बिर्तामोड साउन १ ।। यो वर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार पत्रकारद्वय झुलन रेग्मी र डिकेश लामालाई संयुक्त प्रदान गरिने भएको छ । जनपक्षीय पत्रकार देवकुमार आचार्य (डि कौडिन्य) को स्मृतिमा प्रेस सेन्टर नेपाल झापाले स्थापना गरेको सो पुरस्कार मेचीखबर साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस सेन्टर झापाका निवर्तमान अध्यक्ष रेग्मी र नेपाल टेलिभिजनका झापा सम्वाददातासमेत रहेका प्रेस सेन्टर कोशी प्रदेश समिति सदस्य एवम् पत्रकार महासंघ झापा शाखाका सचिव लामालाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय भएको प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठकले जानकारी दिए । असार ३१ गते बसेको प्रेस सेन्टर झापाको बैठकले पुरस्कृत व्यक्तित्व छनोटसँगै पुरस्कारको राशीसमेत बढाएको अध्यक्ष पाठकले…
झापा साउन १॥ सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व (लुतो फाल्ने) दिन देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ। साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ। माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ। अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषिकर्ममा व्यस्त हुन्छन्। त्यस क्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा…
जलेश्वर असार ३१॥प्रहरी डर्कैतीमा संलग्न एक फरार अभियुक्तलाई गएराति गोली हानी पक्राउ गरेको छ । विसं २०५९ देखि २०७८ सम्म महोत्तरी, सर्लाही, सिरहा, बारा र सिन्धुली गरी पाँच जिल्लामा ५० लाख भन्दा बढी लुटपाट गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवारले बताए । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ बस्ने ४० वर्षीय बिजेन्द्र पासवान छन् । २२ वर्षसम्म विभिन्न सात ठूला डकैतीमा संलग्न पासवान फरार थिए । उनलाई गएराति करिब ११ बजे महोत्तरी र सर्लाहीको सीमानाका पर्ने महोत्तरीको सोनमा गाउँपालिका–५ शीतलपुरबाट पक्राउ गरिएको हो । प्रहरीको ‘मोस्टवान्टेड’ सूचीमा रहेका पासवान सो…
बिर्तामोड, असार ३०॥ झापाको बिर्तामोड नगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सिलाई मेसिन वितरण गरेको छ । नगरपालिकाको कार्यालयमा संक्षिप्त कार्यक्रमको आयोजना गर्दै ८ जना उद्यमशिल महिलालाई सिलाई मेसिन र २ वटा समूहलाई ईलेक्ट्रोनिक मेसिन वितरण गरिएको हो । इलेक्ट्रोनिक मेसिन प्राप्त गर्ने बिर्तामोड २ को लालीगुराँस लघुउद्यमी समूह र सृजनशिल लघुउद्यमी समूह रहेको उद्यम विकास शाखा प्रमुख चनिमाया तामाङले जानकारी दिनुभयो । तामाङका अनुसार सिलाई मेसिन प्राप्त गर्ने वडा नम्बर ७ का ५ जना, ४ का १ जना, १ को १ जना र ३ को १ जना महिला रहेका छन् । कार्यक्रममा बोल्दै नगर प्रमुख…
बिर्तामोड असार ३०॥ झापाको बिर्तामोडस्थित बीएण्डसी टिचिङ हस्पिटलमा साउन १ गतेदेखि स्वास्थ्य बीमा लागू हुने भएको छ । बीमा बोर्डसँग भएको सम्झौता अनुसार बीएण्डसीले बिरामीको सुविधाका लागि स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्न लागेको हो । अस्पतालमा रहेको दक्ष जनशक्ति, उपलब्ध अत्याधुनिक उपकरण र तोकिए अनुसारका औषधिको उपलब्धतासहित स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्न लागिएको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए । स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन यसपटक अस्पताल प्रशासनले १० वटा काउन्टरमार्फत सेवा प्रदान गर्ने तयारी गरेको छ । बीमामार्फत स्वास्थ्य सेवा लिन धेरै समय कुर्नु परेको बिरामीहरूको गुनासोका बीच अस्पतालले सहज सेवाका लागि यस्तो व्यवस्था मिलाएको हो ।…
बिर्तामोड असार २९॥ पूर्व–पश्चिम राजमार्ग अन्तरगत झापाको कनकाई नगरपालिका स्थित बिरिङ पुलमा सवारी दुर्घटनन हुँदा एक ब्यक्ति पुलमुनि खसेर घाइते भएका छन् । कनकाई नगरपालिका–८ स्थित बिरिङ पुलमा कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक पुल माथिबाट खोलामा खसेका थिए । दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ प ३६९६ नम्बरको कारले बिपरित दिशातर्फ जाँदै गरेको प्र १–०१–०१५ प ७६९७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक कनकाई– ३ स्थित नमुना टोलका ४५ का देबेन्द्र बस्नेत पुल माथिबाट खोलामा खसेर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज न्यौपानेले जानकारी दिए । घाइतेको बिर्ताामोड स्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । उनको…
बिर्तामोड, असार २९ ॥ सरकारी सवारी चालक एसोसिएशन नेपाल झापाले बिर्तामोड ५ का स्वर्गीय राजुमान लिम्बुको परिवारलाई आर्थिक सहयोग गरेको छ । असार २१ गते उपचारका क्रममा निधन भएका बिर्तामोड नगरपालिकाका जेसिभी चालक लिम्बुको परिवारलाई नगद ७० हजार रुपैयाँसहित दाल, चिनी, साबुनलगायत खाद्यन्न सहयोग गरेको हो । एसोसिएशन झापाका उपाध्यक्ष पवन राजवंशी, महासचिव खेमराज नेपालसहितको टोली स्वर्गीय लिम्बुको घरमा पुगेर समवेदना प्रकट गर्नुका साथै उनकी श्रीमती रिना लाओती ( मगर)लाई सहयोग हस्तान्तरण गरेको हो । एसोसिएशनले बिर्तामोड, दमक, अर्जुनधारा, झापा, गौरादह, मेचीनगर, कमल, भद्रपुर, शिवसताक्षीबाट संकलन गरिएको रकम सहयोग गरीएको संस्थाका महासचिब नेपालले जानकारी दिए ।
बिर्तामोड,असार २८॥वित्तिय साक्षरता सम्वन्धि एक दिवसीय तालिम बिर्तामोडमा सम्पन्न भएको छ। गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिकाले तालिमको आयोजना गरेको थियो । महिलाहरुलाई आत्मनिर्भर, सशक्तिकरण र उद्यमशिलतासंग जोडेर तालिमको आयोजना गरिएको नगरका वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले बताउनुभयो । सहभागीहरुले तालिम फलदायी रहेको प्रतिक्रिया दिएका छन् । उनीहरुले बचत गर्ने बानीको विकास र आर्थिकरुपमा सक्षम हुनुका लागि आवश्यक उद्यमशिलताको विषयमा महत्वपुर्ण जानकारी प्राप्त गरेको धारणा व्यक्त गरेका छन् । विजय तिम्सिनाले सहजीकरण गर्नु भएको तालिममा बिर्तामोडका ८ वटा लघु उद्यमी समूहबाट २५ जना महिलाहरुले सहभागीता जनाएका थिए । नगरको आर्थिक विकास समिति संयोजक संगिता सिवाले…
बिर्तामोड असार २७॥ सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र लागु गर्ने निर्णय तत्कालका लागि स्थगन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गर्दै सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र तत्काल अनिवार्य नगर्ने गरी गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । “सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचय पत्र लागु गर्ने निर्णय भएकोमा मुलुकको विभिन्न स्थानमा भएको बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज हुने भएकाले तत्कालका लागि लागु नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ।