बिर्तामोड मङ्सिर २९ ।। झापा कप २०८१ को भव्य शुभाराम्भ भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रतियोगिताको उद्घाटन गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले झापा कप स्तरीय क्लबले आयोजना गरेको प्रतियोगितामा प्रदेश सरकारले उचित सहयोग गर्न नसकेको बताए । उनले प्रदेशको स्रोतले भ्याएसम्म यो प्रतियोगितालाई सहयोग गर्ने बचनबद्धता समेत प्रकट गरे । उनले डोमालाल राजवंशी रंगशालामा सुविधा सम्पन्न रंगशाला बनाउने योजना प्रदेश सरकारको रहेको सुनाए । उद्घाटन कार्यक्रममा प्रतिनिधिसभाका सांसद एलपी साँवा, नेपाली कांग्रेसका सभापति देउमान थेवे, जिल्ला समन्वय समितिका उपाध्यक्ष शान्ता रोक्का, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन लगायतका आतिथ्यता रहेको थियो । बिर्तामोडका फुटबल…
बिर्तामोड मंसिर २९।। नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षमा एकराज गिरी पुन: निर्वाचित भएका छन्। अध्यक्षका अन्य प्रत्याशीहरू डिकेश लामा राजेन्द्र गौतम र टिकाराम नेपाल नीतिलाई पराजित गर्दै गिरी दोस्रोपटक अध्यक्षमा निर्वाचित भएका हुन् यस्तै, उपाध्यक्षमा सुब्रत न्यौपाने , महिला उपाध्यक्षमा विनिशा शर्मा, कोषाध्यक्षमा मुक्ति पौडेल सचिवमा प्रदीप परियार र राजु पाठकले समान ९९ मत ल्याएर निर्वाचित भएका हुन् । खुला सहसचिवमा रमेश तिवारी , समावेशी सहसचिवमा तिलक योञ्जन निर्वाचित भएका छन् त्यस्तै महासङ्घको कार्यसमिति सदस्यहरूमा भूमिका सुब्बा ,सन्तोष शर्मा, मन कुमार गदाल इन्द्रकुमार राई , अस्मिता साँखी , इशा प्रधान स्वस्तिका आचार्य , विनोद पाण्डे, सुदीप अधिकारी द्रोण…
बिर्तामोड मङ्सिर २८ ।। झापा११ फुटबल क्लबको आयोजनामा भोलिदेखि सुरु हुने झापा कप २०८१ को खेलतालिका सार्वजनिक भएको छ। तालिका अनुसार उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, काठमाडौँको एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब दार्जिलिङको जिटिए, काठमाडौँ जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, रुपन्देहीको गोर्खा ब्वाईज स्पोर्ट्स क्लब र झापा ११ सहभागी हुने भएका छन् । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ । प्रतियोगिताका लागि १० हजारजना दर्शक क्षमताको प्यारापिट…
स्वास्थ्य चर्चा ।। जब तपाईँको सुत्ने बानी खराब हुन्छ, यसले हृदयाघात वा हृदयसँग सम्बन्धित रोगहरूको जोखिम बढाउने एक अध्ययनले पत्ता लगाएको छ । खराब सुत्ने बानीको अर्थ बारम्बार निद्रामा अवरोध वा अनिद्रा वा कम निद्रा हो। अध्ययनका अनुसार खराब सुत्ने बानीले मुटुलाई मात्र हानि गर्दैन यसले मधुमेह पनि बढाउँछ । यसको मतलब यसले सम्पूर्ण शरीरलाई असर गर्छ। बारम्बार निद्रामा गडबड हुनु स्वास्थ्यको लागि कुनै पनि हिसाबले राम्रो होइन। त्यसैले निद्राको ढाँचा सुधार गर्न धेरै महत्त्वपूर्ण छ। डाक्टरहरूका अनुसार अनियमित सुत्ने बानी र कम निद्रा वा गुणस्तरहीन निद्राले मुटुको रोग बढाउन सक्छ। अर्थात् यदि तपाईँ विभिन्न समयमा लगातार सुत्नुहुन्छ, बारम्बार…
बिर्तामोड, २६ मंसिर : बिर्तामोड नगरपालिका वडा नम्बर ३ का विभिन्न टोलमा सडक निर्माण तथा स्तरोन्नतिका काम धमाधम भईरहेका छन् । संघ, प्रदेश, नगरपालिका र वडाको आफ्नै बजेटमा प्लम निर्माण, कालोपत्रे, पेवर्स लगाउने, कल्भर्ट निर्माण लगायतका कामहरु धमाधम भईरहेका हुन् । अहिले शुभलक्ष्मी टोल नम्बर ४ को २४६ मिटर सडकमा प्लम निर्माण कार्य भईरहेको वडा नम्बर ३ का वडा सदस्य हरि बाँस्कोटाले जानकारी दिनु भयो । उहाँले प्लम निर्माणको काम उपभोक्ता समिति मार्फत भईरहेको बताउनु भयो । निर्मल उप्रेतीको अध्यक्षतामा उपभोक्ता समिति निर्माण भएको छ । उपभोक्ता समितिको ९७ हजार र वडाको ४ लाख रुपैयाँ गरी कुल ४ लाख…
रौतहट मङ्सिर २५।। रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा सडक खण्डमा मंगलबार बिहान स्कर्पियो दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ। प्रहरीले मृतकका आफन्त मार्फत दुर्घटनामा मृत्यु हुनेहरूको सनाखत गरेको छ। दुर्घटनामा चालकको पनि मृत्यु भएको छ। चन्द्रपुर–४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सारपुल नजिक जंगलमा बाराको गढीमाई दर्शन गरेर सिराहा फर्कँदै गरेका दर्शनार्थी बोकेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो अनियन्त्रित भई सडकबाट तल दाहिने साइडको रुखमा ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनामा परी सिराहा अर्नामा गाउँपालिका–३ बंठियाटोलका ६० वर्षीया लरुवती देवी महरा, ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगीं देवी महरा, ६२ वर्षीया फुलमन्ति देवी…
बिर्तामोड मंसिर २४ ।। आफ्नै घरमा काम गर्न राखिएकी १७ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका – ५ स्थित आफ्नै घरमा घरेलु कामदार राखेर पटकपटक करणी गरेको आरोप शिवाकोटीमाथि लागेको छ । बालिकाको जाहेरीपछि प्रहरीले आज शिवाकोटीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दका अनुसार पक्राउ परेका शिवाकोटीमाथि अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार पीडित किशोरीका बुबा छैनन । आमा भारतमा छन् । आमाले पनि दोस्रो विवाह गरेपछि शिवाकोटीले घरको काम गर्ने र पढाउने भन्दै आफ्नो घरमा ल्याएका थिए । उनी प्राविधिक…
बिर्तामोड मङ्सिर २४ ।। मेचीनगरको निन्दा खोलाको झाडीमा नवजात शिशु फेला परेको करिब तीन सातापछि बुद्धशान्तिमा पनि बेवारिसे अबस्थामा नवजात शिशु फेला परेको छ । आइतबार दिउँसो अन्दाजी ३:३० बजे बुद्धशान्ति गाउँपालिका वडा नं. ४ धर्ममार्गस्थित किरण मगरको खाली घरमा रहेको कुखुराको खोरमाथि नवजात शिशु फेला परेको हो । दुई दिनको जस्तो देखिने जीवित नवजात शिशु (छोरी) तन्ना, सुरुवाल, भेलभेटको तौलीमा पोको पारी छोडेर गएको अबस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीया मिना लिम्बूले घाँस काट्न जाँदा फेला पारेकी थिइन् । उनले आफ्नो घरमा ल्याएर राखेको भनी अस्थाई प्रहरी चौकी मंगलबारेमा जानकारी गराएकी थिइन् । नवजात शिशुलाई त्यस वडाका…
इलाम मङ्सिर २४।।रुख काट्ने क्रममा हाँगा खसेर लाग्दा इलाममा एक जनाको मृत्यु भएको छ । देउमाई नगरपालिका जीतपुर सुँगुरेडाँडाका ४९ वर्षीय तुलसी जवेगू रुख काट्ने क्रममा हाँगाले लागेर गम्भीर घाइते भएका थिए। उनलाई उपचारको लागि तत्काल झापाको बिएनसी अस्पताल लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको हो । रुखको हाँगाले लाग्ने बित्तिकै प्रहरी र आफन्तले उद्धार गरी जवेगुलाई झापास्थित बी एण्ड सी अस्पतालमा उपचारको लागि पठाएका थिए । जवेगुको शव बी एण्ड सी अस्पतालमा नै राखिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक सञ्जीव बोगटीले जानकारी दिए ।
बिर्तामोड मंसिर २४ ।। बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ आयोजना हुने भएको छ । महोत्सव आगामी माघ ११ गतेदेदि २३ गतेसम्म आयोजना गरिने भएको छ । जसका लागि बिर्तामोड उद्योग वाणिज्य संघको आज बसेको बैठकले मूल समारोह समिति समेत गठन गरेको छ । संघका उद्योग उपाध्यक्ष विशाल थापा संयोजक रहेको मूल समारोह समिति गठन गरिएको हो । त्यस्तै अनुगमन समिति संयोजकमा संघकी जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराई चयन भएकी छिन् । मूल समारोह समितिले महोत्सव स्थल चयन लगायतका अन्य काम गर्ने बताइएको छ । नेपालका घरेलु, साना, मझौला, ठूला उद्योगहरूका अतिरिक्त विदेशी बस्तु, पहाडी जिल्लाका…