुधुनगर जिल्लाको सतूर नजिकैको बन्दुवरपट्टी गाउँमा भएको जनाइएको छ । प्रहरीका अनुसार विस्फोट हुँदा दर्जनौँ व्यक्ति कारखानामा काम गरिरहेका थिए । विस्फोटका कारण कारखानामा आगो लागेको थियो । घटनालगत्तै आगो नियन्त्रणका लागि दमकल तथा उद्धारकर्मी घटनास्थलमा पुगेका थिए ।घटना सम्बन्धमा प्रहरीले अनुसन्धान सुरू गरेको छ ।