साझा अक्षर

समाज

मोरङमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती घाइते।

मोरङमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती घाइते।

मोरङ भाद्र ४।। , मोरङको कानेपोखरी गाउँपालिकामा श्रीमानको खुकुरी प्रहारबाट एक महिला घाइते भएकी छन् । घाइते हुनेमा कानेपोखरी ७ की ३० वर्षीया कविता तामाङ रहेको मोरङ प्रहरीले जनाएको छ ।खुकुरी प्रहारको आरोपमा प्रहरीले कविताका श्रीमान् ३३ वर्षीय हिराधन तामाङलाई पक्राउ गरेको छ । आइतवार राति १० बजेतिर हिराधनले मादक पदार्थ सेवन गरी श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए । श्रीमानले हानेको खुकुरी रोक्ने क्रममा कविता घाइते भएकी हुन् । खुकुरी प्रहारबाट दुवै हातका हत्केलामा गहिरो चोट लागेको छ । उनको अहिले बिराटनगरस्थित नोबेल मेडिकल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । वैदेसिक रोजगारीमा रहेका हिराधन ११ वर्ष मलेसिया बसेर ६ महिनाअघि…
Read More
विद्यार्थी भिसामा कोरिया गाएकी इलामकी सोनुको निधन

विद्यार्थी भिसामा कोरिया गाएकी इलामकी सोनुको निधन

  इलाम : विद्यार्थी भिसामा दक्षिण कोरिया अध्ययन गर्न गएकी इलामको माई नगरपालिका-१ कि सोनु श्रेष्ठको निधन भएको छ। लिलाकुमार र प्रतिमा श्रेष्ठकी छोरी २० वर्षीया सोनु गत फेब्रुअरीमा विद्यार्थी भिसा (ड्२)मा कोरिया गएकी थिइन्। उनी दक्षिण कोरियास्थित उल्सान विश्वविद्यालयमा अध्ययनरत थिइन्। उनको उल्सान अस्पतालमा पोस्टमार्टम भइसकेको र कोरियामा रहेका आफन्तजन र परिवारलाई सम्पर्क गरी शवलाई नेपाल ल्याइने भएको छ। निधनको कारण खुल्न नसकेको बताइएको छ। उनी श्रेष्ठ परिवारकी माइली छोरी हुन्। उनका दिदी र भिनाजुसमेत कोरियामा नै रहेका माई नगरपालिका-१ का वडाध्यक्ष राम राईले जानकारी दिए। सोनुका बुबा लिलाकुमार श्रेष्ठको २ महिनाअघि मलेशियामा निधन भएको थियो।    
Read More
सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी

सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी

  काठमाडौँ : सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको दस महिनापछि हटाउन लागिएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीकै चाहनामा प्रतिबन्ध फुकुवाको पहल भइरहेको स्रोतले जनाएको छ। सकभर छिट्टै यसबारे निर्णय लिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई प्रधानमन्त्री ओलीले निर्देशन दिइसकेका छन्। तत्काल फुकुवा खुलाउने गरी तयारी थाल्न निर्देशन पाएपछि सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकका नेपाल प्रतिनिधिसँग छलफल गर्दैछन्।
Read More
कोशी नदिमा हाम फालेका युवा बेपत्ता

कोशी नदिमा हाम फालेका युवा बेपत्ता

  चतरा ।। सुनसरी र उदयपुर जोड्ने चतरा पुलबाट एक युवकले कोशी नदीमा हामफालेका छन् । को ९ प ९८६५ नम्बरको स्कुटरमा आएका युवा पुलमा स्कुटर छाडेर कोशी नदीमा हाम फालेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार सोमबार अपरान्ह करिव साढे चार बजेतिर ती युवक पुलबाट हामफालेका थिए । हामफालेका युवाको पहिचान भएको छैन । स्कुटरसँगै घडी र मोबाइल पनि पुलमा फेला परेको प्रहरीले जनाएइको छ । उदयपुर र सुनसरीतर्फ पुलको दुवैतिर रहेको प्रहरीले उनको खोजी गरेपनि भेटिएका छैन् । कोशी पुलमा जडान गरेको सिसिटिभी फुटेजमा पनि युवक हामफालेको देखिएको छ ।
Read More
झापाको दुर्गापुरमा दुईवटा मोटरसाइकल एक आपसमा ठोकिँदा चारजना घाइते।

झापाको दुर्गापुरमा दुईवटा मोटरसाइकल एक आपसमा ठोकिँदा चारजना घाइते।

  बिर्तामोड भाद्र ३ ।। झापाको कनकाई नगरपालिकामा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा श्रीमान-श्रीमती र बाबु–छोरा घाइते भएका छन् । सोमबार दिउँसो २।१० बजे दुर्गापुर चोकस्थित पूर्वपश्चिम राजमार्गमा सुरुङगाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ३ प ७१५८ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको मे ८ प ४३२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मे ३ प ७१५८ नम्बरको मोटरसाइकल चालक बाह्रदशी-७ गोलुगाउँ बस्ने वर्ष ४१ का नारायण राजवंशी र मोटरसाइकलमा पछाडि सवार उनकी श्रीमती वर्ष ३८ की सरिता राजवंशी घाइते भएका छन् । शरीरको विभिन्न भागमा चोट लागेर घाइते दुवै जनाको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै मे ८ प…
Read More
सुनसरीमा एकजनाको विवत्स हत्या, हत्या आरोपमा तीनजना पक्राउ

सुनसरीमा एकजनाको विवत्स हत्या, हत्या आरोपमा तीनजना पक्राउ

  ईटहरी भाद्र ३।। सुनसरीकाे गढी गाउँपालिकामा एक जनाको विभत्स हत्या भएको छ । गढी गाउँपालिका-६ घर भएका ४६ बर्षीय ज्ञानचन ऋषिदेवको घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । सोही गाउँपालिका-२ स्थित थाहाटोलमा सिमेन्ट, बालुवाको काम गर्ने उनको आज बिहान शरीर छिनालिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । प्रहरीले उनीसँगै काम गर्ने तीन जनालाई नियन्त्रणमा लिइएको छ । ‘हामीले बिहान ६ बजे टाउको र शरीर छुट्टाछुट्टै बालुवामा फेला पायौँ’, डिएसपी नविन भण्डारीले भने, ‘उनीसँगै बस्ने तीन जनालाई नियन्त्रणमा लिएका छौ ।’ प्रहरीले लिएकाे प्रारम्भिक बयानमा पक्राउ परेका तीनैजनाले घटनाबारे केही थाहा नभएको…
Read More
बझाङमा पहिरोमा परी एकै घरका चार जनाको मृत्यु

बझाङमा पहिरोमा परी एकै घरका चार जनाको मृत्यु

  धनगढी भाद्र ३।। बझाङमा पहिरोमा परी एकै घरका चारजनाको मृत्यु  भएको छ । हिजाे राति १ बजे एक्कासि घरमाथिबाट आएको पहिरोमा परी बुगल नगरपालिका वडा नम्बर १० मा बेपत्ता भएका उनीहरूको शव निकालिएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा ५५ वर्षकी काली धामी, २५ वर्षकी गोल्की धामी, ६ वर्षकी आकृति धामी र ३ वर्षकी लक्ष्मी धामी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक डिल्लीराज विष्टले जानकारी दिए। उनीहरूको शव अहिले घटनास्थलमै रहेको र जिल्ला प्रहरी कार्यालय, बझाङको टोलीले शव पोष्टमार्टमका लागि पठाउने तयारी गरेको छ। पहिरो जानेबित्तिकै गाउँलेको प्रयासले घरमुली ६२ वीरबहादुर धामी, १६ वर्षीया कमला धामी, वर्ष…
Read More
आज रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व मनाइँदै

आज रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व मनाइँदै

सोमबार (आज) रक्षावन्धन तथा जनै पूर्णिमा पर्व मनाइँदैछ । जनैपूर्णिमाको दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गएर स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्ने परम्परा रहेको छ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै पुरोहितले दाहिने नाडीमा बाँधिदिने परम्परा रहेको छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो…
Read More
किन खाने क्वाटी यस्ता छन् क्वाटीका फाइदा

किन खाने क्वाटी यस्ता छन् क्वाटीका फाइदा

  परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ ।‘क्वाँटी’ नेपालभाषाको ‘क्वाति’ शब्दबाट व्युत्पत्ति भएको र ‘क्वा’को अर्थ तातो र ‘ति’को अर्थ झोल वा सुप हो । क्वाँटी बनाउँदा चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठुलो केराउ, सानो केराउ नौ प्रकारका गेडागुडी टुसा उम्रेने गरी पानीमा चार दिनसम्म भिजाइन्छ । टुसा उम्रेपछि मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यो दिन विशेषको महत्त्वपूर्ण स्वाद पनि हो । आजको दिन क्वाँटी खाएमा पाचनक्रियासँग सम्बन्धित विभिन्न रोगहरु हट्ने जनविश्वाश रहिआएको छ । नेवार समुदायले खाने विशेष प्रकारको क्वाँटीलाई न्वाँगी पनि भनिन्छ । यस दिन दिदीबहिनीहरुले आफ्ना दाजुभाइका दाहिने…
Read More
छात्रालाई यौन दुब्र्यवहार गरेको आरोपमा बिर्तामोडबाट दुई जना पक्राउ

छात्रालाई यौन दुब्र्यवहार गरेको आरोपमा बिर्तामोडबाट दुई जना पक्राउ

  बिर्तामोड भाद्र २ ।।झापाको बिर्तामोड नगरपालिका २ मा सञ्चालित एक विद्यालयमा कम्प्युटर इञ्जिनियरिङ विषय अध्ययनरत तीन जना छात्रालाई यौन दुब्र्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पावरटेक कम्प्युटरका सञ्चालक अलेक मेचे र सोही कम्प्युटर इन्टिच्युटकका शिक्षक नारायण खनाल रहेका छन् । कम्प्युटर इञ्जिनियरिङको ओजेटीका लागि आएका विद्यार्थीमाथि उनीहरुले यौनजन्य दुव्र्यवहार गरेको उजुरीका आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । मेचे र खनालले ओजेटीमा आएका विद्यार्थीहरुलाई विभिन्न स्थानमा घुमाउन लाने, आइफोन किनिदिने जस्ता प्रलोभन देखाउने गरेको र संवेदनशील अंगमा छुने,सुम्सुम्याउने जदिए, ओजेटीको प्रमाणपत्र नदिने जस्ता त्रास देखाएसंगै…
Read More