साझा अक्षर

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा आगो लागि चालकको जलेर मृत्यु

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा आगो लागि चालकको जलेर मृत्यु

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा आगो लागि चालकको जलेर मृत्यु

  सिन्धुपाल्चोकको लामोसाँघु-जिरी सडकखण्डमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा आगो लागि चालकको जलेर मृत्यु भएको छ। उक्त सडकखण्डको ८ किलोनजिकै मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एकजना युवकको जलेर ज्यान गएको प्रहरीले जनाएको छ। दोलखाबाट काठमाडौं जाँदै गरेको ०३-००२ ख ०५३४ नम्बरको मालबाहक ट्र्कले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२-०३३ प ७३०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करपछि मोटरसाइकलमा लागेको आगो सल्किँदा सिन्धुपाल्चोककै लिसंखुपाखर-७ डाँडापाखर निवासी युवक दावाछिरिङ तामाङको जलेर निधन भएको हो । ट्रकले ठक्कर दिएपछि मोटरसाइकलमा आगलागी भएको थियो । मोटरसाइकलको पेट्रोलबाट आगोले एकै पटक विशाल रुप लिँदा तामाङ घटनास्थलमै जल्न पुगे । स्थानीयले पानी खन्याएर…
Read More
बीमा रकमको लागि प्रेमीसँग मिलेर श्रीमानको हत्या

बीमा रकमको लागि प्रेमीसँग मिलेर श्रीमानको हत्या

  झापा माघ ३ ।। कञ्चनपुरमा एक महिलाले बिमाको रकमका लागि भारतीय प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको अनुसन्धानबाट खुलेकाे छ । गत १३ मंसिरमा कञ्चनपुरकाे बेलौरी नगरपालिका- ६ भूराकोटका ४९ वर्षीय सियाराम राना आफ्नै घरमा मृत भेटिएका थिए । रानाको मृत्यु नभएर हत्या गरिएको आशंकापछि प्रहरीले मंसिर १४ गते उनकी श्रीमती जनककुमारी रानालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । सो क्रममा जनककुमारीले सियारामको बिमा रकम हत्याउने उद्देश्यले भारतीयसँग मिलेर योजनाबद्ध रुपमा हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । रानाको हत्यामा भारतीय नागरिकको संलग्नता देखिएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश, लक्खिमपुर खीरी जिल्ला, सम्पूर्णानगर…
Read More
बिर्तामोड नगरअस्पतालमा इमर्जेन्सी सेवा सुरु

बिर्तामोड नगरअस्पतालमा इमर्जेन्सी सेवा सुरु

  बिर्तामोड, २ माघ : बिर्तामोड नगरअस्पतालमा आजदेखि इमर्जेन्सी सेवा सुरु भएको छ । २४ घण्टे प्रसुती (नर्मल डेलीभरी) सेवा सञ्चालन हुँदै आएको यस अस्पतालमा आजदेखि इमर्जेन्सी सेवा पनि सुरु भएको हो । बिहान ७ बजे देखि साँझ ७ बजेसम्म सेवा सञ्चालन हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल अधिकारीले जानकारी दिनु भयो । उहाँका अनुसार बिहान ७ बजे देखि दिउँसो २ बजेसम्म ओपिडि सेवा सञ्चालन हुने र त्यसपछि साँझ ७ बजेसम्म इमर्जेन्सी सेवा लिन सकिने छ। अस्पतालमा इमर्जेन्सी सेवा लिँदा स्वास्थ्य विमा बाहेकका सेवाग्राहीले एक सय रुपैयाँको टिकट काट्नु पर्ने व्यवस्था छ । नगर अस्पतालमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ, नवजात…
Read More
झापा गोल्डकपको नयाँ कार्यसमिति चयन, सबै पदमा सर्बसम्मत

झापा गोल्डकपको नयाँ कार्यसमिति चयन, सबै पदमा सर्बसम्मत

  बिर्तामोड । झापा गोल्डकपको अध्यक्ष पदमा बिर्तामोडका  केदार गिरी सर्वसम्मत चयन भएका छन् । अध्यक्षका प्रत्यासी बलराम कार्कीले उम्मेदवारी फिर्ता लिएपछी गिरी सर्बसम्मत अध्यक्ष चयन भएका हुन् । कार्यसमिति सर्बसम्मत बनाउन तीनदिनसम्म छलफल चलेको थियो । लामो रस्साकस्सीपछि अध्यक्षका उम्मेदवार कार्की पछि हटेका हुन् । अध्यक्षसँगै कार्यसमितिको सम्पुर्ण पदमा सर्बसम्मत नतिजा आएको हो। समितिको वरिष्ठ उपाध्यक्षमा गजेन्द्रबहादुर पौडेल र उपाध्यक्षमा युवराज कार्की (पर्वत) यसअघि नै निर्विरोध भएका थिए । पौडेल यसअघि स्थापनाकालदेखि सचिव थिए भने कार्की संस्थापक सदस्य थिए । कोषाध्यक्षमा युवराज निरौलाले उम्मेदवारी फिर्ता लिएपछि चन्द्रमणि कट्टेल सर्वसम्मत भएका छन् । सचिवमा प्रकाश शिवाकोटीले उम्मेदवारी फिर्ता लिएर बुद्व…
Read More
गोरु जुधाएर रमाइलो गरी माघे संक्रान्ति मनाउँदै

गोरु जुधाएर रमाइलो गरी माघे संक्रान्ति मनाउँदै

  झापा माघ ०१  ।।  माघे संक्रान्ति पर्व  ठाउँ अनुसार फरक फरक तरिकाले मनाउने  गरिन्छ माघे संक्रान्तिको अवसरमा कतै धार्मिक मेलालग्ने गर्छन भने कतै खोला तथा तलाउमा गएर नुहाएर तरुल खाएर मनाउने गरिन्छ तर   नुवाकोटको तारुका र बेत्रावती लगायतका ठाउँमा गोरु जुधाएर रमाइलो गरी  माघे संक्रान्ति मनाउने गरिन्छ यो वर्ष नुवाकोटको तारुकामा १३ हल र बेत्रावतीमा ११ हल सहित जिल्लाका विभिन्न ठाउँमा गोरु जुधाएर माघे संक्रान्ति मनाइएको हो। नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा आयोजित गोरु जुधाइ प्रदर्शनीको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ), बागमती प्रदेससभा सदस्य रमेशकुमार महत सहितले अवलोकन गरे। गोरु जुधाइको अवलोकनपछि मुख्यमन्त्री तामाङले गोरु जुधाइलाई पशु अधिकारको…
Read More
लिम्बु समुदायले आज धुमधामले नयाँ वर्ष मनाए

लिम्बु समुदायले आज धुमधामले नयाँ वर्ष मनाए

  झापा माघ ०१ ।।    माघे संक्रान्तीको दिन आज   लिम्बु समुदायले  धुमधामले नयाँ वर्ष मनाएका छन । यो समुदायले माघे संक्रान्तीको दिन किराँत नयाँ वर्ष मनाउने गर्छन । किराँत नयाँ वर्षलाई किराँत समुदाय अन्तरगतका लिम्बूहरुले कुसङ यले तङबे र राईले यले दङ भन्ने गर्छन । यस्तै सुनुवार र याक्खाले पनि माघ १ गतेकै दिन नयाँ वर्ष मनाँउछन ।माघे संक्रान्तीसँगै किराँती पात्रोमा सम्वत फेरिने भएकाले माघ १ गतेकै दिन पूर्वी नेपाल थातथलो भएर देश विदेशमा पुगेका किराँतीहरुले किराँत नयाँ वर्ष धुमधाम साथ मनाउने गरेका हुन । किरात नयाँ वर्ष पाँचथर,तेहथुम,ताप्लेजुङ,इलाम,झापा,धनकुटा लगायतका जिल्लामा भव्यता पूर्वक मनाइन्छ । यस्तै किराँत लिम्बूहरु सघन…
Read More
चर्चित  फोटोग्राफर चुङ्बा शेर्पाको निधन

चर्चित  फोटोग्राफर चुङ्बा शेर्पाको निधन

  चर्चित  फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ। ६४ वर्षीय शेर्पाको आज राती १२ः१५ बजेको समयमा ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।  उपचारकै क्रममा शेर्पाको निधन भएको खुम्बु पासाङल्हामु गाउँपालिका–१ का वडाअध्यक्ष फुनुरु शेर्पाले पुष्टि गरे। उनका दुई छोरा र तीन छोरी छन्।  लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध भइ राजनीतिमा समेत संलग्न शेर्पा नेपाली कांग्रेस खुम्बु पासाङल्हामु गाउँपालिकाका सभापति समेत थिए। पर्यटन व्यवसायमा आबद्ध उनी चौँरीखर्कको पूर्व गाविस अध्यक्षसमेत भएका शेर्पा फोटोग्राफी सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय…
Read More
राष्ट्रिय भाक्का दिवस झापामा भव्य रुपमा मनाइयो

राष्ट्रिय भाक्का दिवस झापामा भव्य रुपमा मनाइयो

  झापा । राष्ट्रिय भाक्का दिवस झापामा भव्य रुपमा मनाईएको छ । राजवंशी समाज विकास केन्द्रीय समितिले बिर्तामोडको डोमालाल राजव्रंशी रंगशालामा कार्यक्रम गर्दै आठौं राष्ट्रिय भाक्का दिवस मनाएको हो । राजवंशी समुदायले आफ्नो जातीय परिकार भाक्कालाई प्रवर्द्धन गर्न हरेक वर्ष पुष २९ गते दिवसको रुपमा मनाउँदै आएका छन् । आदिवासीहरूको भान्साबाट लोप हुँदै गइरहेको मौलिक खाजाको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले भाक्का दिवस मनाउँदै आइरहेको छ । राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि तथा कोशी प्रदेशका खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीले आफ्नो जातीय संस्कृति र परम्पराको जगेर्नाका लागि समुदाय आफैं सचेत हुनुपर्ने बताउँदै…
Read More
अमेरिकामा पोखरीमा कार खस्दा दुई जना नेपालीको मृत्यु

अमेरिकामा पोखरीमा कार खस्दा दुई जना नेपालीको मृत्यु

झापा ।। अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीस्थित स्यान्टिलीमा हिउँमा चिप्लिएर पोखरीमा कार खस्दा दुई जना नेपालीको मृत्यु भएको छ ।  त्यहाँस्थित विंगेट बाई विन्डह्याम होटल नजिकैको पोखरीमा कार खस्दा नेपाली नागरिक ५५ वर्षीय कर्ण खड्का र २० वर्षीय निश्चल भट्टको मृत्यु भएको स्यान्टिलीबाट प्रकाशित हुने अखबार डेलीभोइसले जनाएको छ । उनीहरुको नेपालको ठेगाना खुल्न बाँकी छ । खड्का विंगेट बाई विन्डह्याम होटलमा कार्यरत थिए । भट्टले भने जागिरको लागि आवेदन दिने योजना बनाएकाले उनीसँग थिए । हिउँले ढाकेको सडकमा गुडिरहेको कार अकस्मात चिप्लेर पोखरीमा खसेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै डेलीभोइसले लेखेको छ । प्रहरीले उनीहरूको बारेमा जानकारी भएकाहरूलाई फेयरफ्याक्स काउन्टी प्रहरीलाई…
Read More