साझा अक्षर

कोशी प्रदेश स्तरीय पुरुष भेट्रान्स ब्याडमिन्टन सम्पन्न, बोगटी+चौधरी र गुरुङ+ठकुरीको जोडीलाई उपाधि

कोशी प्रदेश स्तरीय पुरुष भेट्रान्स ब्याडमिन्टन सम्पन्न, बोगटी+चौधरी र गुरुङ+ठकुरीको जोडीलाई उपाधि

कोशी प्रदेश स्तरीय पुरुष भेट्रान्स ब्याडमिन्टन सम्पन्न, बोगटी+चौधरी र गुरुङ+ठकुरीको जोडीलाई उपाधि

  भद्रपुर भाद्र ३० ।। कोशी प्रदेशस्तरीय  पुरुष भेट्रान्स डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि राजधानी ब्याडमिन्टन क्लबका जीवन बोगटी र सुनसरीका श्रवणकुमार चौधरीको जोडीले जितेका छन। आइतवार भएको फाइनल खेलमा विराट ब्याडमिन्टन क्लबका चन्द्रकुवेर खापुङ र उत्तम सिंखडालाई हराउँदै बोगटी र चौधरीले उपाधि जितेका हुन् । सुरुवाती सेटमा १४–२१ को अग्रता लिए पनि दोस्रो र तेस्रो सेटमा २१–१७ र २१– १४ को पराजय भोगेपछि खापुङ र सिंखडा दोस्रोमा सीमित भए । उपाधिसँगै भेट्रान्स डबल्स विजेता बोगटी र चौधरीले नगद ४० हजार रुपैयाँ, ट्रफी र मेडल पाए । उपविजेता बनेका खापुङ र सिंखडाले नगद ३० हजार रुपैयाँ, ट्रफी र मेडल पाएको आयोजक…
Read More
नेपाल आयल निगमले इन्धनको मूल्य घटायो

नेपाल आयल निगमले इन्धनको मूल्य घटायो

  काठमाडौँ ।। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।निगमको आइतबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो । निगमले घटेको मूल्य आजै राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ ।नयाँ मूल्य अनुसार अब काठमाडौंमा पेट्रोलको प्रतिलिटर १५९ र डिजल तथा मट्टीतेलको प्रतिलिटर १४९ रुपैयाँ पर्ने भएको छ ।
Read More
न्युट्न्स एजुकेशन एकेडेमीले विविध कार्यक्रम गरी मनायो  ६०औँ राष्ट्रिय बाल दिवस

न्युट्न्स एजुकेशन एकेडेमीले विविध कार्यक्रम गरी मनायो  ६०औँ राष्ट्रिय बाल दिवस

  बिर्तामोड भाद्र २९ ।।  झापाको बिर्तामोड मा रहेको  न्युट्न्स एजुकेशन एकेडेमीले विविध कार्यक्रम गरी  ६०औँ राष्ट्रिय बाल दिवस भब्य रुपमा मनाएको छ । ‘बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी’ भन्ने नाराका साथ विद्यालयले आयोजना गरेको कार्यक्रममा प्रि-प्राइमरीका विद्यार्थीहरुले विविध प्रस्तुती राखेका थिए । बालबालिकाको क्षमता प्रस्फुटन गर्न तथा उनीहरुलाई चेतना अभिबृद्धि गर्दै हौसला प्रदान गर्न प्रत्येक बर्ष विद्यालयले बाल दिवस मनाउदै आएको प्रिन्सिपल देबेन्द्र हुमागाईंले जानकारी दिए सामाजिक अभियान्ता देवीका बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको स्वागत विद्यालयको प्रि-प्राइमरी इन्चार्ज सावित्रा चापागाईंले गरेकी थिइन । उक्त अवसरमा नर्सरी, एलकेजी र युकेजीका विद्यार्थीहरुले गायन, नृत्य सहितका बिभिन्न संस्कृति झल्कने प्रस्तुती राखेका थिए…
Read More
पत्रकार महासंघ झापाले स्व. पत्रकार पाठक परिवारलाई दियो १ लाख सहयोग

पत्रकार महासंघ झापाले स्व. पत्रकार पाठक परिवारलाई दियो १ लाख सहयोग

झापा। भाद्र २८। नेपाल पत्रकार महासंघ झापाले स्वर्गीय पत्रकार नेत्र पाठकको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बिर्तामोडस्थित महासंघको कार्यालयमा आज शुक्रबार आयोजित संक्षिप्त कार्यक्रमका बीच महासंघ झापाका अध्यक्ष एकराज गिरीले स्व. पाठककी श्रीमती सीता र बुहारी हिमालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषको ब्याजबाट उक्त रकम सहयोग प्रदान गरिएको हो । कार्यक्रममा महासंघ झापाका पूर्व अध्यक्ष केशव आचार्य र भीम नेम्वाङले झापाली पत्रकारितामा स्वर्गीय पाठकको योगदानको चर्चा गर्दै पत्रकारका परिवारमा महासंघले पुर्याउँदै आएको सहयोगको प्रशंसा गरे । स्व.पाठक महासंघ झापाका पूर्व सचिव तथा प्रेस चौतारी भापाका संस्थापक…
Read More
बिर्तामोडमा अपरिचित व्यक्तिको  छुरा प्रहारबाट एक युवतीको मृत्यु

बिर्तामोडमा अपरिचित व्यक्तिको छुरा प्रहारबाट एक युवतीको मृत्यु

  बिर्तामोड ।। झापाको बिर्तामोडस्थित महानन्द चोकमा  अपरिचित  एक  युवाको   छुरा प्रहार बाट एक युवतीको मृत्यु भएको छ । आहिले साँझ भएको घटनामा गम्भिर घाईते भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो ।  अपरिचित युवाले उनलाई पक्रिएर  लगातार घाँटी छाती र पेटमा छुरा प्रहार गरेका थिए । घटनापछि ती युवा घटनास्थलबाट भागेका थिए।  उनलाई अर्जुनधारा ६ मा स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका छन् ती युवा युवती कहाँका हुन्  ,? हालसम्म सार्वजनिक हुन सकेको छैन । प्रहरीले घटनाको कारण पनि थाहा हुन नसकेको जनाएको छ ।
Read More
डेंगु रोग नियन्त्रणका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न

डेंगु रोग नियन्त्रणका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न

  बिर्तामोड, २८ भदौ : बिर्तामोड नगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि अभिमुखिकरण कार्यक्रम गरेको छ । नगरपालिकाको सभाहलमा आज (शुक्रबार) स्वास्थ्य कार्यालय झापा र सहारा नेपाल विश्वास परियोजनाको प्राविधिक सहयोगमा अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले संक्रमण नियन्त्रणका लागि सबैले आ-आफ्नो क्षेत्रबाट जुट्नु पर्ने बताउनु भयो । वडा कार्यालय तथा टोलविकास संस्थाहरुसंगको समन्वयमा जनचेतनामुलक, रोकथाम तथा नियन्त्रणका कार्यक्रमलाई तत्काल अघि बढाइने बताउनु भयो । बिर्तामोडमा डेंगु संक्रमितको संख्या ९८ जना पुगेको छ ।यसमध्ये वडा नम्बर ४ का एक बालकको मृत्यु भएको स्वास्थ्य शाखा बिर्तामोडका सिनियर अहेब दिपक सापकोटाले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालय झापाका…
Read More
बाग्लुङमा सरकारी गाडी दुर्घटनामा चार जनाको मृत्यु

बाग्लुङमा सरकारी गाडी दुर्घटनामा चार जनाको मृत्यु

  पोखरा ।। बागलुङमा आज शुक्रबार बिहान भएको सरकारी गाडी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र एक पुरुष रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । एक जना घाइते भएका छन् । घाइतेको धौलागिरि अस्पताल बागलुङमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार, गलकोट नगरपालिका–२ भुङखानीमा रा १ झ २०० नम्बरको गाडी दुर्घटना भएको हो । भीरमा दुर्घटना भएकाले उद्धारमा कठिनाइ परेको बागलुङ प्रहरीले जनाएको छ । पीकअप गाडी सडकदेखि करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको । शव भीरमा भएकाले उद्धारमा कठिनाइ भएको छ…
Read More
झापाको  शिवसताक्षीमा भाइको हत्या  अभियोगमा दाइ पक्राउ

झापाको शिवसताक्षीमा भाइको हत्या अभियोगमा दाइ पक्राउ

बिर्तामोड ।। झापाको शिवसताक्षी नगरपालिकामा भाइको हत्या आरोपमा मृतकका दाजुलाई प्रहरीले पक्राउ गरेको छ । गएराति शिवसताक्षीमा एक व्यक्तिको हत्या भएको थियो । शिवसताक्षी ८ शितल चौकका ४२ वर्षीय रामप्रसाद सिटौलाको हत्या आरोपमा उनका दाजु नारायण सिटौलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनापछि अनुसन्धानका लागि मृतकका दाजु नारायण सिटौलालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशिल थापामगरले बताए । उनले मृतकको शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल पठाइएको जानकारी दिए । गएराति करिव ९ बजे घरको पछाडिपट्टि उतानो परेको अवस्थामा रामप्रसादको शव फेला परेको थियो । उनको टाउकोमा चोट देखिएको छ । दाउराले प्रहार गरी हत्या गरेको हुनसक्ने…
Read More
जातीय भेदभाव तथा छुवाछूत गर्नेहरुलाई कारबाहीको माग

जातीय भेदभाव तथा छुवाछूत गर्नेहरुलाई कारबाहीको माग

  बिर्तामोड । झापाका दलित अधिकारकर्मीहरुले जातीय भेदभाव तथा छुवाछूत गर्नेहरुलाई कारबाहीको माग गरेका छन् । आज बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै दलित संघ संगठनहरुको तर्फबाट सहभागी अधिकारकर्मीले जातको आधारमा विभेद गर्नेलाई उन्मुक्ति दिन नहुने बताएका हुन् । गत भदौ १२ गते बुद्धशान्ति १ होक्सेका बलबहादुर खातीलाई स्थानीय चित्रबहादुर श्रेष्ठ र पुष्पलाल घिमिरेले छुवाछूत तथा भेदभावपूर्ण व्यवहार गरेको मुक्ति समाजका नेता सोमनाथ पोर्तेलले बताए । ‘बले कामीको अनुहार हेरेर लोधर लाग्यो’ भन्र्दै भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरिएको थियो । चित्र श्रेष्ठको नामबाट फेसबुकमा पोष्ट गरिएको भिडियोले समग्र दलित समुदायमाथि विभेद गरेको भन्दै जातीय विभेद गर्नेहरुलाई कानुनी कारबाहीको माग गरिएको छ…
Read More
पूजामा प्रसाद खाँदा बिरामी हुनेको संख्या ८० पुग्यो झापाका विभिन्न अस्पतालमा उपचार हुँदै

पूजामा प्रसाद खाँदा बिरामी हुनेको संख्या ८० पुग्यो झापाका विभिन्न अस्पतालमा उपचार हुँदै

  झापाको अर्जुनधारा नगरपालिका–९ स्थित एक घरमा लगाइएको पूजाको प्रसाद खाँदा बिरामी हुनेको सङ्ख्या ८० पुगेको छ। बिरामी हुनेमध्ये शनिश्चरे नगर अस्पतालमा ७३, बीएण्डसी अस्पतालमा चार र मनमोहन अस्पतालमा तीन जना उपचारका लागि भर्ना भएका छन्। शनिश्चरे अस्पतालका ७३ जना बिरामीमध्ये ३९ जनालाई थप उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर रिफर गरिएको छ। प्रसाद खाएर बिरामी भएकामध्ये उपचारपछि ५९ जना घर फर्किएका थिए। तर, उनीहरुमा पुनःसमस्या देखिएपछि थप उपचारका लागि अस्पताल भर्ना गरिएको शनिश्चरे आधारभूत अस्पतालका प्रशासन प्रमुख राजविक्रम खड्का जानकारी दिए। बुधबार अर्जुनधारा–९ निवासी रीता निरौलाको घरमा पूजा गरिएको थियो। सो पूजामा प्रसाद खानेहरु बिरामी परेका हुन्। ‘फुड पोइजन’…
Read More