साझा अक्षर

ताजा खबर

यस वर्षको सोह्रश्राद्ध आज समापन

यस वर्षको सोह्रश्राद्ध आज समापन

आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको सोह्रश्राद्ध (पितृपक्ष) आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको बा)को श्राद्ध भने सोमबार गरिन्छ । पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्धसमेत भनिन्छ । पितृपक्षको अन्तिम दिन आज आमावास्या अर्थात् औँसी तिथि श्राद्ध गरिन्छ । कुनै कारणवश यो पक्षका अरु…
Read More
सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुखको रूपमा लिएर जानेमा जेनजीहरू सहमति

सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुखको रूपमा लिएर जानेमा जेनजीहरू सहमति

झापा।। पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुखमा को रुपमा लिएर जानेमा जेनजीहरूमाझ सहमति जुटेको छ। जेनजीहरूको खुला बैठकमा सहभागी ७ हजारभन्दा बढी मतदाताहरूमध्ये ४० प्रतिशतभन्दा बढीले कार्कीको नाममा सहमति गरेका हुन्। कार्कीसँग कुरा गर्न सागर ढकाललाई तोकिएको र कार्कीले पनि जेनजीले चाहे आफू नेतृत्वका लागि तयार रहेको बताएको पनि बैठकमा जानकारी  भएको छ। दिनभरि करिब ५ घन्टाभन्दा लामाे बैठकपछि जेनजीहरू सुशीला कार्कीको साझा नाम लिएर राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्तामा जाने भएका हुन्।उनीहरूले प्रारम्भिक १० नामहरूमध्ये सुशीला कार्कीको नाममा मतदानद्वारा सहमति गरेका हुन्।यसअघि सेनाले पनि उनलाई सम्पर्क गरेर अन्तरिम सरकार प्रमुख बन्नेबारे छलफल गरेको सैनिक स्रोतले बताएको छ।
Read More
शिक्षा विधेयक प्रति प्याब्सनको असहमति,देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा

शिक्षा विधेयक प्रति प्याब्सनको असहमति,देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा

झापा।।  सरकारले ल्याएको शिक्षा विधेयक प्रति असहमति जनाउँदै  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको छ ।प्याब्सन केन्द्रीय कार्यालयमा बसेको बैठकले सरकारले ल्याएको विधेयकमा निजी विद्यालयहरुका मागहरु सम्बोधन नगरेको भन्दै आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको हो । सरकारले ल्याएको शिक्षा विधेयकले निजी विद्यालयमाथि अनावश्यक कडाइ गरेको भन्दै देशव्यापी रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो । निजी विद्यालयहरूको छाता संगठन प्याब्सन र एनप्याब्सनले २९ गते बिहीबारदेखि चरणबद्ध आन्दोलन गर्ने प्याब्सन केन्द्रीय कार्यसमितिका महासचिव आरबी कटुवालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्याब्सनको केन्द्रीय कार्य समितिको निर्णयलाई ऐकेवद्धता जनाउँदै प्याब्सन झापाले समेत आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको छ ।…
Read More
टहलदास ओलीको अध्यक्षतामा प्रणामी व्यवसायी संघ नेपाल झापा जिल्ला कार्यसमिति गठन

टहलदास ओलीको अध्यक्षतामा प्रणामी व्यवसायी संघ नेपाल झापा जिल्ला कार्यसमिति गठन

झापा, साउन १८।। झापा जिल्लाभरका श्रीकृष्ण प्रणामी समुदायसँग आबद्ध व्यवसायीहरूको साझा संस्था प्रणामी व्यवसायी संघ नेपाल, झापा जिल्ला कार्य समिति गठन गरिएको छ। कनकाई नगरपालिका–४ स्थित श्री कृष्ण प्रणामी मन्दिर माईधाममा सम्पन्न भेलाबाट युवा व्यवसायी टहल दास ओलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो। कार्यक्रम श्रीकृष्ण प्रणामी सत्संग सेवा परिषद झापाको समन्वयमा तथा प्रणामी व्यवसायी संघ नेपालको सहभागितामा सम्पन्न भएको छ। कार्यक्रममा झापा जिल्लाभरिका श्रीकृष्ण प्रणामी व्यवसायीहरूको प्रतिनिधिमूलक सहभागिता रहेको थियो।कार्यक्रमको संयोजन सत्संग सेवा परिषद झापाका सदस्य दिनोज बजगाईले गरेका थिए भने अध्यक्षता परिषदका अध्यक्ष विष्णु प्रसाईंले गरेका थिए। श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय सह–कोषाध्यक्ष अर्जुन वाग्ले प्रमुख अतिथ्यतामा…
Read More
सिमलताल घटनाको एक वर्ष

सिमलताल घटनाको एक वर्ष

काठमाडौं।।सिमलतालबाट त्रिशूलीमा खसेका बसका ३९ जना यात्रु एक वर्ष पुग्दा पनि भेटिएका छैनन् । गत वर्षको असार २८ गते राति दुई वटा बस एकै ठाउँबाट पहिरो सँगै त्रिशूलीमा खसेका थिए। बसमा सवार यात्रुमध्ये ३९ जना अझै बेपत्ता छन् ।नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा दुई बसमा ६२ जना यात्रु थिए । तीमध्ये तीन जना जीवित, २० जनाको शव भेटिएको थियो भने बाँकी अझै बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार बा प्र ०३–००६ ख १५१६ नम्बरको एञ्जल्स डिलक्स बसमा २६ जना यात्रु थिए ।तीमध्ये १० जना मृत फेला परेको र अन्य १६ जना अझै बेपत्ता रहेका छन्…
Read More
रेमिट्यान्स पठाउने श्रमिकलाई सम्मान गरिनुपर्ने कुलमान घिसिङको भनाई…..

रेमिट्यान्स पठाउने श्रमिकलाई सम्मान गरिनुपर्ने कुलमान घिसिङको भनाई…..

काठमाण्डौ – घरपरिवारबाट टाढा बसेर खाडीका बिभिन्न देशमा पसिना बगाएर आर्जन गरेको रकम रेमिट्यान्स पठाउने श्रमिकलाई सम्मान गरिनुपर्ने नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको भनाई रहेको छ । उनले यूएई , कतारमा लगाएत मध्यपूर्वी देशहरूमा वैदेशिक रोजगारीका क्रममा रहेका नेपालीले वार्षिक रूपमा झन्डै साढे ७ खर्ब रुपैयाँ रेमिट्यान्स पठाउने खाडी देशमा कार्यरत श्रमिकलाई सम्मान गर्ने वातावरण राज्यले बनाउनुपर्नेमा जोड दिएका हुन। ओमानमा रहेका नेपालीले गरेको सम्मान कार्यक्रममा घिसिङले श्रमको सम्मान गर्ने वातावरण नबनेसम्म देशको आर्थिक समृद्धि हासिल हुन नसक्ने उल्लेख गरे । देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने विश्वास दिलाउन र आशा जगाउन घोषण गरिएको ‘उज्यालो नेपाल…
Read More
काठमाडौं महानगरपालिकाको बजेट आइतबार ल्याउने

काठमाडौं महानगरपालिकाको बजेट आइतबार ल्याउने

काठमाडौँ।। विवादका कारण निर्धारित मिति अर्थात्‌ असार १० मा बजेट ल्याउन नसकेको काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट असार २९ गते ल्याउने भएको छ । शुक्रबार बसेको कार्यपालिकाको बैठकले बजेट आइतबार ल्याउने निर्णय गरेको हो । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई लिएर मेयर बालेन्द्र साह र अन्य जनप्रतिनिधिबीचको विवादबीच शुक्रबार बसेको कार्यपालिका बैठकमा नयाँ बजेट असार २९ गते पेश गर्ने सहमति बनेको हो । काठमाडौँ महानगरकी उपप्रमुख सुनीता डङ्गोलले नगर सभामा उक्त बजेट पेश गर्नेछिन्‌ । शुक्रबार बसेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले आगामी आर्थिक वर्षका लागि बजेटको आकार निर्धारण गरिसकेको छ । उपमेयर सुनिता…
Read More
बिमान दुर्घटना खबर अपडेट

बिमान दुर्घटना खबर अपडेट

भारतको पश्चिमी शहर अहमदाबादमा बिहीबार लन्डनका लागि उडेको यात्रुवाहक विमान दुर्घटना भएको थियो । उक्त विमानमा दुई सय ४२ यात्रु सवार रहेको उड्डयन अधिकारीहरूले बताएका छन् । एयरलाइन्सले यसलाई ‘दुःखद दुर्घटना’ भनेको छ। लन्डनका लागि उडेको एयर इन्डियाको फ्लाइट १७१, बोइङ ७८७–८ ड्रिमलाइनर उडानको केही समयपछि दुर्घटनाग्रस्त भएकोमा दुर्घटनास्थलमा एक जना जीवित फेला परेका छन् । भारतीय समाचार संस्थाका अनुसार विमानको ११-ए सीटमा बसेका यात्रु जीवितै भेटिएका हुन् । घटनाबारे जानकारी दिने आफू आधिकारिक व्यक्ति नभएको बताउँदै नाम नबताउने शर्तमा एक स्थानीयले भने, ‘‘हाम्रो कार्यालय विमान दुर्घटना भएको भवन नजिकै छ । हामीले भवनका मानिसहरूलाई हामफालेर आफूलाई बचाउन दोस्रो र तेस्रो…
Read More
एअर इन्डियाको विमान दुर्घटना

एअर इन्डियाको विमान दुर्घटना

काठमाडौं– भारतको गुजरात राज्यमा पर्ने अहमदाबादमा एअर इन्डियाको विमान दुर्घटनामा परेको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार विमान दुर्घटनास्त क्षेत्रको आकाशमा कालो धुँवा उडिरहेको छ । अहमदाबाद विमानस्थलबाट उडान भरेलगत्तै विमान दुर्घटनमा परेको बताइएको छ । दुर्घटनाबाट भएको क्षतिको विवरण सार्वजनिक भइसकेको छैन । यसअघि पनि एअर इन्डियाका पाँच विमानहरू दुर्घटनामा परेका थिए । ती दुर्घटनामा सयौँ नागरिकको ज्यान गएको थियो । यस अघी सन् १९७८ जनवरी १ मा मुम्बई नजिकै अरब सागरमा एयर इन्डियाको बोइङ७४७ फ्लाइट ८५५ दुर्घटनाग्रस्त भएको थियो । उडान भरेको केही मिनेटमै भएको उक्त दुर्घटनामा ‘इन्स्ट्रुमेन्ट फेल्योर’ र पायलटको गल्तीकाभनिएको थियो । यो विमान दुर्घटनामा २१३ यात्री…
Read More
प्याब्सन झापाको भवन स्तरोन्नति गरिदैं। 

प्याब्सन झापाको भवन स्तरोन्नति गरिदैं। 

झापा।निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले भवनको स्तरोन्नति गर्ने भएको छ । बिर्तामोड  नगरपालिका १ स्थित गैरीगाउँमा रहेको एक तले भवनको स्तरोन्नति गर्दै आधुनिक र सुविधा सम्पन्न भवन निर्माण गर्न लागिएको हो । जसका लागि प्याव्सन झापाका प्रमुख सल्लाहकार एवम् कोशी प्रदेशका सचिव गौरीमान फागोको संयोजकत्वमा ११ सदस्यीय भवन निर्माण उपसमिति गठन गरिएको छ । समितिको सदस्यहरुमा एलपी उप्रेती, छत्रवहादुर कार्की सहित सचिवालयका अन्य सदस्य रहेका छन् । सचिवालमा हरिकृष्ण पठक, टीआर गौतम, इश्वरा श्रेष्ठ, लक्ष्मीप्रसाद उप्रेती, अमृत कुमार तिम्सिना, जीवन शिवाकोटी , विनोद सुब्बा र नारायण सुवेदी रहेका छन् । समितिले भवन निर्माणको काम तत्कालै शुरु गर्ने जनाइएको…
Read More