चारपाने साउन ३॥ विर्तामोड नगरपालिका–२ चैतुबारीमा हाई हिमालयन अर्गानिक प्रालिले उत्पादन गरेको जीवाणु मलको माग बढ्न थालेको छ । प्रालिले थ्री स्टार ब्रान्डका चार प्रकारका प्राकृतिक जैविक मल उत्पादन गरिरहेको छ। यहाँबाट उत्पादित मलको प्रयोगले रासायनिक मलको आयातलाई प्रतिस्थापन गर्नाका साथै माटोको उर्वरा शक्तिलाई बढाउने हुँदा यसको माग बढेको प्रालिका अध्यक्ष प्रदीप घिमिरेले बताए। उनका अनुसार कारखानाबाट पातमल, जरामल, धुलोमल र माछामल उत्पादन भइरहेको छ । यहाँ उत्पादित मल झापा, इलाम, सुनसरी र मोरङमा प्रयोग हुँदै आएको छ । दुई वर्षअघि करिब एक बिगाहा जमिन भाडामा लिएर रु ६० लाखको लागतमा सुरु गरिएको कारखानामा हाल रु तीन करोड बढी लगानी भइसकेको छ । स्थानीय व्यक्तिको सहयोगमा…
मेचिनगर साउन ३॥लायन्स क्लब अफ बिर्तामोड सिटीले झापाको मेचीनगरस्थित अमर प्राथमिक विद्यालयलाई ६ थान पंखा (सिलिङ फेन) बितरण गरेको छ । मेचीनगर–१२ धानजनस्थित बिद्यालयका बिद्यार्थीहरुकालागि पठनपाठनमा सहजता पुर्याउने हेतुले बिद्यालयलाई पंख बितरण गरिएको लायन्स क्लब अफ बिर्तामोड सिटीका बर्ष सन् २०२४–२५का अध्यक्ष उपेन्द्र बानियाँले जानकारी दिनुभयो। उहाँले गर्मीको समयमा टिनको छानो भएको विद्यालयको भवनमा पंखा विना नै बिद्यार्थीहरु पठनपाठन गर्न बाध्य भईरहेको भन्ने जानकारी पाएपछि लायन्स क्लव अफ बिर्तामोड सिटीले तत्कालै ६ थान पंख लगेर विद्यालयलाई हस्तनान्तरण गरेको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य, शिक्षक, बिद्यार्थी र अविभावकहरुको उपस्थितिमा विद्यालयमका भएको पंखा बितरण कार्यक्रममा लायन्स क्लब अफ…
बिर्तामोड, साउन ३ ।। झापाको बिर्तामोड ३ बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालाका जग्गादाता स्व. डोमालाल राजवंशीको शालिक तयार भएको छ। झापा गोल्डकपले भारतको जयपुरबाट सिंगमरमरको अर्द्धकदको शालिक तयार गरी ल्याएको हो । जुन डोमालाल राजवंशी रंगशालामा राखिनेछ । सो शालिक बिर्तामोडको ३ नं वडा कार्यालयलाई बुझाउने र वडा कार्यालयकै समन्वयमा शालिक स्थापित गरिने झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले बताए । उनले नगरपालिका र वडा कार्यालयकै समन्वयमा डोमालालकी छोरीलाई केही दिनपछि घर बनाइदिने अभियान संचालन गरिने पनि जानकारी दिए । जग्गा नछुट्याइदिँदा घर निर्माणको काम शुरु गर्न नसकिएको उनले बताए । स्व. डोमालालले दुर्गा मन्दिरको लागि करिव १२ विगाह जग्गा दान…
विराटनगर विराटनगरस्थित भट्टीमोडमा प्रहरीको ‘टु टन’ गाडी दुर्घटना हुँदा ३० जना प्रहरी घाइते भएका छन् ।पाँचजना गम्भीर घाइते छन । बुधबार बेलुका कोशी प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरीहरू डियुटी सकेर फर्किंदै गर्दा गाडी पल्टिदा दुर्घटना भएको हो । घाइते भएका प्रहरीहरुको विराटनगरस्थित कोशी अस्पतला, न्यूरो र नोबेल मेडिकल कलेजमा उपचार भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भिम दाहालले जानकारी दिए । घाइते हुने अधिकाशं प्रहरी जवान रहेका छन् । ‘डियूटी सकेर प्रहरी चढेको टु टन गाडी कार्यालयतर्फ आउँदै थियो । भट्टीमोर्डको ट्रनिङमा स्कुलबाट आएका विद्यार्थीहरूलाई जोगाउन खोज्दा दुर्घटना भएको प्रराम्भिक जानकारी आएको छ,’ एसएसपी दाहालले भने, ‘दुर्घटनामा घाइते…
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं २ बेलडाँगीमा रहेको नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सञ्चालन गर्दै आएको प्राविधिक शिक्षालयमा प्रशिक्षक र बिध्यार्थीहरुले प्रशासन शाखामा तालावन्दी गरेका छन पाँच महिनादेखि तवल नपाएपछि प्रशिक्षकहरुले तालावन्दी गरेका हुन् । करिव ४० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको संस्थापक प्रशिक्षक नविन किशोर बिमलीले जानकारी दिए । उनले शिक्षालयमा कार्यरत प्रशिक्षकको भुक्तानी रोकेपछि तालावन्दी गरेको बताए । सहमति अनुसार असार मसान्तभित्र तलव भुक्तानी गर्ने भनिएको थियो, उनले भने – अहिले साउन अन्तिम र भदौ पहिलो हप्ता भनिदैछ । प्रतिष्ठान नै अस्तव्यवस्त अवस्थामा पुगेको बताउदै विमलीले प्रशिक्षकहरुले सामूहिक राजीनामा दिइसकेको जानकारी दिए । पटक–पटक फोन…
काठमाडौं साउन २॥ बुधबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ कायम हुँदै हालसम्मकै उच्च रेकर्ड कायम भएको हो । मंगलबार प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको छ । बुधवार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार १०० रुपैयाँ कायम भएको छ । यसैगरी, आज चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला १ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौं साउन २॥ विद्युत् अवरूद्ध भएपछि चन्द्रागिरी केवलकारमा यात्रु अड्किएका छन् । विद्युत अवरुद्द भएर मानिसहरू अड्किएपछि चन्द्रागिरी केवलकारबाट वैकल्पिक उपायबाट निकाल्ने कोसिस भइरहेको छ महानगरीय प्रहरी बृत्त थानकोटका अनुसार केवलकारमा अड्किएकाहरूलाई झार्न कम्पनीले जेनेरेटर चलाउने जानकारी दिएको थियो । तर त्यसले पनि काम नगरेपछि अब हातैले केवलकारका डोरी तान्न लागिएको छ । समयमा जेनेरेटर चलाउन नसकिएपछि अहिले केवलकारको डिब्बामा अड्किएका यात्रुलाई डोरी हातैले तानेर तल्लो स्टेशनमा झार्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । वैकल्पिक उपायका लागि राखिएको जेनेरेटर पनि नचलेपछि कम्पनीले प्रहरीको पनि सहयोग लिएर केवलकारका रोप्वेलाई हातैले तानेर झार्ने प्रयास गरिरहेको छ । केवलकारमा यात्रु फसेको सूचना पाएपछि…
झापा साउन २॥ आज हरिशयनी एकादशी प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना बुधबारदेखि सुरू हुँदैछ ।एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सार्ने गरिन्छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको वरिष्ठ ज्योतिष एवं पण्डित डा. रुद्रनाथ अधिकारी बताउँछन् । हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड…
गौरादह साउन २ ॥ झापाको गौरादहमा दुईवटा मोटरसाइकल आपसमा जुध्दा एकजनाको मृत्यु भएको छ । एक गम्भिर घाईते भएका छन। हिजो साँझ ०७ः१० बजे गौरादह-१ सीतापुरीचोकको भित्री सडक खण्डमा दुर्घटना हुँदा कमल-५ बस्ने २४ वर्षीय सञ्जोक भण्डारीको मृत्यु भएको हो । बा । ७० प १८१ नम्बरको मोटरसाइकलका चालक भण्डारीको उपचारको क्रममा दमकको निम्स अस्पतालमा साँझ ०७ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रङ्गपुरबाट सीतापुरीतर्फ जाँदै गरेको भण्डारीले चलाएको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे । ६ प ५८१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएका थिए । अर्को मोटरसाइकलका चालक गौरादह १ बस्ने अन्दाजी २७२८…
मोरङ साउन १॥मोरङको बेलबारी स्थित घना जंगलबीचमा मंगलबार एकजना वृद्ध बेवारिसे अवस्थामा फेला परेका छन। उमेरले ७० काटिसकेका ति वृद्धलाई हात्ती ओहोरदोहोर गर्ने जंगलबीचबाट उद्धार गरिएको हो । मोरङको सुन्दरहरैँचा नगरपालिका-१ निवासी ती वृद्धले मागेर गुजारा चलाउने गरेका थिए । जामुनलाल झागड बताउने ती वृद्धलाई उनका छोराबुहारीले बेलबारी-चिसाङ साझेदारी वन क्षेत्रको जंगलमा छाडेको आशंका स्थानीयले गरेका छन् । बेलबारीस्थित जनप्रतिनिधिहरूका अनुसार उनलाई जेठा छोराबुहारीले चार दिनअघि उक्त जंगलमा लगेर छाडेको बताएका छन् । जंगलको बीचमा छाडिएका उनलाई हात्तीको निगरानी गर्न पुगेको उक्त वनको गस्ति टोलिले भेट्टाएको थियो । बोल्न नसक्ने अवस्थाका उनलाई मंगलबार नै उद्धार गरेर बेलबारीको नगर अस्पतालमा…